निर्णय नं. २५७७ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५७७ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/११/२० २२२७ निर्णय नं. २५७७ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको रिट नम्बर १८४१ विषय : उत्प्रेषण लगायतको उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :जि.सिरहा कर्जन्हा गा.पं.वडा नं.७ बस्ने कुरेसा खातुन । ऐ.ऐ बस्ने जमिर शेख मिया । विरुद्ध विपक्षी :जि.सिराहा कर्जन्हा गा.पं.वडा नं.७ बस्ने महम्मद खुरसेद आलम । भूमि सुधार कार्यालय सिरहाका श्री भूमि सुधार अधिकारी । आदेश भएको मिति:२०४२।११।२०।२ मा आवश्यक सबूद प्रमाण बुझी सो को मूल्यांकन समेत गरी अधिकार प्राप्त अधिकारीले प्रचलित कानुनको परिधीभित्र रही गरेको निर्णयमा कुनै कानुनको त्रुटि भएको नहुँदा निवेदन जिकिर बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १५) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री शिवानन्द दाश शरस विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री भैरव प्रसाद लम्साल उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं जिकिर यसप्रकार छ । २. कुरेसाका ससुरा र जमिरका बाजे कर्मान मियां तत्कालिन जग्गाधनी गिरधर गोपालको जग्गा मोहिमा कमाई आएको, भू.सु.लागू हुँदा १ नं.मोही लगत भरी २ नं.अनुसूची प्रकाशित भई ४ नं.जो.अ.नि.पाएको र पछि सर्वे हुँदा मोही लेखाई कर्जन्हा गा.पं.वार्ड नं.२क. कि.नं.२६९ को ०–५–१५ को मोहियानी हकको प्रमाणपत्र समेत पाई निज जीवित छँदासम्म निजै कुर्मानले कमाई आउनु भएको थियो । उक्त जग्गा विपक्षी खुरसेदले ०३०।३१ सालतिर खरीद गरी लिएपछि पनि ससुरा बाजेले नै कमाई आउनु भएको थियो । कर्मान ०३३ सालमा परलोक हुनु भयो । कर्मानको जहान सासु बजै जीवित नहुँदा विपक्षी जग्गाधनीको मन्जूरी बमोजिम पति बाबु जमसेदले ०३३।०३४ सालको बाली मोहीकै हैसियतले कमाई जग्गाधनीलाई धानबाली दिनु भएको थियो । कुर्मानको मृत्यु पश्चात जमसेदले भू.सु.ऐनको दफा २६(१) ले मोहियानी हक पाई जग्गा मोहीको हैसियतले २ वर्षसम्म भोगी सकेपछि ०३४ सालको अन्ततिर परलोक हुनुभएकोले हामी आमा छोराले जग्गा कमाई विपक्षीलाई कुतबाली बुझाउँदै आई रहेको थियो । हित्तचित्त मिलेकोले रसिदको चलन थिएन । हाम्रा पनि बाबु पछि हामी कुनै एकजनालाई विपक्षीको दफा २६(१) अनुसारको मोही रोज्नु पर्नेमा ०२४ सालमा कुर्मान परलोक भएपछि आफैं कमाई भोगी आएको र कुर्मानको स्वास्नी छोरा समेत नभएकोले मोही लगत कट्टा गरिपाउँ भन्ने विपक्षी जग्गाधनीले ०४१।६।३ मा भू.सु.का.मा निवेदन दिनु भई भू.सु.का.बाट कुर्मानका हकदारका नाउँमा म्याद जारी हुँदा कुर्मान ०३३ सालमा परलोक भएको र त्यसपछि जमसेदले कमाई ०३४ मा निज पनि परलोक भएकोले हामीले जग्गा कमाउँदै आएको हुँदा कुर्मानको मोही लगत कट्टा नभई हाम्रो नाउँमा मोही नामसारी हुनु पर्ने भनी प्रतिवाद गरें । भू.सु.का.बाट कुनै सबूद प्रमाण नबुझी गा.पं.को सिफारिशको आधारमा कुर्मानको छोरा पत्नि नभएकोले बुहारी नातामा मोही सर्न नसक्ने हुँदा कुर्मान मियांको नामको मोही लगत कट्टा गरिदिने ठहराई ०४१।९।१७ मा निर्णय भएको रहेछ । ३. अ.बं.१८४(क) अनुसार विवादको विषयमा सबूद प्रमाण नबुझी निर्णय भएबाट ऐनको प्रत्यक्ष त्रुटि हुनुको साथै ०२४ सालमा कुर्मानको परलोक भएको भन्ने विपक्षी