निर्णय नं. २५७२ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५७२ - उत्प्रेषण समेत भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/१२/०७ ३२४५ निर्णय नं. २५७२ ने.का.प. २०४२ अङ्कक १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रिट नं. १७७४ विषय : उत्प्रेषण समेत । निवेदक :ल.पु.न.पं. वडा नं.३ पुल्चोक बस्ने कुलराज गुरुघराना । विरुद्ध विपक्षी :सर्वोच्च अदालत अनुशासन समिति । आदेश भएको मिति:२०४२।१२।७।५ मा कानुन बमोजिम पुरा गर्नु पर्ने प्रक्रिया पुरा नगरी गरेको निर्णय बदर हुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री वलीरामकुमार उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य निवेदन जिकिर यसप्रकार रहेछ । २. कानुन व्यवसायी ऐन, २०२५ को संशोधनसहित दफा १७ को उपदफा (क) बमोजिम ३ वर्ष अवधिसम्म कानुन व्यवसायीको रुपले अदालतमा उपस्थित हुन र पैरवी गर्न वा उक्त ऐनको दफा १८ बमोजिम लेखापढी गर्न नपाउने गरी मिति ०४१।५।१३ को अनुशासन समितिको निर्णय बमोजिम लेखिएको छ भनी स.अ.कानुन शाखाबाट लेखी आएकोले निवेदन दिन आएको छु । ३. त्यसरी अनुशासन समितिले निर्णय गर्न कानुन व्यवसायीले आफ्नो आचरण विरुद्ध कार्य गरेको हुनु पर्ने र त्यस्तो काम गरेकोमा सम्बन्धित व्यक्तिले अनुशासन समितिमा उजूर गरेको हुनु पर्दछ । सम्बन्धित व्यक्तिको उजूर नपरे पनि मुद्दा मामिलाको कारवाहीको सिलसिलामा मिसिल सामेल रहेको सबूद प्रमाणबाट कुनै कानुन व्यवसायीले व्यवसायीक आचरणको विरुद्ध कुनै कार्य गरेको देखिएमा सो मुद्दा दायर रहेको अदालतले उजूरी नभए पनि सबूद प्रमाण सहित मिसिल अनुशासन समितिमा पठाउने व्यवस्था भएको पाइन्छ । अनुशासन समितिले लेख्नु भएको पत्रमा उपरोक्त दुबै कानुनी व्यवस्था अनुकूल कारवाही भएको भन्ने देखिन नआएकोले अधिकारक्षेत्र नाघी कारवाही भएको छ । ताराबहादुरलाई उजूर गर्ने अधिकार समेत छैन । मिसिल रहेको अदालतको कारवाही गर्न पठाएको पनि देखिँदैन । आफ्नो पक्षलाई अहित हुने गरी कानुन व्यवसायीले काम गर्न हुँदैन नैतिकता नै त्यो हो । वादी प्रतिवादी एउटैले लेख्यो भन्दैमा दुई थरीको मन्जूरी साथ लेखेको रहेछ भन्ने बदनियत भन्न र आचरण विरुद्ध भन्न कुनै हालतमा पनि हुँदैन । वादी प्रतिवादीको लेखबाट नै बदनियत भन्ने देखिएको छैन । वादी प्रतिवादी एकैले लेख्नु अपराध हो भन्ने त्यो कुरा कानुनमा खुलेको हुनु पर्दछ । कानुनमा व्यवस्था नभएकोमा कुनै हालतमा सजायँ गर्न मिल्दैन । अर्को कुरा सम्बन्धित व्यक्ति बुझ्नु पर्ने, सम्बन्धित व्यक्ति नै नबुझी बहस पैरवी गर्न दिनु पर्नेमा नदिई त्यसै छिन्नु भएकोले न्यायिक मनको अभावमा भएको निर्णय त्रुटिपूर्ण छ । बमबहादुर र कृष्णबहादुरको मुद्दामा ताराबहादुरको उजूरबाट कारवाही गर्ने के ले भयो । कुन कानुनको कुन दफाले आचरण विरुद्ध कारवाही गरेको देखिन्छ सो कुरा नै नलेखी गरेको निर्णय अ.बं.१८५ नं.ले कानुनी त्रुटिपूर्ण देखिन्छ भन्ने कैयौं नजीर छन् । त्यसकारण दुबै पक्षको मन्जूरी भई मिलापत्र गर्ने भनेकोले मिलापत्र गर्ने उद्देश्यले वादी प्रतिवादी लेखिन गएको भन्ने सम्बन्धित व्यक्ति नै नबुझी प्रमाणको मूल्यांकन नै नगरी गर्नु भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी कानुन बमोजिम सबूद प्रमाण बुझी बहस पैरवी गर्ने मौका दिई कारवाही गर्न परम