निर्णय नं. २५६८ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५६८ - अंश भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/१२/०३ २३९९ निर्णय नं. २५६८ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको दे.पु.नं. ६०७ मुद्दा : अंश । पुनरावेदक/वादी:जि.झापा महामारा गा.पं.वार्ड नं.८ बस्ने टेपुवा राजवंशी । विरुद्ध विपक्षी/प्रतिवादी :ऐ.ऐ.बस्ने बैशाखु राजवंशी । ऐ.ऐ बस्ने घह्ररानी राजवंशी । फैसला भएको मिति:२०४२।१२।३।१ मा बाबु बाजेका पालाको बण्डा गर्नु पर्ने अचल सम्पत्ति नभई अंश छुटिई भिन्न भिन्न बसी आफू आफूले अचल सम्पत्ति समेत आर्जन गरी बसेको देखिँदा वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १०) पुनरावेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री वेदप्रसाद सिवाकोटी उल्लेखित मुद्दाःX फैसला न्या.बब्बरप्रसाद सिंहः पूर्वाञ्चल क्षेत्रीय अदालतको ०४१।३।२७ को फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परी अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, पुनरावेदन जिकिर एवं निर्णय यसप्रकार छ । २. हाम्रा मूलपूर्खा बेदलालका जेठा छोरा सुकलाल, माइला महलाल, कान्छा गेडा, समेतका ३ भाइ एकासगोलमै बसेका अवस्थामा मेरा बाबु श्रीलाल, माहिला महलालका छोरा भेटला गेडाको बैशाखमा बाबु श्रीलाल पहिला र भेटला पछि मरेका काका बैशाखु समेत सगोलमा बसी भेटला र गेडाको नाउँमा जग्गा दर्ता राखी सबै भाइको सगोलमा बसी व्यवहार चलाई आएका थियौं । हामीहरूको बीचमा अंशबण्डा भएको थिएन । सगोलकै जग्गा मध्येबाट मैले जोत कमोत गरेको थिएँ । नापी सर्भे हुँदा जोत्नेकै नाउँ लेख्न गएछ त्यसपछि सो जग्गा सगोलको हो भनी जनाएको फिल्डबुक छ । सो फिल्डबुकमा बैशाखु नाउँको महाभारा गा.पं.वडा नं.३ अन्तर्गतको कि.नं.२९६, ३०१, ३०४, ३६८, ३६९ समेतको र भेटलाको ऐ. वार्ड नं.१ का कि.नं.१७०, १७९ को कित्ता हुन् । सगोलबाट मैले जोत कमोत गरी रहेको अवस्था उक्त दर्तावाला विपक्षीहरूले म उपर मोही बाली बुझाएनन् भराई पाउँ भनी झापा भूमि सुधारमा निवेदन गरेछन् पछि मेरा नाउँमा म्याद जाँदा थाहा पाई सगोल घरमै बसेका विपक्षीहरूलाई मलाई मोही पारी उजूर गर्नु पर्ने कारण के हो। मेरो अंशको जग्गा जेथा छुट्याई दिनु होस् आफ्नो जग्गामा मोही भई तपाइहरूलाई बाली बुझाउनु पर्ने कसरी हुन्छ भनी अनुरोध गर्दा जग्गा दर्ताका नाताले अब तिमीलाई हामी अंश दिदैनौं तिमीलाई मोही नै कायम गराउँछौं आजदेखि सगोलमा भोग्न बस्न पाउँदैनौं जो जे गर्नु पर्छ गर भनी मलाई सगोलबाट हटाई मेरो अंश एकलौटी खाने नियत गरेकोले फिराद गर्न आएको छु । विपक्षीहरूबाट तायदाती फाँटवारी दाखेल गराई विपक्षीहरू दुइजना र मेरा बाबु श्रीलाल मरी म मात्र १ छोरा भएकाले १ अंश मेरो समेत जम्मा ३ बण्डा लगाई ३ बण्डाको १ बण्डा अंश विपक्षीहरूबाट दिलाई पाउँ भन्ने फिराद दावी । ३. सत्य व्यहोरा के हो भने म बैशाखुका बाबु गेडा बडाबाबु मलाह र शुकला आफ्नो बाबुको चल सम्पत्ति केही पनि नहुँदा बाजेकै जीवनकालमा बेग्लाबेग्लै बसी जिविका चलाउँदै आएको अवस्था परिश्रम गर्न नसकी आर्थिक स्थिति बिग्रदै आएको थियो । मैले परिश्रमबाट कमाउँदै आउँदै थिएँ । विपक्षीले म र छहरानीको पति भेटलासँग ०१४ सालदेखि खान लाउन जग्गा कमाउन दिन पर्‍यो भनी भन्दा आफ्ना मानिस हुँदा जग्गा अधिया कमाउन दिएको थिएँ । धान बाली बुझाउँदै आउँदै थियो पछि बाली नबुझाउने नियत गरेकोले भूमि सुधार कार्यालयमा निव