निर्णय नं. २५७५ - उत्प्रेषण मिश्रीत परमादेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५७५ - उत्प्रेषण मिश्रीत परमादेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/१२/०१ २८२६ निर्णय नं. २५७५ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.नं. १७२१ विषय : उत्प्रेषण मिश्रीत परमादेश जारी गरिपाउँ । रिट निवेदक:का.जि.का.न.पं.वडा नं.५ बस्ने चन्द्र प्रजापती । विरुद्ध विपक्षी :का.जि.का.न.पं.वार्ड नं.४ बस्ने देव कुमारी अर्याल । ऐ.ऐ बस्ने रामचन्द्र अर्याल । ऐ.ऐ बस्ने महेशचन्द्र अर्याल । ऐ.ऐ बस्ने रमेशचन्द्र अर्याल । का.जि.कपन फैंका गा.पं वार्ड नं.३ को वार्ड अध्यक्ष पद्म बहादुर थापा । गुठी संस्थान केन्द्रिय कार्यालय,रामशाहपथ । काठमाडौं गुठी तहसिल कार्यालय,त्रिपुरेश्वर । आदेश भएको मिति:२०४२।१२।१।६ मा गुठी संस्थान ऐन, २०३३ र गुठी संस्थान कार्यव्यवस्था विनियमहरूले निर्दिष्ट गरेको कानुनी कार्यविधीहरू अंगाली विवादित जग्गा छुट्याउने गरी प्रत्यर्थी गुठी तहसील कार्यालयबाट भएको निर्णयमा कुनै कानुनी त्रुटि विद्यमान नदेखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्का विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर निम्नलिखित छ । २. जग्गाधनी पशुपती महास्नान गुठीको नाममा दर्ता भएको नापीमा कपन गा.पं.वार्ड नं.३(घ) कि.नं.९७ को क्षेत्रफल ५–०–० जग्गा २०२१ सालमा भूमि सुधार लागू हुँदा ४ नं.जो.अ.नि. मेरै नाउँमा भरी २०१२ सालदेखि हालसम्म कमोद गर्दै दर्तावाला मोहिलाई कुतबाली बुझाउँदै आएको थिएँ । यस्तैमा दर्तावाला मोही र उनका जेठी तथा कान्छी स्वास्नीका बीच अंश मुद्दा परी उनैका छोरा स्वास्नी विपक्षी मध्येका देवकुमारी अर्याल, रामचन्द्र अर्याल, महेशचन्द्र अर्याल, रमेशचन्द्र अर्याल समेतले कपन गा.पं.वार्ड नं.३(घ) कि.नं.९७ को क्षेत्रफल ५–०–० हुन गएको पश्चिमतर्फको २–०–३ जग्गा अदालतले छुटाई दिइएको मध्ये हाम्रो नाम नामसारी दर्ता गरी सो मध्ये १/३ जोताहालाई उत्तरतर्फबाट बाँकी २/३ दक्षिणतर्फबाट हाम्रो नाममा जोताहा दर्तावाला समेत दर्ता गरिपाउँ भनी मिति ०४१।५।३१।१ मा विपक्षी गुठी तहसील कार्यालयमा संयुक्त निवेदन दर्ता गरे पश्चात विपक्षी कार्यालयबाट म समेतलाई झिकाई उक्त जग्गा छुट्याउने हकमा मन्जूरी नभएको भनी मैले बयान गर्दागर्दै गुज्रेको तारिख समेत थामी नदिई मेरो अनुपस्थितिमा २०४१ साल मार्ग १५ गते विपक्षी गुठी तहसील कार्यालयबाट डोर खटी सरजमीन गरी उक्त कपन गा.पं.वार्ड नं.३(घ) को क्षेत्रफल ५–०–० रोपनीमा ९ खण्डको ४ खण्ड हुने २–०–३ मा म जोताहालाई उत्तरतर्फबाट ०–११–० (एघार आना) छुट्याउन मनासिव ठहर्छ भन्ने एकपक्षीय सरजमीनको आधारमा किसान, जोताहाले दर्तावाला मोहीलाई क्षतिपुर्ति वापतको छवायबाली संस्थानले तोकेको कार्यालयमा नबुझाएमा मात्र जग्गा छुट्याउने निर्णय गर्न कानुनोचित हुन्छ तर मलाई छवायबाली बुझाउने सम्बन्धमा कुनै सूचनै नगरी गुठी संस्थान ऐन, २०३३ को दफा २६ को उपदफा १, २ र अ.बं.५९ नं.प्रतिकूल प्राकृतिक न्यायको सिद्धान्त विपरीत मेरो जोताहा किसान भएको जग्गा छुट्याउने विपक्षी गुठी तहसील कार्यालयबाट भएको निर्णयले मेरो संवैधानिक हक हनन् भएको हुँदा उक्त निर्णय उत्प्रेषण मिश्रित परमादेश समेत जारी गरी बदर गरिपाउ