निर्णय नं. १२५५ - चेक कीर्ते गरी रूपैया झिकी खायो भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२५५ - चेक कीर्ते गरी रूपैया झिकी खायो भन्ने भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०२/१४ ५२१६ निर्णय नं. १२५५ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको फौ.पु.नं. १०३ फैसला भएको मिति : २०३६।२।१४।२ मा पुनरावेदक : का.जि. ठमेल १५।१०७ बस्ने केशवप्रसाद घिमिरे विरूद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : चेक कीर्ते गरी रूपैया झिकी खायो भन्ने (१) विशेषज्ञ भनिएको व्यक्ति यथार्थमा हस्ताक्षर विशेषज्ञ हो वा होइन भन्ने सम्म पनि अदालतबाट यकिन गरिएको वा निजलाई अदालतमा साक्षी सरह उपस्थित गराई बुझिएको वा निजसँग जिरह गर्ने प्रतिवादीलाई मौका दिएको देखिन्न । यस स्थितिमा उक्त रायलाई प्रमाण लिनु प्रमाण ऐन, ०३१ को दफा २३ को उपदफा (७) को प्रतिकूल सम्झनुपर्ने हुन्छ । कानून बमोजिम ग्रहण गर्न नहुने प्रमाण ग्रहण गरी सो प्रमाणलाई आफ्नो ठहरको आधार बनाई फैसला गरेकोले प्रमाण ऐन, ०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशले सो फैसला बदर हुने । (प्रकरण नं. ७) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराज भण्डारी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लिखित मुद्दा : फैसला न्या. विश्वनाथ उपाध्याय : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीले यस अदालतमा चढाएको निवेदनमा अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको छ । २. विफर उन्मूलन आयोजना केन्द्रिय कार्यालयको तत्कालीन मुखिया केशवप्रसाद घिमिरेले कार्यालयको नं. ५५२१४६ को खाली चेकमा खाता सञ्चालन गर्ने बेतीबहादुर, रामचन्द्रको कृत्रिम सही गरी गराई कृष्णप्रसाद श्रेष्ठको नामबाट कृत्रिम चेक तयार गरी नेपाल राष्ट्र बैङ्कबाट रू.१५२८। आफैंले भुक्तानी लिई खाई मासेका रहेछन् । विशेषज्ञको रायबाट चेकमा लेखिएको मिति अङ्क र लिपिहरू निज केशवप्रसाद कै भएको कारणबाट निज उपर भ्र.नि.ऐन, २०१७ को दफा ७(१) र दफा २९ अन्तर्गत कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको विशेष प्रहरी विभागको आरोप पत्र । ३. ततिम्बा सहितको २०३०।१।२२ को बयान देखाएको हेरेँ देखेँ बयान गराउँदा मेरो हस्ताक्षरबाट जवाफ लेखेको हो । ततिम्बा गराउँदा पिटेर जबरजस्ती लेखिए बमोजिम भनी लेखिएकोले सावित भई हस्ताक्षरले लेखिएको हो । मैले चेक कीर्ते गरी रूपैयाँ बैङ्कबाट झिकिलिए खाएको होइन कसले रूपैयाँ झिके थाहा छैन । विशेषज्ञले मेरो हस्ताक्षरसँग मिल्छ भनी किन राय दिए थाहा छैन भन्ने समेत केशवप्रसादले अदालतमा गरेको बयान । ४. कृत्रिम दस्तखतबाट बदनियत चिताई निज प्र.केशवप्रसादले चेकबाट रूपैयाँ झिकी खाई आफूलाई गैह्र कानूनी फाइदा विफर उन्मूलन कार्यालयलाई हानी पुर्याएको ठहर्छ भन्ने समेत बागमती विशेष अदालतको ०३३।३।७।१ को फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्र.केशवप्रसाद घिमिरेको पुनरावेदन । वादी दावी बमोजिम चेक कीर्ते गरी बैङ्कबाट रूपैयाँ झिकी लिए खाएमा प्रतिवादी केशवप्रसादले विशेष प्रहरीमा बयान गर्दा सावित भई बयानको जवाफ आफैंले लेखेमा साविती र अदालतमा बयान गर्दा भने कुटपिट गरी प्रहरीमा साविती लेखाएको भन्ने बयान लेखाईबाट देखिन्छ, तर चेकमा लेखिएको मिति र अङ्क अक्षरहरू निजै प्रतिवादी केशवप्रसादको हस्ताक्षरसँग मिल्छ भन्ने विशेषज्ञको जवाफबाट देखिएको समेतबाट केशवप्रसाद घिमिरेलाई कसूरदार ठहर्याएको इन्साफ बागमती विशेष अदालतको म