निर्णय नं. २५८० - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५८० - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/१२/२७ २२४८ निर्णय नं. २५८० ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रिट नं. १६४९ विषय : उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :ल.पु.न.पं.वार्ड नं.१ बस्ने वल्लभशंसेर ज.ब.रा.। विरुद्ध विपक्षी :संचालक समिति नेपाल बैंक लिमिटेड । आदेश भएको मिति:२०४२।१२।२७।४ मा मृत्यु भएको कारणबाट पद रिक्त हुन आएकोलाई बहाल टुटी पद रिक्त हुन आएको भन्न नमिल्ने । (प्रकरण नं. १८) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त, विद्वान अधिवक्ताहरु श्री शुसिल कुमार सिन्हा, श्री यादव प्रसाद खरेल विपक्षी तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ, विद्वान अधिवक्ता श्री को मलप्रकाश घिमिरे उल्लेखित मुद्दाःX आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ । २. ने.बैं.लि.नियमावली, २०३२ को नियम २९ मा निर्वाचित हुने संचालकले आफ्नो नाउँमा कमसे कम बीस शेयर लिएको हुनु पर्दछ भन्ने कानुनी व्यवस्था अनुरुप म नेपाल बैंक लिमिटेडको २० भन्दा बढी शेयरको प्रमाणपत्र प्राप्त व्यक्ति हुँ । वाणिज्य बैंक ऐन, २०३१ को दफा ५(२) अनुसार संचालकहरूको नियुक्ति साधारण सभाबाट हुने र ऐ. ऐनको दफा ५(५) अनुसार अध्यक्ष लगायत संचालकहरूको कार्यअवधि चारवर्षको हुने र अवधि समाप्त भएको संचालक पुनः निर्वाचित वा मनोनीत हुन सक्नेछ भन्ने कानुनी प्रावधान छ वाणिज्य बैंक ऐन, २०३१ मा गरिएको परिभाषा अनुरुप नेपाल बैंक लि.वाणिज्य बैंक हो नेपाल बैंक लिमिटेड नियमावली, २०३२ को परिच्छेद १ को नियम २ को उपनियम (३) मा संचालक समिति भन्नाले वाणिज्य बैंक ऐन, २०३१ को दफा ५ अन्तर्गत गठित यस बैंकको संचालक समितिलाई जनाउँछ भनिएको छ र ऐ. को परिच्छेद ३ को नियम २१ मा वार्षिक साधारण सभामा संचालकहरू रोज्दा गुप्त मतदानद्वारा रोजिने कुरा उल्लेख छ । वाणिज्य बैंक ऐन, २०३१ को दफा ९ मा संचालक पद रिक्त हुने अवस्था वर्णित छ । त्यो अवस्था ऐनको दफा ८ बमोजिम संचालक रहन अयोग्य भएमा, संचालकको पदबाट दिएको राजीनामा स्वीकृत भएमा, मृत्यु भएमा, मनासिव माफिकको कारण बिना लगातार तीनपटक भन्दा बढी संचालक समितिको बैठकमा अनुपस्थित भएमा, श्री ५ को सरकारको वा राष्ट्र बैंकको कर्मचारीको हैसियतमा संचालक भएको व्यक्ति सरकारी पद वा राष्ट्र बैंकको पदमा बहाल नरहेमा, भन्ने छ, ती उल्लिखित अवस्थाहरूमा संचालकको पदरिक्त भएको मानिने कुरा निर्विवाद रहेकोछ । संचालक श्री सुर्यकृष्ण श्रेष्ठको मृत्यु हुन गएबाट संचालकको पद रिक्त भएको थियो नेपाल बैंक पत्रिका २०४२ भदौ मसान्तको अंक ११ पूर्णाङ्क १७ को बैंक समाचार शिर्षक रहेको पाना नं.२० मा बधाई भन्ने उपशिर्षकमा ने.बैं.लि.को संचालकसमितिको रिक्तरहेको संचालक पद एकमा संचालकसमितिको निर्णयानुसार डा.दुर्गेशमान सिंह नियुक्त हुनुभएको भन्ने समेत उल्लेख गरिएको रहेछ कसरी संचालक समितिले नियुुक्ति गरेको रहेछ भनी बुझ्दा ०४२।५।२० को विपक्षी संचालकसमितिको निर्णयअनुसार नियुक्ति गरिनुभएको भन्ने बुझियो । निर्णयको नक्कल पाइन्छ कि भन्दा गोप्य हुन्छ दिनमिल्दैन भनियो । विपक्षी संचालकसमितिले त्यसरी संचालक नियुक्ति गर्नसक्ने कानुनीअधिकार भएगरेको