निर्णय नं. २५७० - बन्दी–प्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५७० - बन्दी–प्रत्यक्षीकरण भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/१२/२० ५५१३ निर्णय नं. २५७० ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रिट नं. २२३१ विषय : बन्दी–प्रत्यक्षीकरण । निवेदक : भारत उत्तर प्रदेश जिल्ला गोरखपुर गुलरिया बजार गाँउ झुगिया घर भै जि.काठमाडौं डि.एस.पी.कार्यालय हनुमानढोकामा थुनामा रहेका राधे कपारिया । ऐ.ऐ थाना चिलुवाताल गाँउ मानबेला घर भै ऐ.ऐ मा थुनामा रहेका छिदु कपरिया । ऐ.ऐ बस्ने ऐ.ऐ थुनामा रहेको राम वच्चन कपरिया । समेतको हकमा ऐ.ऐ घर भै काठमाण्डु का,न.पं. गौशाला धर्मशालामा बस्ने माधव कपरिया । विरुद्ध विपक्षी :काठमाडौं जिल्ला प्रहरी नायव उपरीक्षक हनुमानढोका । जि.प्र.का. हनुमानढोका । जिल्ला कार्यालय डिल्लीबजार,काठमाडौं । आदेश भएको मिति:२०४२।१२।२० मा केवल अनुमानको भरमा निवेदकहरू थुनामै छन् भनी रिट निवेदकको माग अनुसारको बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गर्नु न्यायोचित नहुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री कृष्णकान्त ज्ञवाली विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री बलि राम कुमार उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संधिानको धारा १६–७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ । २. म माधव कपरिया छोरा रामवच्चन भाइ छिद्दु तथा भतिजा समेत २०४२ साल फाल्गुण २५ गते पर्ने महाशिवरात्री पर्वको उपलक्ष्यमा भगवान पशुपतिनाथको दर्शन गर्न हिन्दु अधिराज्य काठमाडौंं नेपाल आएका थियौं । यही २०४२ साल फाल्गुण २६ गते रामजानकी मन्दिरबाट मेरा भाइ छोरा भतिजालाई जि.का.काठमाण्डु वा जि.प्र.का.प्रहरी नायव उपरीक्षकको आदेशले सिधा नदिई विपक्षीहरूले जि.प्र.का.काठमाण्डूमा गैरकानुनी रुपमा थुनामा राखेका छन् । नेपालको संविधानको धारा ११(१) ११(छ) ११(७) मा कुनै पनि व्यक्तिको कानुन बमोजिम बाहेक ज्यान वा व्यक्तिगत स्वतन्त्रताको अपरहरण हुने छैन, कुनै पनि गिरफ्तार गरिएको व्यक्तिलाई गिरफ्तार भएको कारण सहितको सूचना यथासक्य नदिई थुनामा राखिने छैन, गिरफ्तार भएको ठाउँबाट बाटोका म्याद बाहेक २४ घण्टाभित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्दछ र कुनै पनि व्यक्तिलाई त्यस्ता अधिकारीको आदेशले बाहेक सो अवधि भन्दा बढी थुनामा राख्न हुँदैन भन्ने स्पष्ट व्यवस्था हुँदाहुँदै सो विपरीत उल्लिखित ३ जनालाई थुनी राखेकोले अविलम्ब बन्दीलाई अदालत समक्ष हाजिर गराई बन्दी–प्रत्यक्षीकरणको रिट जारी गरी गैरकानुनी थुनाबाट बन्दीहरूलाई मुक्त गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर । ३. विपक्षीहरूबाट लिखिन जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत सिंगल बेञ्जबाट भएको आदेश । ४. रिट निवेदनमा उल्लेख गरिएको रामवच्चन कपरिया, छिद्दु कपरिया, राधे कपरिया समेतलाई यस कार्यालयको आदेशद्वारा निजहरूलाई पक्राउ गरिएको र गराएको छैन झुठ्ठा व्यहोराको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी नायव उपरीक्षकको लिखिन जवाफ । ५. रिट निवेदनमा उल्लेखगरिएका व्यक्तिहरूलाई यसकार्यालयबाट गैरकानुनी रुपमा थुनामा राखिएको छैन भन्ने समेत व्यहोराको जिल्ला प्रहरी कार्यालय र जिल्ला कार्यालय काठमाडौंको छुट्टा छुट्टै लिखिन जवाफ । ६. नियमानुसार दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत रिट निवेदनका तर्फबाट बहस गर्न उपस्थ