निर्णय नं. २५८१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २५८१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/११/०८ २१४८ निर्णय नं. २५८१ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०४२ सालको रिट नम्बर १३४५ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :का.न.पं.वार्ड नं.१२ बस्ने चन्द्र बहादुर लामा । विरुद्ध विपक्षी :जिल्ला कार्यालय, चारखाल, काठमाडौं । आदेश भएको मिति:२०४२।११।८।४ मा आफूलाई अधिकारक्षेत्र नै नभएको विषयमा प्रत्यर्थी रिट निवेदकलाई विवादीत घरबाट उठाई पाउँ भनी दिएको उजूरी लिई रिट निवेदकलाई झिकाई कारवाही गरी आफ्नो अधिकारक्षेत्र नाघी रिट निवेदकबाट प्रत्यर्थी जिल्ला कार्यालयले गराएको निवेदन जिकिर बमोजिमको कागज तथा तत्सम्बन्धी काम कारवाही अनधिकृत गैरकानुनी भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १२) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री शुसिल कुमार पन्त विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी र विद्वान अधिवक्ता श्री उपेन्द्र केशरी न्यौपाने उल्लेखित मुद्दाःX आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः नेपालको संविधानको धारा २०१९ को धारा १६।७१ अन्तर्गत जिल्ला कार्यालय काठमाडौंले मिति ०४२।३।२५ मा गराएको कागज उत्प्रेषण आदेशद्वारा बदर गरिपाउँ भनी पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यसप्रकार छ । २. चिनिया प्रधानाङ्गले आफैं जोतेको जग्गा मलाई जोताहा दिएको साविकको नगर पंचायतवार्ड नं.२(क) कि.नं.१७ क्षेत्रफलको रो.०–१२–२ जग्गामा मेरो नाउँमा जोताहा लेखी पाउँ भनी गुठीको तिरो बुझ्ने नरेन्द्रविक्रम शाहले तिरो बुझेको रसिद समेत साथै राखी गुठी लगत तथा तहबिल कार्यालयमा निवेदन दिएको थिएँ । त्यसैमा चिनिया प्रधानाङ्ग मरेकोले निज बहिनी हुँदा भनी मैले घरबास बनाई जग्गा जोती गुठीयारलाई तिरो तिरी आएको मेरो बसोबासको घरबाट उठाई पाउँ भन्ने अन्यायी मध्येको जिल्ला कार्यालयमा चन्द्रमानले निवेदन दिएको रहेछ । सो निवेदनको आधारमा मलाई पुलिस पठाई पक्राउ गरी ल्याई जिल्ला कार्यालयबाट ०४२।३।२५ गतेका दिनमा मेरो बासस्थान जोताहाको हक भएको मैले बनाएको घरबाट ०४२।५।१५ गते भित्र उठी जान्छु भन्ने व्यहोरा लेखी कागज गराई सो कागजमा सहिछाप नगरेसम्म कार्यालयमै राखी बयान गराई छाडेको छ । ३. यसरी मेरो जोताहा हक भएको जग्गामा मैले बनाएको पक्की घरबाट छाड्ने छु भनी कागज गराउने कुनै कानुनले विपक्षी जिल्ला कार्यालयलाई अधिकार दिएको छैन । आफ्नो अधिकार बाहिर गई गराएको कागज अनधिकृत काम भएको र त्यस्तो कागजबाट मेरो मौलिक हकमा आघात पुग्न गएकोले निवेदन गर्न आएको छु । अतः विपक्षी जिल्ला कार्यालयबाट मलाई मैले बनाएको पक्की घरबाट मिति ०४२।३।२५ सम्ममा छाड्ने छु भनी मिति ०४२।३।२५ मा गराएको उक्त गैरकानुनी अनधिकृत कागज उत्प्रेषणको आदेशद्वारा बदर गरी मेरो जग्गामा भोग गर्न बस्न पाउने गरी हक प्रचलन गराई पाउँ भन्ने समेत चन्द्रबहादुर लामाको मिति ०४२।४।६ को रिट निवेदन जिकिर । ४. विपक्षीहरूबाट लिखिन जवाफ मगाई पेशगर्नु भन्ने यसअदालत सिंगल बेञ्जको मिति ०४२।४।१७ को आदेश । ५. का.न.पं.वार्ड नं.१२ अन्तर्गत पर्ने साविक वडा नं.२ को कि.नं.१७ क्षेत्रफल ०–१२–२ को जग्गामा बनेको मेरो पति चन्द्रमान चित्रकार नाउँमा दर्ता भएको आफ्नो हक भोगको घरमा चन्द्रबहादुर लामाले जबरजस्ती बसी आएको र बस्न जाँदा चन्द्रबहादुरले अशान्ति गर्दै आइरहेकोले शान्ति सुरक्ष