निर्णय नं. ९१७२ - नकबजनी चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९१७२ - नकबजनी चोरी भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७१/०३/१९ ४९६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ फैसला मिति : २०७१।३।१९।५ ०६८–CR–०१३४ मुद्दा : नकबजनी चोरी । पुनरावेदक/वादी : ब्रजमोहनप्रसाद साहको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : सप्तरी जिल्ला, राजविराज न.पा.वडा नं.१ घर भै धनुषा जिल्ला, जनकपुर न.पा.वडा नं.९ मा डेरा गरी बस्ने सत्यनारायण दास भन्ने नरसिंह दासको छोरा भुनचुन भन्ने रोशनदास तत्मासमेत प्रमाण ऐन, २०३१ को दफा १८ को कानूनी व्यवस्था अनुसार अदालतसमक्ष परीक्षण नभएको साक्षी प्रमाणलाई प्रमाणको रूपमा ग्रहण गरी त्यस्तो प्रमाणलाई आधार बनाई फौजदारी अपराधमा कसुर ठहर्‍याउन नमिल्ने । अदालतसमक्ष उपस्थित भै परीक्षण नै नभएको साक्षी प्रमाणको अभावमा अधिकारप्राप्त अधिकारीसमक्ष भएको साबिती बयान र बरामदी मुचुल्काको आधारमा मात्र यी प्रतिवादीहरूलाई दोषी मानी आपराधिक दायित्व बहन गराउनु फौजदारी न्यायको सिद्धान्तसमेतको प्रतिकूल हुन जाने । (प्रकरण नं.४) प्रतिवादीहरूले अभियोग माग दावीबमोजिमको कसुर गरेको कुराको पुष्ट्‍याइँ वादी पक्षले ठोसरूपमा गराउन सकेको नदेखिएकोले शङ्‍काको सुविधा प्रतिवादीहरूले पाउने । (प्रकरण नं.५) पुनरावेदक/वादीका तर्फबाट : विद्वान्‍ उपन्यायाधिवक्ता राम घिमिरे प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ को दफा २५ चोरीको महलको १४(१) सुरू फैसला गर्ने :– मा.जि.न्या.श्री प्रेमबहादुर के.सी. पुनरावेदनमा फैसला गर्ने :– मा.न्या.श्री कोमलनाथ शर्मा मा.न्या.श्री मिहिरकुमार ठाकुर पुनरावेदन अदातल, जनकपुर फैसला न्या.ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदन अदालत, जनकपुरको मिति २०६७।३।१० को फैसलाउपर वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परी निर्णयार्थ पेश भएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम्‍ ठहर यस प्रकार छ : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं.४ स्थित ब्रजमोहनप्रसाद साहको पूर्व मोहडा भएको घर रहेको, सो घरमध्ये पूर्व फर्किएको १ तल्ले ३ कोठा रहेको उत्तरतर्फको कोठाको ढोकाको ताला काटिएको, ताला दुई टुक्रा भएको अवस्थामा भुइँमा रहेको, कोठाभित्रको पलङ माथिको बिस्तारा छरिएको, उल्टाएको टेबुलमाथि रहेको अडियो क्यासेटहरू छरिएको, र्‍याकभित्र रहेको कपडा छरिएको, पलङमुनि ब्रिफकेश थान–१ टुटफुट अवस्थामा खुल्ला भै भित्र कपडा र कागजहरू छरिएको अवस्थामा रहेको, दक्षिण पूर्वबीचको कोठामा ढोकामा लगाएको ताला आधा काटिएको अवस्थामा रहेको, बरन्डामा २१ से.मि.लामो सानो फलामको आरी थान –१ फालिएको अवस्थामा रहेको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति मुचुल्का । जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं.४ स्थित कमलेश तिवारीको खाली जग्गामा ४०७८०४१ नं.को हिरो साइकल थान–१, रोशन दासको पाइन्टको खल्तीमा क्यू एन्ड क्यू लेखिएको घडी थान–१ बरामद भएको भन्नेसमेत व्यहोराको बरामदी मुचुल्का । २०६३।४।३१ गते १२:३० बजेको समयमा ब्रजमोहनप्रसाद साहको घरमा रोशन दास र राकेश शर्मासमेतले नगद तथा जिन्सी धनमाल चोरी गरी भाग्न लाग्दा छर छिमेकीसमेत भई लखेट्दा नचिनेका २ जना भाग्न सफल भएको र रोशन दास र राकेश शर्मा फेला परेकोमा निजहरूलाई नियन्त्रणमा लिई यसै साथ दाखेल गरेको छु भन्नेसमेत व्यहोराको प्रहरी निरीक्षक सनद बिक्रम मल्लको