निर्णय नं. २५८२ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २५८२ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४२/१२/१४ २२७९ निर्णय नं. २५८२ ने.का.प. २०४२ अङ्क १२ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रिट नम्बर १४०५ विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ । निवेदक :कृषि औजार कारखानाका कर्मचारी राम सेवक प्रसाद चौधरी । विरुद्ध विपक्षी :कृषि मन्त्रालयका का.मु.सचिव श्री पृथुनरसिंह राणा । आदेश भएको मिति:२०४२।१२।१४।५ मा अधिकार विहिन प्रत्यर्थी महाप्रबन्धकद्वारा उठाइएको विभागीय कारवाही र लगाइएको आरोप र प्रस्तावित सजायँको सम्बन्धमा स्पष्टीकरण लिइएको आधारमा रिट निवेदकलाई घटुवा गर्ने गरेको प्रत्यर्थीको निर्णय तथा सो सदर गर्ने गरेको श्री ५ को सरकार कृषि मन्त्रालयको निर्णय समेत कृषि औजार कारखाना लि.वीरगञ्जको नियम, ०२६ को परिच्छेद २ दफा २(घ) तथा संस्थामा नियुक्ति, बढुवा र विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्तको परिच्छेद ११ को दफा २(क) समेतको विपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण नं. २०) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ताश्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री सुनिल अधिकारी विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री प्रमोद विजयी र वि.अधिवक्ता श्री दमन ढुङ्गाना उल्लेखित मुद्दाःX आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएका प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ : २. म निवेदक, कृषि औजार कारखाना लि.ले विज्ञापन गरेको खुल्ला प्रतियोगिताबाट वित्तिय महाशाखा प्रमुखमा छनोट भई मिति ०३५।१२।२२ मा नियुक्ति पाई सेवा गर्दै आएको छु । यस बीच ०३९ सालमा कारखानाले म निवेदकलाई निमित्त प्रबन्धक प्रशासन विभागमा सरुवा गरेको थियो एवं सो पदबाट मिति ०४०।११।८ मा मार्केटिंग विभागीयप्रमुख अधिकृत तह ८ मा सरुवा गरेको छ । मिति ०४०।११।८ देखिनै मिति ०४१।२।२३ सम्म म निवेदक स्वीकृत बिरामी बिदामा बसेका अवस्थामा मिति ०४०।११।८ मिति ०४१।१।३ एवं मिति ०४१।१।१९ समेतमा माग गरेको स्पष्टीकरण एवं सफाई सम्बन्धमा म निवेदकले निर्दिष्ट समय समयमै मिति ०४०।११।९ मिति ०४१।१।७ एवं मिति ०४१।१।२८ समेतमा म उपर लगाइएको आरोप एवं प्रस्तावित सजायँमा इन्कार रहँदै समुचित खण्डन गर्दै स्पष्टीकरण एवं सफाई पेश गरेकोमा पनि म निवेदकलाई मिति ०४१।२।२६ मा बसेको कारखाना सञ्चालक समितिको निर्णयले प्रबन्धक प्रशासन विभाग अधिकृत स्तर तह ९ बाट प्रशासनतर्फको अधिकृत स्तर तह ८ मा घटुवा गरी मिति ०४१।२।२९ का दिन म निवेदकलाई जानकारी गराइएको छ जबकी म निवेदकलाई कारखानाले ०४१।२।२८ मा प्रेषित गरेको निवेदकलाई प्रबन्धक प्रशासन विभाग अधिकृत स्तर तह ९ मा बढुवागरेको पत्रसमेत एकै मिति ०४१।२।२९ गतेको दिन बुझाइएको छ । म निवेदकलाई कारखाना सञ्चालक समितिले गरेको उक्त घटुवाको सम्बन्धमा म निवेदकले कृषि मन्त्रालयका सचिवज्यू समक्ष चढाएको पुनरावेदन समेतमा पनि शुरुको निर्णय मिति ०४१।५।५ मा सदर गरिएको छ । कृषि औजार कारखाना लि.नियम, २०२६ को परिच्छेद १ दफा २ उपदफा (ञ) मा अख्तियारवाला भन्नाले नियुक्ति गर्ने अधिकारीलाई जनाउँछ भन्ने उल्लेख छ ऐ. नियमावलीको परिच्छेद २ दफा २(ग) मा सञ्चालक समितिको पनि पूर्वस्वीकृति लिनु पर्ने छ भन्ने उल्लेख भएको एवं संस्थामा नियुक्ति, बढुवा र विभागीय कारवाई सम्बन्धी सामान्य सिद्धान्त ०३९ को पर