निर्णय नं. १२६१ - परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२६१ - परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०५/१८ १९६४ निर्णय नं. १२६१ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३५ सालको रिट नम्बर ९१६ आदेश भएको मिति : २०३६।५।१८।२ मा निवेदक : का.जि. का.न.पं. वडा नं. ३२ बस्ने वर्ष ४६ को गुहेश्वरीप्रसाद लोहनी विरूद्ध विपक्षी : विराटनगर जूटमिल्स लि.को सञ्चालक स.का अध्यक्ष श्री जुद्धबहादुर श्रेष्ठ विषय : परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) कम्पनी ऐनको दफा ५०(१)(क) र नियमावलीको नियम ५९ मा शेयरहोल्डरले प्रतिनिधि मुकरर गर्न पाउने व्यवस्था भएको तर प्रतिनिधि मुकरर गर्ने फाराम साधारण सभा हुने २४ घण्टा अगाबै कम्पनीको अफिसमा पेश गर्नुपर्ने र प्रतिनिधि बदर गरेको खबर कम्पनीको अफिसमा लेखिआएको हुनुपर्ने देखिने । (प्रकरण नं. २२) आदेश न्या. हेरम्बराज : विराटनगर जूट मिल्स लिमिटेडको ३६ औं साधारण सभामा रिक्त सञ्चालक पद चारको निर्वाचन कानूनी त्रुटिपूर्ण भनी बदर गरियोस् भन्ने तर्फ उद्योग विभागले बदर गर्न नमिल्ने भनी ०३५।७।५ मा दिएको पत्र समेतको विरूद्ध नेपालको संविधानको धारा १६/७१ अन्तर्गत बदर गराई माग्न प्रस्तुत रिट निवेदन पर्न आएको रहेछ । २. मुद्दाको तथ्य र निवेदन जिकिर यस प्रकार छ : विराटनगर जूट मिल्स लिमिटेडको ३६ औं साधारण सभा मिति ०३५ साल आषाढ २८ गते हुने भएको र सो सभामा रिक्त सञ्चालक पदचारको पनि निर्वाचन हुने कार्यक्रम रहेको । निवेदक पनि उक्तपदमा उम्मेद्वारभएको । ३. सभामा उपस्थित हुन नसक्नेहरूले ऐनको दफा ५०(क) र नियमावलीको नियम ५९ ले प्रोक्सीको फाराम भरी प्रतिनिधि पठाउन पाउने र त्यस्ता प्रतिनिधिले मत दिन पाउने नियमावलीको नियम ५७ ले व्यवस्था गरे अनुरूप निवेदक पनि प्रोक्सीद्वारा शेयरहोल्डरको प्रतिनिधि नियुक्त भएको । ४. निवेदकको उम्मेद्वारी तत्कालको सञ्चालक समितिले रीतपूर्वकको ठहर्याई मतदान समेत भएको । यसै अनुरूप निर्वाचन भई नतीजा प्रकाशित गर्दा निवेदकले पाएको केही मतहरू मान्यता नदिई अध्यक्ष र पोलिङ अधिकृतले विपक्षीहरू ४,५,६ र ७ लाई निर्वाचित भएको घोषणा भएको । ५. निवेदकले पाएका मतहरू मध्ये श्री उमाचरणनन्द हजुर श्री साम्राज्यशमशेर, श्री नानीसाम्राज्य राणा श्री नारायणशमशेर, अरूणशमशेर मुकुन्दशमशेर समेतको प्रोक्सी काटर दिइएको मत बदर गराएको उपरोक्त शेयरहोल्डरहरूले निवेदकलाई प्रोक्सी फाराम भरी प्रतिनिधित्व गरे यस्तो कानून सदर मतलाई गन्ती गरेको भए निवेदक बहुमत पाई निर्वाचित हुन सक्ने अवस्था भएको । ६. उपर्युक्त शेयरहोल्डरहरूले निवेदकलाई प्रतिनिधि नियुक्ति गर्दा ऐन नियम अनुरूप प्रोक्सी फाराममा निवेदकलाई प्रतिनिधि बनाउन अघि कसैलाई पनि दिएको प्रतिनिधि पत्र यसैद्वारा बदर गरिएको छ भनी लेखिएको छ । जुन शेयरहोल्डरलाई अधिकार छ । यस्तोमा एकैसाथ दुईजनालाई प्रतिनिधि बनाएको अवस्थामा लागू हुने नियम लगाई निवेदकले पाएको मतलाई बदर गरेको त्रुटिपूर्ण भएको । ७. पोलिङ अधिकृत समेतले माथि उल्लिखित ऐनको दफा ५०(१)(क) र नियमावलीको नियम ५९ को विपरीत निवेदकले पाएको मत बदर गरेकोले ऐनको दफा ५२(३) ६५ एवं नियमावलीले समेत दिएको निर्वाचित हुने अधिकारमा आघात पारेकोले संविधानको धारा ७१ अन्तर्गत निवेदन गर्न आएको छु भन्ने समेतको निवेदन जिकिर । ८. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने स