निर्णय नं. २५६७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५६७ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/११/१३ २२४३ निर्णय नं. २५६७ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रि.नं. २४३६ विषय : उत्प्रेषण । निवेदक :का.जि.का.न.पं.वडा नं.२१ यङ्गालटोल बस्ने चक्र बहादुर राजभण्डारी । विरुद्ध विपक्षी :भूमि सुधार कार्यालय काठमाडौं । का.जि.महांकाल गा.पं. वडा नं.३ मंगल माझीटार बस्ने कृष्ण प्रसाद भन्ने दिव्य प्रसाद पराजुली । आदेश भएको मिति:२०४२।११।१३।२ मा अधिकार प्राप्त अधिकारीले गरेको निर्णय त्रुटि नदेखिँदा रिट निवेदन खारेज हुने । (प्रकरण नं. १०) निवेदक तर्फबा :विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री प्रेम बहादुर विष्ट र विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण प्रसाद अर्याल उल्लेखित मुद्दाःX आदेश न्या.बब्बरप्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको रिटनिवेदकको निवेदन जिकिर निम्न प्रकार छन् : २. मेरो दर्ता का.जि.चपली गा.पं. वडा नं. ७(क) कि.नं.२२ खेत दो २–२४–० वार्ड नं.७(ग) कि.नं.१२४ पा.अ.१–७–१ कि.नं.१७५ पा.अ.३–९–० कि.नं.१७७ पा.अ.०–१३–२ कि.नं.१२९ खेत सिम ०–२–१ समेत कित्ता ५ विपक्षी मोही भई कमाएको २०३९ सालको कुत बाली नदिएको बिगो रु. १०८३।८१ भराई मोहीबाट निष्कासन गरिपाउँ भन्ने मेरो फिराद । म्यादभित्र स्थानीय पञ्चायतमा धरौटी राखेको छु भन्ने प्रतिउत्तर धरौट राखेको छैन भन्ने स्थानीय भद्रकाली गा.पं. को पत्र । मोहीले सक्कल भर्पाई पेश गर्न नसकेको पञ्चायतले धरौट छैन भन्ने जवाफ दिएको प्रतिवादीबाट बाली वादीले भरी पाउने ठहर्छ निष्कासनको हकमा यो १ साल मात्र मुद्दा भएको र वादी दावीको जग्गा अन्यत्र बिक्री भइसकेकोले नहुने ठहर्छ भन्ने समेत विपक्षी कार्यालयको ०४२।१।९।१ को फैसला पछि जग्गा साविकमा श्रीमती तेजकुमारीको नाउँमा दर्ता भएको २०२०–२०२१ सालको कुत बालीमा र निष्कासन गर्ने गरी ०२५।१०।६।१ मा का.जि.अ.बाट फैसला भएको छ त्यसपछि अब कुत बाँकी राख्दीन भनेकोले कमाउन दिएकोमा ०२७ देखि ०३० सालसम्मको बालीमा सालै पिच्छे नालेश परेकोमा निर्णय भएकोले तारेख गुजारी डिसमिस फैसला भयो । ३. ०३१ देखि ०३५ साल सम्मको बाली र निष्कासनमा पृथक–पृथक नालिश गरेकोमा सबै मुद्दामा बाली भरी पाउने भन्दै ०३३ सालको मुद्दामा यो एकपटकलाई निष्कासन नहुने भनी र २०३४ सालको मुद्दामा यो एकपटक निष्कासन नगर्ने भनी भू.सु.का.बाट फैसला भयो । तेजकुमारीको देहान्त भई मेरो नाउँमा नामसारी दर्ता भई ०३७–३८ सालको बाली भराई निष्कासन गरिपाउँ भनी नालेश गरेकोमा धरौट राखेको देखी निष्कासन नगर्ने भनी ०३९।११।१९ मा भू.सु.का.बाट फैसला भयो । ४. उल्लिखित कि.नं.१२४ मा मेरो आफ्नो घर छ सो घर केही बढाई विपक्षीले बनाएकोमा बढी बनाएको जति भत्काई पाउँ भन्ने समेत मेरो नालेश परकोमा मोहीको हैसियतले कच्ची घर रुपमा छाप्रो बनाउन पाउने भनी मध्यमाञ्चल क्षेत्रिय अ..डिभिजन बेञ्जबाट ०३८।१।३।४ मा फैसला भएको छ भू.सं.ऐन अनुसार मोहीले खेतीको लागि कुरुवा छाप्रो समेत बनाउन पाउने भन्ने समेत र मोहीको हक टुट्ने भएमा सो जग्गामा जोडेको अचल सम्पत्ति बाहेक अरु सम्पत्ति पुरेको ३० दिनभित्र हटाउन पाउने छ तर पञ्चायतले तोकेको बिगो जग्गावालाले मोहीलाई दिन्छ भने स्थायी उन्नती निमित्त बनेको कुनै चिज वस्तु हटाउन पाउने छैन भन्ने समेत छ । विवादित जग्गाहरू एकै ठाउँमा छ र क