निर्णय नं. १२५६ - खुन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२५६ - खुन भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०४/१८ १९८८ निर्णय नं. १२५६ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३५ सालको फौ.सा.नं. ४६ फैसला भएको मिति : २०३६।४।१८।६ मा वादी : (सोनेलाल ठाकुर हजामको जाहेरी) ले श्री ५ को सरकार विरूद्ध प्रतिवादी : महोत्तरी कारागारको बन्दी सितला मण्डल केवट मुद्दा : खुन (१) अधिकारप्राप्त अधिकारीसमक्ष अभियुक्तले गरेको सावितीकागजलाई मेडिकल अधिकृतको पोष्टमार्टम रायबाट समेत समर्थित भएकोले अदालत समक्ष दिएको बयानको समर्थन अन्य कुनै ठोस सबूद प्रमाण दिएको देखिन आए सबूदको अभावमा ज्यान जस्तो उपरोक्त अभियोगबाट सफाई दिन मनासिव नदेखिने । (प्रकरण नं. १०) फैसला न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतले मिति २०३४।३।१६।५ मा सितला मण्डल केवटलाई सर्वस्व सहित जन्म कैद गर्ने गरेकोमा साधक सदरको निमित्त पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छन् : २. २०२७।२।३ गतेका बिहान अन्दाजी ६।। बजेका बखत गुइँठा खोज्न खेत तर्फ गएको वर्ष १२ को मेरी छोरी रामसती हजामनीलाई फरिया बटारी गर्धनमा बाँधी घाँटी समेतमा धार भएको हतियारले काटकुट गरी गाउँ देखि उत्तर खेतमा फ्याँकी दिएछन् । सितला मण्डल माथि शंका लाग्छ भन्ने समेत सोनेलाल ठाकुर हजामको जाहेरी दरखास्त । ३. प्रहरीमा कागज हुँदा बन्चराले मर्ने रामसतीलाई हिर्काएकोमा साविती बयान दिएको मेरो विचारले निज कर्तव्य गरी मरेको लाग्छ । कसले मारे मलाई थाहा छैन । उजूर दावी बमोजिम मैले कर्तव्य गरी मारेको होइन म निर्दोष छु । मर्ने रामसतीसँग चिनजान थियो झगडा इवी केही थिएन । उजूरवालासँग पनि मेरो झगडा इवी छैन । म उपर कसरी यो उजूर पर्न गयो थाहा छैन भन्ने समेत प्र.सितला मण्डलले अदालतमा गरेको इन्कारी बयान । ४. जाहेरवालाले सितला माथि शंका देखाएको र निज अभियुक्त रामसतीलाई बञ्चरोले हानी कर्तव्य गरी मारेमा आफू साविती भएको र सरजमीनका मानिसहरूले पनि निज सितलाले कर्तव्य गरी मारेको हो भनी स्पष्ट लेखी दिएकोले प्राप्त सबूद प्रमाणको आधारबाट निज सितला मण्डल केवट उपर ज्यान सम्बन्धी महलका १३(१) सजाय र कारवाहीको लागि माग दावी गर्दछौं भन्ने समेत प्रहरी प्रतिवेदन । ५. फरियाको छेउ बटारी घाँटी कसेको गर्धनमा घाउ भएकोबाट कर्तव्य भन्ने कुरा सिद्ध छ, को बाट कर्तव्य भएको भन्ने कुरामा मौकामा बन्चरो प्रहार गरी मारेमा सितला साविती भएको देखिन्छ । अदालतमा इन्कार छ तापनि मौका सावित हुनु र अदालतमा इन्कार रहेको कारण सबूद प्राप्त नभएको अब मौकामा बन्चरोले हानेको भन्ने प्र.सितालाको साविती बयान लास जाँच हेर्दा फरियाको छेउ बटारी घाँटी कसेको भन्ने पनि देखिन्छ सो कुरालाई पनि लिई सोधिएको भए कैयन कैयौं जवाफ दिने थियौं । मौका साविती समयमा सो कुरै सोधिएन । अदालतमा इन्कारी भएबाट सोधिए पनि जवाफ पाइने अवस्थै आएन । अपराध गर्ने अपराधीको विचारबाट विभिन्न तरिकाबाट अपराध हुने नै भई सावितीका समयमा जति प्रकट गर्छ त्यसैलाई मान्यता दिई अरू विचारणीय अवस्थामा रहने र फरियामा ठाउँ ठाउँमा रगतको छिटा भन्ने पनि देखिन आएको र गर्दनमा घाउ चोट देखिएको बन्चराले हानेमा मौकामा साविती देखिएको इन्कारीको सबूद नभएको मौकामा सावित गराउनु पर्ने कारण सबूद नभएको बुझिएका सरजमीनबाट सो अघि पनि इवी परी रहेको भन्ने पनि देखिएकोबाट समेत वर्ष १२ को रामसतिलाई सितलाले बन्चरो समेत प्रहार गरी मारेको ठहर्छ । ज्यान सम