निर्णय नं. २५७६ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५७६ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/१२/०५ २३१६ निर्णय नं. २५७६ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको रि.नं. १४३८ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :सङ्घाई टेक्सटाइलका साझेदारहरू का.जि.इन्द्रचोक बस्ने पवनकुमार सङ्घाई । ऐ.ऐ श्री निवास संघाई । विरुद्ध विपक्षी :श्री ५ को सरकार, अर्थ मन्त्रालय । ऐ. अन्तः शुल्क विभाग,लाजिम्पाट । ऐ. अन्तः शुल्क कार्यालय,काठमाडौ। आदेश भएको मिति:२०४२।१२।५।३ मा उद्योगले औ.व्य.ऐन, २०३८ अन्तर्गतको सुविधा उपयोग गरी आएको भन्ने देखिन आएकोले यस्तो अवस्थाको उद्योगलाई राजपत्रले अन्तःशुल्क सुविधाबाट वञ्चित गराएको छ भन्ने विपक्षीहरूको लिखिन जवाफको जिकिर कानुनसंगत देखिन नआउने । (प्रकरण नं. ७) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री बलिरामकुमार उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार छ । २. घरेलु तथा ग्रामीण उद्योग विभागमा घरेलु उद्योगको रुपमा दर्ता भई मिति २०४०।१०।१ देखि उत्पादन गरेको हो । औद्योगिक व्यवसाय ऐन, २०३८ को १०(ग) को देहाय (१) र ४ का प्रतिबन्धात्मक वाक्यांशले रिट निवेदक घरेलु उद्योगलाई सञ्चालन मिति ०४०।१०।१ देखि पाँच वर्षको लागि अन्तःशुल्क नलाग्ने किटानी व्यवस्था भएको छ । उक्त कानुनलाई आर्थिक ऐन, २०३८ को दफा ३ तथा अनुसूची ५ मा आर्थिक ऐन, ०४० को दफा ३ को तथा अनुसूची ५ को द्रष्टव्यको देहाय खण्ड २ ले समेत अन्यथा व्यवस्था नगरी कायम राखेको छ । ०४१।३।२६ को सूचित आदेश (सामयिक कर असूल ऐन, २०१३ को ३ अन्तर्गत) ले पनि रिट निवेदकलाई अन्तःशुल्क लगाएको छैन । ०४१।३।२६ मा प्रकाशित सूचना (अ.शु.ऐन, ०१५ को दफा ३(१) अन्तर्गत) बाट आर्थिक वर्ष ०४१।४२ मा कृत्रिम रेशाबाट तयार गरिएको होजियारी सामानमा ५% को दरले अन्तःशुल्क लाग्ने तथा अन्य शीर्षकले लाग्ने भनी अन्तःशुल्क दरबन्दी तोकियो । यस्तो अन्तःशुल्क निवेदक जस्ता घरेलु उद्योगहरु जसले पहिले देखि नै औद्योगिक व्यवसाय ऐन, ०३८ (अन्तर्गतको सुविधा उपभोग गरी आएको छन्) लाई लाग्ने होइन । अन्तःशुल्क ऐन, २०१५ को दफा ३(१) ले दिएको अधिकार प्रयोग गरी र मिति ०४१।३।२६ को नेपाल राजपत्रमा प्रकाशित सूचनाको आधारमा रिट निवेदकलाई अन्तःशुल्क लगाउन मिल्दैन । औ.व्य.ऐन, २०३८ को दफा १०(ग) मा अन्यथा अर्थ निस्कने गरी विधायिकाबाट ऐन संशोधन नभएसम्म रिट निवेदकले सञ्चालन मितिदेखि ५ वर्षसम्मको लागि निर्विवाद रुपमा अन्तःशुल्क सुविधाको उपभोग गर्न पाउने सुनिश्चित छ । तसर्थ प्रत्र्थीहरूको मिलेमतो पूर्ण अवैध एवं दोषपूर्ण काम कारवाई सूचना प्रकाशित गराई तथा पत्र लेखाई समेत त्रुटिपूर्ण हुँदा नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा अन्तःशुल्क लिने भन्ने मिति ०४१।७।९ र ०४१।७।१८ को पत्रहरू बदर गरी निवेदकको हनन् भएको हकको प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन रहेछ । ३. विपक्षीहरूबाट लिखिन जवाफ मगाई आएपछि पेश गर्नु भन्ने सिंगल बेञ्जको आदेशानुसार प्राप्त लिखिन जवाफको व्यहोरा संक्षेपमा यसप्रकार रहेछ । ४. मौजूदा कानुन बमोजिम सिन्थुटिक यार्न र सो मा आध