निर्णय नं. २५७१ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५७१ - ज्यान भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/११/२३ २४१५ निर्णय नं. २५७१ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको फौ.पु.नं. ४३४ मुद्दा : ज्यान । पुनरावेदक/वादी:प्र.ह.नेत्र बहादुर खत्रीको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी:तनहुँ जिल्ला आंबुखैरनी गा.पं.वडा नं.६ बस्ने इश्वरी पन्त फैसला भएको मिति:२०४२।११।२३।५ मा जन्म दिने आमालाई मात्र बच्चा जिउँदो वा मरेको कुन अवस्थामा जन्मेको थियो भन्ने कुरा थाहा हुने र मातृप्रेमको कोमल ह्दय हुने आमाले शिशुलाई कर्तव्य गरी मारिन् होला भनी कल्पना गर्नु पनि स्वाभाविक नहुने । (प्रकरण नं. २१) पुनरावेदक,वादी तर्फबाटः विद्वान मुख्य न्यायाधीवक्ता श्री केदार प्रसाद शर्मा । विपक्षी,प्रतिवादी तर्फबाटःX उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः श्री पश्चिमान्चल क्षेत्रिय अदालतको फैसलाउपर पुनरावेदन पर्नआएको प्रस्तुतमुद्दाको संक्षिप्ततथ्य एवं जिकिर यसप्रकार छ । २. मिति ०३८।४।१८ गते राती अविवाहिता इश्वरी पन्तले बच्चा पाई कसैलाई थाहा नदिई सो बच्चा लगी पुरी गाडी भन्ने शंका लागेकोले कानुन बमोजिम आवश्यक कारवाही गरिपाउँ भन्ने प्र.ह. नेत्रबहादुर खत्रीको प्रतिवेदन । ३. डेढ फिट गहिराई, तीन फिट चौडाई, तीन पिटि लम्बाई भएको खाल्टो भित्र मृतक बच्चाको लाश रहेको, लाश सडी गली मुख, आँखा समेत नदेखिएको र खाल्टो भित्र टाउको रहन गई खप्पर फुटेको भन्ने लाश जाँच प्रकृति मुचुल्का । ४. सार्की भन्ने कुमार श्रेष्ठसँग ०३७ साल कार्तिक महिनामा करणी भएको र ऐ. मार्ग महिनामा नै दोस्रोपटक करणी भई मेरो पेटमा गर्भ रहन गई ९ (नौ) महिना पुगेपछि ०३८।४।१८ गते बेलुकी माइत घरमा मृतक अवस्थामा बच्चा छोरी पैदा भएको हो पछि दाजु, आमाले मरेको बच्चा गाडी पुरेका हुन । मैले कर्तव्य गरी मारेको होइन भन्ने इश्वरी पन्तको प्रहरीमा भएको बयान कागज । ५. मिति ०३८।४।१८ गते इश्वरी पन्तले मेरो घरमा मृतक जन्मिएको छोरी, छोरा र म भई गाडी ढुंगाले च्यापी आएको हो । कर्तव्य गरी उक्त बच्चा मारे मराएको होइन भन्ने इश्वरीकी आमा साननानी पन्तले प्रहरीमा गरेको बयान कागज । ६. मिति ०४०।४।१८ गते बहिनी इश्वरीपन्तले सार्की भन्ने कुमारकेटाको करणीबाट रहनगएको गर्भबाट मरेको बच्चा छोरी जन्मिएकोले मृतक बच्चा आमा र म भई जमीनमा दबाएका हौं । कर्तव्य गरी मारे मराएको होइन भन्ने इश्वरी पन्तको दाजु रामबहादुरले प्रहरीमा गरेको बयान कागज । ७. इश्वरी पन्तले जन्माएको बच्चा मरेको थियो वा जिउँदो थियो सो हामीलाई थाहा छैन । भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ८. मिति ०३८।४।१८ गते जन्मेको बच्चा मेरो करणी विर्यबाट नै गर्भ रहन गई मृतक बच्चा पैदा भएको जस्तो लाग्छ भन्ने समेत व्यहोराको सार्की भन्ने कुमार श्रेष्ठको प्रहरीमा भएको बयान कागज । ९. इश्वरी पन्तले मिति ०३८।४।१८ गते बेलुकी जिउँदो बच्चालाई कर्तव्य गरी मारी पछि आमा र दाजुलाई खबर गरी आमा र दाजुले घर देखि पश्चिमपट्टी लगी पुरेकोले निज इश्वरी पन्तलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १३(३) नं.अनुसार सजायँ हुन माग दावी लिएको र निज इश्वरीको दाजु रामबहादुर र आमा सान्नानी उपर ज्यानसम्बन्धी महलको २४ नं.बमोजिम गर्ने गरी खोजीएका बखत दाखेल गराउने गरी हाजिर जमानिमा छाडीएको भन्ने समेत माग दावी भएको प्रहरी प्रतिवेदन । १०. सार्की भन्ने कुमार श्रेष्ठक