निर्णय नं. १२५८ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश पूर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२५८ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश पूर्जी जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०४/२८ २८१८ निर्णय नं. १२५८ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३६ सालको रिट नम्बर १४२४ आदेश भएको मिति : २०३६।४।२८।२ मा निवेदक : महोत्तरी थरूआही गाउँ पञ्चायत वार्ड नं. ३ बस्ने रामसुन्दर ठाकुर समेत विरूद्ध विपक्षी : जनमतसंग्रह गर्ननिमित्त गठित रा.चु.आ.को मुकाम हरिहरभवन, पुल्चोक विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश पूर्जी जारी गरिपाउँ (१) मतदाताको उमेर २१ वर्ष पुगेको हुनुपर्ने भन्ने कुरा जनमत संग्रहको लागि निर्धारित भएको छुट्टाछुट्टै तात्पर्यको लागि वालिग भनी प्रचलित कानूनमा तोकिएको व्यवस्थासँग बाझिने गरिरहेको भन्ने निवेदन जिकिर युक्तिसंगत नदेखिने । (प्रकरण नं. ८) आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा बदर गरी मिति २०३६।२।१० को शाही घोषणा र नेपाल कानून बमोजिम वालिग भन्नाले १६ वर्ष पुगेका नेपाली नागरिक भनी नियमावलीको नियम ६(ख) लाई संशोधन गर्नु भनी आयोगका नाउँमा परमादेशको आदेश समेत जारी गरी हाम्रो आधारित हकको संरक्षण तथा प्रचलन गरिपाउँ भनी रिट निवेदन मिति २०३६।३।२८।५ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : हामी नेपालीको वंशजको नाताले नेपाली नागरिक हौं हामी मध्येको रामसुन्दरको जन्म सम्वत् २०१७ साल आषाढ १६ गतेका दिन तथा श्री कृष्णको जन्म मिति २०१५।७।४ गतेका दिन भएकोले हाम्रो उमेर १६ वर्ष नाघिसकेको हुँदा प्रचलित मुलुकी ऐनको अदालती बन्दोबस्तको ११ नं. को दफा २ ऐ.को २४ नं. ऐ.को ४० नं. ऐ.को ६८ नं. दण्डसजायको १ नं. लेनदेन व्यवहारको १८ नं. गरीब कङ्गालको १, ३, ४ नं. जामानी गर्नेको ८ नं. चोरीको १६, २६ नं. जीउ मास्नेबेच्नेको २ नं. जवर्जस्ती करणीको १ नं. नेपाल नागरिकता ऐन, २०२० को दफा ९ को उपदफा २ समेतले फौज्दारी तथा देवानी हक दायित्वको निमित्त नेपाल कानून बमोजिम वालिग भइसकेका छौं । देशमा हाल लागू भइरहेको पञ्चायती व्यवस्थालाई नै कायम राख्ने वा बहुदलीय व्यवस्था लागू गर्ने सो सन्दर्भमा वालिग मताधिकारको आधारमा राष्ट्रिय जनमत संग्रह गर्न निमित्त श्री ५ महाराजाधिराज सरकारबाट २०३६ साल जेष्ठ १० गतेका दिन शोही घोषणा गरिबक्सियो । मिति २०३६।२।१० को शाही घोषणा अनुरूप वालिग मताधिकारको आधारमा मिति २०३६।२।१६ का दिन भूतपूर्व प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंहको अध्यक्षतामा राष्ट्रिय जनमत संग्रह गर्नको निमित्त १५ (पन्ध्र) सदस्यीय राष्ट्रिय चुनाव आयोगको गठन गरिबक्स्यो । सोही गठन घोषणामा नै राष्ट्रिय जनमत संग्रहलाई चाहिने नियमावली बनाउन निमित्त हुकुम समेत बक्सिएको थियो । राष्ट्रिय चुनाव आयोगले जनमत संग्रहको निमित्त मतदाताहरूको नाम संग्रह गर्ने हेतुले नियमावली बनाई जनसाधारणको जानकारीको लागि भाग ३ खण्ड २९ अतिरिक्ताङ्क २२ मिति २०३६।३।१५ को नेपाल राजपत्रमा प्रकाशित गरेको छ । ३. श्री ५ महाराजाधिराज सरकारबाट राष्ट्रिय जनमत संग्रहको लागि मिति २०३६।२।१० का दिनमा समेत वालिग मताधिकारको आधारमा राष्ट्रिय जनमत संग्रह गर्ने भनी नेपाल कानून अनुसार वालिग भइसकेको सम्पूर्ण नेपालीलाई जनमत संग्रहमा भाग लिने गरी हक अधिकार प्रदान गरिएको छ । ४. तर नियमावलीको निमिय ६(ख) मा २१ वर्ष उमेर पुगेका व्यक्ति मात्र राष्ट्रिय जनमत संग्रहमा भाग लिन पाउन