निर्णय नं. १२६६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२६६ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०५/११ १८६३ निर्णय नं. १२६६ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३५ सालको रिट नम्बर ११०९ आदेश भएको मिति : २०३६।५।११।२ मा निवेदक : ध.जि. हसपुर कापुल्ला गा.पं. वडा नं. ७ बस्ने रामचरित्र साहू व्यहुत सुडी विरूद्ध विपक्षी : भू.सु.का.धनुषाका का.मु.भू.सुधार अधिकारीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जग्गा बाली मेरो भोगाधिकारमा छ भन्ने समेत बयान भएकोमा वादी पक्षले १ नं. लगत भरी ४ नं. जो.अ.नि. लिएको (संपादकको टिप्पणीं–प्रकरण नं. १३ मा “नलिएको” भन्ने उल्लेख भएको छ, “लिएको” भन्दा “नलिएको” भन्ने नै मिल्दो देखिन्छ) भनी स्वयम् बयान गरेको र सम्बन्धित जग्गाधनी सित कबुलियत र भरपाई नभई पञ्चायतले दिएको भरपाईको आधारमा मोही कायम गर्न नमिल्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अ.श्री दमन ढुङ्गाना तथा विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी तर्फबाट : विद्वान का.मु.सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य आज्ञा, आदेश पूर्जी जारी गरी विपक्षी भूमिसुधार अधिकारीको २०३५।६।११ को निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति २०३५।११।१६।४ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : चानचुन ३४३ तीनसय त्रियालीस बिगाहा जग्गा भएको प्रत्यर्थी धर्म संस्था उपर भूमिसम्बन्धी ऐन, २०२१ लागू भएपछि हदबन्दी सम्बन्धी कारवाही प्रत्यर्थी भूमिसुधार कार्यालय समक्ष चलिरहेको यावतले गर्दा कबुलियत हुन नसकेको बाबजूद प्रत्यर्थी धर्म संस्थाको नाउँमा दर्ता रहेको धनुषा जिल्ला हंसपुर कठपुला गा.पं. वडा नं. ६ कि.नं. ७५ को १–१९–११ जग्गा पूर्ववत रूपमा मोही भई जोततोड आवाद गर्दै आएको जग्गा समेतका जग्गाहरूको बाली भूमिप्रशासन कार्यालय धनुषाको मिति ०३०।१२।६ को पत्रानुसार गाउँ पञ्चायतको जिम्मा रोक्का हुन आएपछि २०३० साल देखि हाल सम्म जग्गा भएको हंसपुर कठपुला गाउँ पञ्चायतमा जग्गाधनी फाँट बाली बुझाउँदै आएको छ र गाउँ पञ्चायतका प्रधानपञ्चले बाली बुझी भरपाई दिँदै आउनु भएको उक्त जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भनी निवेदन प्रत्यर्थी कार्यालय समक्ष गरेको थिएँ प्रत्यर्थी फलडेथ साहुले प्रत्यर्थी धर्म संस्था उपर तत्काल चलिरहेको हदबन्दी सम्बन्धी मुद्दामा बयान गर्दा ४० चालिस बिगाहा जग्गा मात्र संस्थाको तर्फबाट आवाद हुन्छ अरू बाँकी जग्गा मोही छ भनी प्रत्यर्थी कार्यालय समक्ष बयान गरेको र भू.प्र.बाट मिति ०३०।१२।६ मा रोक्का रहेको तथ्यको विपरीत प्रस्तुत मुद्दामा प्रत्यर्थी कार्यालय समक्ष बयान गर्दा मैले आफैं जोती कमाई भोगी आएको छु, मोहियानी जोत्न दिएको छैन, जोतेको भए कबुलियत हुनुपर्ने र कबुलियतको अभावमा मोही भन्न नहुने भनि यावत कुरामा बयान दिनुभएको थियो । कानूनी व्यक्तित्व भएको प्रत्यर्थी धर्म संस्थाले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(६) अन्तर्गत किसानको परिभाषा भित्र आउन नसक्ने र सञ्चालकको रूपमा हदबन्दीको मुद्दामा प्रत्यर्थी फुलगेनले गर्नुभएको बयानबाट पनि धर्म संस्थाको जग्गा मोही लागेको र म निवेदक बाहेकमा अन्य व्यक्ति मोही रहेको भनी प्रस्तुत मुद्दामा दिनुभएको बयानमा उल्लेख गर्न नसक्नुको साथै निवेदक नै मोही रहेको कुरा ०३० साल देखि प्रत्यर्थी धर्म संस्थाको जग्गाको बा