निर्णय नं. १२६४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२६४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०५/०८ २०६० निर्णय नं. १२६४ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३४ सालको रि.नम्बर १२५७ आदेश भएको मिति : २०३६।५।८।६ मा निवेदक : जि. बारा भगवानपुर पटेखा वा.नं. २ भगवानपुर बस्ने शिवजी राउत कर्मी विरूद्ध विपक्षी : निर्वाचन विशेष अदालत मुकाम बारा जिल्ला अदालत, कलैया समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) उजूरी दावीमा–पाएको मतमध्ये ३ मत बदर गरिपाउँ भनी दावी नभएको कुरा–केवल १ मतको कुरालाई लिई त्यसबाट निर्वाचनको परिणाम फरक पर्यो र त्यो बदर होस् भनी दावी लिएकोमा उजूरी भन्दा बढी निर्वाचन विशेष अदालतले निर्णय गरेको पाइन्छ । त्यसका अतिरिक्त पाएको ३ मत बदर गर्दा यो ऐनको त्रुटि भयो र यस कारणले बदर हुन्छ भनी उल्लेख नगरेकोले समेत अधिकारको अतिक्रमण भई दावी भन्दा बाहिर गई त्रुटिपूर्ण निर्णय गरेको देखिँदा निर्वाचन विशेष अदालत बारा जिल्ला अदालतको–निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर ठहर्ने। (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि गरी विपक्षी निर्वाचन विशेष अदालत मुकाम बारा जिल्ला अदालत, कलैयाको २०३६।१।२।१ को निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति २०३६।१।२८।६ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : भगवानपुर पटेखा गा.पं.को प्रधानपञ्चको उम्मेद्वारमा म बनारसी साह कानू र शिवजी राउत कुर्मी उम्मेद्वार भएको निर्वाचनमा बनारसीलाई सूर्य र शिवजीलाई गाई चुनाव चिन्ह प्राप्त भएको जम्मा मतदाताको संख्या ४५ थिए र मैले तेइस मत प्राप्त गरेको र विपक्षीले २२ मत प्राप्त गरेको मेरो कुनै बदर हुनुपर्ने अवस्था नभएकोमा १ मत बदर गरी पुनः मतगन्ती हवस भन्दा स्वीकार नगरी नमान्नु र टुक्रा कागजमा के लेखी गोला बनाई विपक्षीलाई गोला उठाउन दिए सो गोला मेरो निर्वाचित भएको भन्ने घोषणा गरे, निर्वाचन सम्बन्धि कागजातमा पहिले नै सही गरेको थिए । यसरी पक्षपात पूर्ण कार्यगरी म बहुमत पाएको र सदर हुनुपर्ने मत बदर गरी गोलाबाट निर्वाचित गराइएको शिवजी राउत कुर्मीको परिणाम बदर गरी दुवैले पाएको मत पुनः गन्ती गरी मेरो सम्पूर्ण मत सदर गरी बहुमत सदर गरी प्राप्त गर्ने भन्ने निर्वाचित भएको घोषणा गरिपाउँ भन्ने फिरादपत्र । उम्मेद्वारहरूले प्राप्त गरेको मत मध्ये बदर हुने मत बदर गर्दा उम्मेद्वारले विरोधपत्र दर्ता गराउन खोज्दा नगरी दिएको र मतदान अधिकृतले पक्षपात गैरकानूनी तरीकाले बदर नहुने मतलाई बदर गर्नुभयो भन्ने वादी दावी बमोजिम पक्षपात तथा गैरकानूनी तरीकाबाट निर्वाचन नभई कानूनको रीतपूर्वकको भएको हुँदा पुनः मतगन्ती हुन वा निर्वाचन बदर हुनुपर्ने होइन भन्ने समेत व्यहोराको शिवजी राउत कुर्मीको प्रतिउत्तर । निर्वाचन अपराध तथा सजाय ऐन, २०२४ को उपदफा १९ ले यो उजूरीमा कारवाही नहुने हुँदा खारेज गरिपाउँ भन्ने मतदान अधिकृत जिल्ला कार्यालय बाराको ख.होमनाथ ज्ञवालीको प्रतिवेदन । स्वस्तिक छाप कुन किसिमले लागेको सदर मान्ने कुरा स्थानीय निर्वाचन कार्यविधि ऐनको दफा २२ मा उल्लेख गरेको पाइन्छ । यसमा सम्बन्धित पञ्च