निर्णय नं. २५७३ - न्वारान गराई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५७३ - न्वारान गराई पाउँ भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/११/२० ३२६७ निर्णय नं. २५७३ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको फौ.पु.नं. ६०० मुद्दा : न्वारान गराई पाउँ । निवेदक/प्रतिवादी: गा.अ.कास्की पो.न.पं.वा.नं.१ बस्ने बालकृष्ण सुवेदी। विरुद्ध विपक्षी/वादी: ऐ. शिशुवा गा.पं.वा.नं.४ खुदिबजार बस्ने कुन्तीमाया च्वाई । फैसला भएको मिति:२०४२।११।२०।२ मा फोरेन्सीक रिपोर्ट अनुसार ब्लड ग्रुप मिल्दैमा पैत्रिकत्व प्रमाणित हुन सक्तैन । (प्रकरण नं. १६) पुनरावेदक, प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ । २. विपक्षी बालकृष्ण सुवेदीको करणी सहबासबाट ११ र ८ वर्षका २ छोरी भइसकेपछि सौता ल्याउनु भई मलाई हेला गर्न थालेकाले निज उपर अंश मुद्दा दिएको रीस इविले विपक्षीले पशुपतीसँग पोइल गएकी भनी म उपर धनमाल भराई पाउँ भनी मुद्दा दायर गरी रहेकै बखत निजैको सहबासबाट मेरो गर्भ रहन गई ०३७ साल चैत्र ३० गते छोरी जातक पाएकीले हाम्रो कुल धर्मानुसार न्वारान गरिदिनुहोस् भन्दा इन्कार गरेकोले विपक्षीलाई अदलको ११ नं.बमोजिम सजायँ समेत गरिपाउँ भन्ने समेत कुन्तीमायाको फिरादपत्र । ३. मेरो विवाहीता स्वास्नी विपक्षी शिशुवा आ.गा.पं.वा.नं.४ बस्ने पशुपतिसँग सहबासमा बिग्री ०३७ साल मार्ग २७ गते मेरो घरबाट स्वेच्छाले निस्की पशुपतिको घरमा गई बसेकी हुन् । विपक्षीको छोरीको न्वारान पशुपतीले ०३८।१।१० गते साँझ ७ बजे गरेको कुरा रामेश्वर र रामबहादुरले देखेको हुँदा छोरी जातकको न्वारान पशुपतीले गरी सकेकोले मैले न्वारान गरी दिन पर्ने होइन वादी दावा झुठ्ठा हो भन्ने समेत बालकृष्णको प्रतिउत्तर । ४. ०३९।११।८ मा विशेषज्ञ डा.कुमार संशेर ज.ब.रा.को जि.अ.मा बकपत्र भएको साथै प्रतिवादीको साक्षीको पनि बकपत्र मिसिल सामेल रहेको । रगत जाँच भई आएको । ५. आफ्नो प्रचलनअनुसार प्र.बालकृष्णले न्वारान गरिदिनुपर्ने ठहर्छ भन्ने कास्की जि.अ.को फैसला । ६. कानुन प्रतिकुल फैसला बदर हुनुपर्छ भन्ने बालकृष्णको पुनरावेदन । ७. जिल्ला अदालतको इन्साफ मनासिव छ भन्ने पश्चिमान्चल क्षेत्रिय अदालतको फैसला । ८. पश्चिमान्चल क्षेत्रिय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा पश्चिमान्चल क्षेत्रिय अदालतको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ५४ को त्रुटि देखिएको भनी पुनरावेदन गर्ने अनुमति प्रदान भई पुनरावेदन लगतमा दर्ता भई पेश हुन आएको रहेछ । ९. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदकतर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुंगाना र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी कुन्तीमाया पशुपतिसँग पोइल गएकी र निजकै घरमा लोग्ने स्वास्नी भई बसी निजैको विर्यबाट जातक छोरी जन्मेको हो भन्ने कुरा डाक्टरको फोरेन्सीक रिपोर्टले प्रमाणित गरेको छ किनकी रिपोर्ट अनुसार बच्ची र पशुपतीको ब्लड ग्रुप मिलेको छ बालकृष