निर्णय नं. १२५७ - हातहतियार खरखजाना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२५७ - हातहतियार खरखजाना भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०४/१५ २६९० निर्णय नं. १२५७ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश स.श्री ईश्वरीराज मिश्र सम्वत् २०३५ सालको फौ.पु.नं. १०६ फैसला भएको मिति : २०३६।४।१५।३ मा पुनरावेदक : सिराहा जिल्ला राधापुर हाल डुम्री गा.पं.वार्ड नं. ५ बस्ने जयदेव गाहीवार विरूद्ध विपक्षी/वादी : श्री ५ को सरकार मुद्दा : हातहतियार खरखजाना (१) हातहतियार खरखजाना ऐन, २०१९ को दफा १२ मा व्यवस्था भए अनुसार खानतलासी गर्न स्थानीय अञ्चलाधिशज्यूबाट कारण सहितको पर्चा खडा गरी खानतलासी गर्दा घर खानतलासी भएको देखिएन । खानतलासीको कार्य प्रमुख जिल्ला अधिकारीबाट अञ्चलाधिशको अधिकार प्रत्यायोजन बिना गरेको देखिएकोले उक्त कार्य अनधिकृत देखिन्छ । (प्रकरण नं. १४) फैसला न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चका फैसला उपर प्रतिवादीको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परी पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको २०३५।६।६ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ : २. जगदेव गोहीवारले बिना इजाजत हातहतियार राखेको भन्ने विशेष सूत्रबाट खबर आएकोले निजको घर ०२९।७।१० मा खानतलासी गर्दा ए.एस.टी.आर.ए.भन्ने माथि र तल ३०४१ यू.सी.लेखिएको २ नाले बन्दूकको घोडा सहितको कुँजी र खानतलासी मुचुल्का टोटा समेत यसै साथ कारवाही हुन पेश गरेको छु भन्ने समेत प्र.जि. अ.सिरहा र स.ई.को ०२९।७।१३ को संयुक्त प्रतिवेदन । ३. जगदेवले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ३(२) को कसूर गरेको देखिन आएकोले मुलुकी ऐन दण्ड जरिवानाको १० नं. को सिद्धान्त अनुसार हातहतियार खरखजाना ऐन, २०१९ को दफा २० (२) बमोजिम र टोटा राखे तर्फ ऐ.ऐनको २० को उपदफा (३) बमोजिमको जरिवाना समेत खापी सजाय हुन अनुरोध छ भन्ने समेत ०२९।१०।६ को प्रहरी प्रतिवेदन । ४. मेरो घरको भान्साघरबाट बन्दूकको कुण्डा र टोटा बरामद भएको भन्ने सुनेको हुँ रामचन्द्र सिंह राजपूत र ह्दयसिंह राजपूतले कुन मिति समयमा हो कहाँबाट हो सो मेरो भान्साघरमा बरामद भएको बन्दूकको कुण्डा र टोटाहरू राखेको शंका लाग्छ मैले कुनै ठाउँबाट ल्याई राखेको खरीद बिक्री गरी लिएको होइन म बन्दूक बरामद भएको समय भारत सिमरीयामा घाट गङ्गा स्नान गर्न गएको हुँ भन्ने समेत जयदेव गोहीवारको ०३०।५।१७ को बयान । ५. ०२९।७।१० गते अं.१२ बजे प्र.जि. अ.र स.ई.तथा प्रहरीहरू समेत जयदेवको घर घेरा हाली प्र.जि. अ.ले मलाई बोलाई पठाएको गई भेटे जगदेवले २ नाले बन्दूक १, एक नाले बन्दूक १, पेस्तोल १ अरू खजाना पनि राखेको भन्ने सुराक छ खानतलासी गराई दिन पर्‍यो भनी मलाई र प्र.पं.लाई भन्नुभएबाट निजको घरमा हेर्दा भान्छाघरमा नूनको बोरा भित्र नम्बर बिगार्ने प्रयास गरिएको २ नाले टोटा बाल बन्दूकको कुण्डा र कोठाहरूबाट खाली टोटा तीन भरिएको टोटा १ फायर नभएको गोलीको टोटा १ छर्रा टोटा १ समेत बरामद भएको भन्ने समेत परशुराम गजुरेलको बयान । ६. २०२९।७।१० गते अं.१२ बजे जगदेवको घर प्रहरीले घेरा हाली मलाई बोलाउन पठाए गई भेटें जगदेवको घरमा बन्दूक पेस्तोल अरू खजाना पनि राखेको भन्ने सुराक छ खानतलासी गराई दिन पर्‍यो भनी मलाई समेत भनेबाट प्र.जि. अ.र प्रहरी स.ई.समेतको साथ भित्र पसी घरमा हेर्दा २ नाले टोटावाल बन्दूकको कुण्डा र खाली टोटा ३ भरिएको टोटा १, गोलीको टो