निर्णय नं. २५६९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५६९ - कर्तव्य ज्यान भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/११/२३ २३६६ निर्णय नं. २५६९ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको फौ.पु.नं. ६५६, ६४५, ४०६ सम्वत् २०४२ सालको फौ.सा.नं. ८२ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी:जि.ताप्लेजुङ सुलुम्फी गा.पं. वार्ड नं. ९ घर भै हाल जि.का.कारागार शाखा पाल्पामा थुनामा बस्ने पूर्णहाङ्ग लिम्बू । ऐ.घर भै हाल जि.का.कारागार शाखा ताप्लेजुङमा बस्ने आशवीर लिम्बू । विरुद्ध विपक्षी/ वादी :ऐ. बस्ने डम्बर ध्वजको जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति:२०४२।११।२३।५ मा तत्काल उठेको रिसबाट मृतकलाई चोट पुर्‍याएकोले ज्यानसम्बन्धीको १३(३) नं.अनुसारको सजायँ गर्दा चर्को पर्न जाने हुँदा अ.बं.१८८ नं.बमोजिम प्रतिवादीलाई कैद वर्ष १० (दश) सजायँ हुने । (प्रकरण नं. ३८) पुनरावेदक, वादी तर्फबाट: विद्वान उप–न्यायाधीवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ पुनरावेदक, प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री शम्भु थापा उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः पूर्वाञ्चल क्षेत्रीय अदालत धनकुटाबाट मिति २०४१।९।२४ मा भएको फैसला उपर पर्न आएको पुनरावेदनको संक्षिप्त तथ्य निम्नानुसार छ । २. २०३८।४।५ गते दिनको २।३० बजे पानी कूलाको इविबाट मेवा खोला सुलम्झी गा.पं.वार्ड नं.५ बस्ने आशवीर लिम्बू, निजको काईला छोरा पूर्णहाङ्ग लिम्बू, कान्छा छोरा लोकबहादुर लिम्बू, निज आशवीरकै श्रीमती नाम नजानेकी लिम्बूनी, निजकै बुहारी पूर्णहाङकी श्रीमती नाउँ नजानेकी, लिम्बूनी, निजको बुहारी लोकबहादुरकी श्रीमती नाउँ नजानेकी लिम्बूनी १ समेत ६ जनाले मेरो काकाको छोरा बखतबहादुर लिम्बूलाई साम्राङ थुंग कूलाको मुहानमा हतियार खुकुरी र ढुङ्गा, लौरो समेतले काटी कुटपीट गरी बेहोस पारेकोले निल घा जचाँउन दर्खास्त साथ दाखिल गरेको छु ऐनको म्यादभित्र मर्न गएमा यही जाहेरीबाट कानुन बमोजिम गरिपाउँ भन्ने मिति ०३८।४।६ को डम्बरध्वज लिम्बूको जाहेरी दर्खास्त र ०३८।४।६ को दर्खास्त अनुसार आशवीर लिम्बू समेतको कुटपीटको पीरबाट ०३८।४।१३ गते बखतबहादुर लिम्बूको मृत्यु खून गएकोले लाश जाँच समेत गरी पूर्व जाहेरी अनुसार गरिपाउँ भन्ने ०३८।४।१३ को ऐ. को दर्खास्त। ३. ०३८।४।५ गते दिनको २।३० बजे मृतक बखतबहादुर र निजको छोरा थाकचिकपाले पानी कुलोको विषयमा मेरो पिता आशवीरलाई कुटी चुपी समेतले काटेको र म र भाइ लोकबहादुर घटनास्थलमा जाँदा बुबा आशवीरको टाउकोमा रगतपच्छे देखी रीस थाम्न नसकी भाइ लोकबहादुरले मृतकको पछाडिपट्टी टाउकोमा खुकुरीले हिर्काएको र मैले पनि लाठी ढुङ्गाले हिर्काएँ, मृतक बखतबहादुर बुबा आशवीर म र भाइ लोकबहादुरको कुटपीटबाट मर्न गएका हुन् । त्यस अवस्थामा घटनास्थलमा आमा, मेरो श्रीमती भाइ बुहारी आएका थिएनन् निजहरूले कुटपीट पनि गरेको होइन भन्ने समेत व्यहोराको मिति ०३८।४।१७ मा पूर्णहाङ्ग लिम्बूले प्रहरी समक्ष गरेको बयान कागज । ४. ०३८।४।५ गते म आफ्नो घरमा छु । लोग्ने आशवीर छोरा पूर्णहाङ्ग, लोकबहादुर र बुहारीहरू समेत खेतमा गएका थिए । पानी कुलोको विषयमा मर्ने बखतबहादुर र लोग्ने आशवीरको कुटपीट, झगडा भएको कुरा गाउँलेहरूबाट थाहा पाई घटनास्थलमा जाँदा झगडा छुटी सकेको र मर्ने बखतबहादुर र मेरो लोग्ने आशवीर बेहोसभएको देखें । बुहारीहरू घटनास्थलमा थिएनन् । लोग्ने छोराहरूकै कुटपीटबाट बखतबहादुर मर्न गएका हुन् जस