निर्णय नं. २५७८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५७८ - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/११/१९ २३४० निर्णय नं. २५७८ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रिट नं. १८३५ विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । निवेदक :जि.बाँके सितापुर गा.पं.वा.नं.४ यल गाउँ गुराँसपुर बस्ने पं.तथा स्था.वि.मं.म. प.क्षे.नि.वीरेन्द्र नगर सुर्खेतमा कार्यरत ना.सु.पुरुषोत्तम श्रेष्ठ । विरुद्ध विपक्षी :श्री ५ को सरकार, पं.तथा स्था.वि.मं.श्री महल पुल्चोक । सचिव पं. तथा स्था.वि.मं.श्री ५ को सरकार पं.तथा स्था.वि.मं.म.प.क्षे.निर्देशनालय,वीरेन्द्र नगर । आदेश भएको मिति:२०४२।११।१९ मा अनुशासनहीन कारवाई गर्ने कर्मचारीलाई सफा हात आएको भन्न कुनै अवस्था र हालतमा नसकिने । (प्रकरण नं. १४) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी र विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षी तर्फबाट : विद्वान सह–न्यायाधीवक्ता श्री भैरवप्रसाद लम्साल उललेखित मुद्दाःX आदेश न्या.गजेन्द्रकेशरी बास्तोला: नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. लोक सेवाबाट सिफारिश भई ०२८।२।५ मा को.तथा त.का.बाँकेमा मुखिया पदमा नियुक्त भई मिति ०३१।१।३ मा क्षे.कृ.नि.नेपालगञ्जमा खरिदार र मिति ०३८।६।६ मा ऐ. मा ना.सु. मा बढुवा भएको र ०४०।१०।१ देखि ३ नं.कार्यालयमा सरुवा भई सेवारत छु । यस्तैमा प्रत्यर्थी कार्यालय प्रमुख, शाखा अधिकृतको २०४१।३।१९ को पत्रद्वारा नि.से.नि., २०२१ को नियमहरू ९.२०, ९.१७ र ९.१८ अनुसार आचरण नगरी साल तमामको बेला आलटाल गरी बरबुझारथको कार्य नगर्दा प्रशासन फाँटको कार्यमा बाधा परी बरबुझारथको आदेशको पालना नगरेबाट निर्देशनालयको मिति ०३१।३।१८ को निर्णयानुसार नि.से.नि. को नियम १०.१ अनुसार एकपटकलाई समयमा दिएको आदेशको पालना नभएबाट नसिहत दिएकोले नि.से.नि., २०२१ को नि.१०.१२ बमोजिम सचिव कहाँ पुनरावेदन गर्दा शुरुकै कारवाही मनासिव ठहराई निर्णय भएको कुरा जानकारी गराइयो । ३. प्रत्यर्थी नं.३ को मिति ०४१।३।१८ र प्र.नं.२ को मिति ०४१।८।२२ को उल्लिखित निर्णय मलाई उपलब्ध नगराइएको, नक्कल प्रदान नगराइएबाट उक्त निर्णयको आधार तथा निर्णयको कारण परिबन्ध केही थाहा हुन सकेन, निर्णयको प्रतिलिपि नदिनु नि.से.नि.को नियम १०.९(३) को प्रत्यक्षतः त्रुटि हो, मर्का पर्ने पक्षलाई सफाइको मौका नै नदिई गरेको प्रवृत्त भावनायुक्त निर्णयबाट प्राकृतिक न्याय सिद्धान्तको उल्लंघन भएको छ । नि.से.नि.को नियम १०.१(१) को प्रयोग सामान्य अवस्थामा हुँदैन । असामान्य स्थिति हुन कानुनमा उल्लिखित तथ्यहरू विद्यमान हुनु पर्दछ सफाइको मौका दिन अव्यहारिक भएको भन्ने उल्लेख छैन त्यस्तो ठानिनु मात्र पर्याप्त हुँदैन । नि.से.नि.को नियम १०.९ र १०.१० अनुसार कर्मचारीलाई सजायँ गर्नु अघि सफाइको मौका दिन पर्छ । यसरी मेरो हकमा नि.से.नि.को नियम १०.१(१) ९.२०, ९.१७ र ९.१८ आकर्षित हुनसक्ने होइन । यसरी मेरो हकमा नि.से.नि.का उक्त नियमहरूको त्रुटिपूर्ण प्रयोग गरी त्रुटिपूर्ण निर्णय गरेकोले त्यस्तो भेदभाव एवं त्रुटिपूर्ण निर्णय नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा बदर गरी निवेदकको पूर्ववत सेवा कायम गराई पाउँ भन्ने समेत रिट निवेदन