निर्णय नं. १२६० - जग्गा दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२६० - जग्गा दर्ता भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०५/०५ १९०३ निर्णय नं. १२६० ने.का.प. २०३६ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश स.श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३६ सालको दे.फु नं. ४४ फैसला भएको मिति : २०३६।५।५।३ मा पुनरावेदक : जि. बर्दिया पनाउँ गा.पं.वार्ड नं. २ बस्ने सेखरनाथ आचार्य समेत विरूद्ध विपक्षी : ऐ. पाताभार गा.पं.वार्ड नं. २ बस्ने चक्रबहादुर सिंह मुद्दा : जग्गा दर्ता (१) दावी पृथकपृथक भएबाट छुट्टाछुट्टै कुरालाई लिएर परेको एउटा मुद्दा हदम्यादभित्र परेको छ भनी अर्को मुद्दालाई पनि सोही हदम्यादभित्र परेको भनी कायम गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १८) फैसला न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा डिभिजन बेञ्चमा पेश हुँदा माननीय न्यायाधीशहरूको राय नमिली यस बेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यस प्रकार छ : जि. बर्दिया पटुवा मौजे गोलागोढीको तत्कालिन नं. २८४–२८५ मध्ये पर्तिजग्गा २६४ दृष्टिवोर्डबाट २०१३ सालका बाली देखि पोत तिर्ने गरी शेखरनाथ तर्फका मानिसलाई जुन जग्गा प्राप्त भएको हो सोही जग्गा उपर शंकरप्रसाद तर्फबाट विरोध गरी चलेको मुद्दा अन्तिम निर्णय भएपछि उक्त जग्गा मध्येबाट सयकडा २० बिगाहाका दरले आवादी पर्ति मिलाई तपाईंंको नाउँमा नम्बरी गरी दिनेछु भनी शेखरनाथले ०१७।२।११ मा शर्तनामा लिखत गरी दिएकोलाई अँगाल्दै रूपलाल, खुशीराम, झिल्लुप्रसाद र उपेन्द्रराज शेखरनाथले पुनः २०२२।७।१३ मा अर्को शर्तनामा लिखत लेखी दिएबाट कैयौं वर्ष मुद्दा चली आउँदा जाँदा खर्च र अवाद गर्दा तिरो समेत गरी रू.२३४७२। मबाट खर्च पनि गएको थियो, सो फाँटवारी खातामा शेखरनाथले सही गरी प्रमाणित गरेको त्यस किसिमबाट मुद्दामा सफलता र आवाद गुलजार भएको जग्गा बिगाहा २६४ को चलन पूर्जि पाएको हो तापनि पछि दृष्टिवोर्डको निर्णयबाट जग्गा बिगाहा १६५ मात्र कायम रहेकोले सो १६४ को सयकडा २० ले हुने बिगाहा ३३–१० विपक्षीहरूले मेरो नाम नम्बरी गरी दिन पर्ने नगरेकोले खर्चको दावी लिई चलाएको मुद्दाबाट बुझिएका व्यक्ति पनि प्र.हुन आई तह तह ईन्साफ हुँदै जाँदा शर्तनामा अनुसार वादीले दामासाहीले जग्गा सम्म पाउँने व्यवस्था भएको सर्तनामाले निर्धारित गरेको हक र दायित्व कायम हुने र प्रस्तुत मुद्दामा शर्तनामा अनुसार वादीले जग्गा पाउन नसक्ने वा सर्तनामाका शर्त कानूनले कार्यान्वित गर्न नमिल्ने स्थिति नभएकोले खर्च भराई पाउँ भन्ने दावी लाग्न सक्तैन भनी श्री सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३२।५।२९ मा फैसला हुन गएबाट जुन समयमा जग्गा तर्फ दावी लिन पाउने श्री स.अ.बाट फैसला भएको छ, सो समय भन्दा अगाडि जग्गा तर्फ अ.बं.८५ नं. ले दोहरो मुद्दा चल्न नसक्ने हुँदा श्री स.अ.को फैसला ०३२।५।२९ बाट करार सम्बन्धी ऐन, २०१३ को दफा १८ को उपदफा २(ग) र अ.बं.८६ नं. अनुसार जग्गा पाउने भन्ने सर्वोच्च अदालतबाट ०३२।५।२८ मा फैसला भएकोले तदनुसार जग्गा दिन प्र.हरूले इन्कार गरेकोले सो फैसला मितिले नालेस दिनुपर्ने कारण परी फिराद गरेको छु । शर्तनामा अन्य लिखत निष्कृय नभएसम्म अन्य उपायबाट बदर नगरेसम्म शर्तनामाको मान्यता रही रहने भनी श्री सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादित गरेको छ । नेपाल कानून पत्रिका भाग ८ अंक ८ पृष्ठ २०० तत् अनुसार विपक्षले मलाई गरेको शर्तनामा बदर गराउन सक्नु भएको छैन । विपक्षीहरूले जग्गा उपभोग गरी खाएको आफ्ना नाउँमा दर्ता गरेकोले जसले जति ज