निर्णय नं. १२६७ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२६७ - लिखत बदर भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०३/०४ १९४६ निर्णय नं. १२६७ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको दे.पु.नं. १२४ आदेश भएको मिति : २०३६।३।४।२ मा पुनरावेदक : नु.जि. राप्ती गा.पं. वडा नं. ५ समुद्रटार भई हाल ऐ.वडा नं. २ नौबिसे बस्ने वर्ष ३४ को पदमप्रसाद उपाध्याय आचार्य विरूद्ध विपक्षी : नु.जि. तामे गा.पं. वडा नं. ५ बाह्रबिसेको हाल रामती गा.पं. वडा नं. ६ बाह्रबिसे बस्ने अन्दाजी वर्ष ५२ को चुडाबहादुर पाण्डे क्षेत्री मुद्दा : लिखत बदर (१) केवल थैलीमा सम्म हकदैया पुग्न आए नालिस गर्न पाउने हक भएकाले अचल सम्पत्तिको हक प्राप्त गरेको लिखतबदर गरिपाउँ भनी दावी गर्न अ.बं. ८२ नं. ले हकदैया नपुग्ने। (प्रकरण नं. १०) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल फैसला न्या. त्रैलोक्यराज अर्याल : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नुबझी न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३(५)(ख) अन्तर्गत पुनरावेदनको अनुमति पाउँ भनी निवेदन गरी अनुमति पाई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यसप्रकार छ : पूर्व चोभे खोलसी पश्चिम पिडगलबहादुरको बारीको खेत बनाएको गरो र मेरो खेत भीमबहादुरको रैकर खेत उत्तर जोगी लट्ने भिरको मूल बाटो भई घर घडेरीको गरोको गरी माथिको रैकर बारी दक्षिण जति खोली यति ४ किल्लाभित्रको ल.नं. ८ को सागुरमले १६–१९–६–७ मध्ये खेत ।८।९–७।४ को खला १ र ल.नं. ३८ को सोती बगर खेत ।४। मध्ये खेती ।२ को खला १ र ०९ सालको नम्बरी नौबिसे खोला ।४१ मध्ये खेत ।११।११।२।५ को खला १ समेतको खेत कित्ता ३ र साल १ को भूमिकर रू.।९४ लागेको घरबारी रोपनी १ को कित्ता १ र सोही बारीमा बनेको १८।१३ को २ तले कची पराले छाना भएको घर १ समेतको जग्गा विपक्ष मध्ये फूलकुमारीसँग ०३०।१०।१३ गते रू.२३,०००। मा घरसारमा राजीनामा गराई लिई भोगचलन गरी आएको जग्गामा विपक्षहरू मिली मलाई राजीनामा गरी दिइसकेपछि गैरकानूनी तरिकाबाट दोहरा पारी विपक्ष मध्ये फूलकुमारी ऋणी पदमप्रसाद धनी बनी ०३१।२।२ मा रू.३७,००० मा राजीनामा खडा गरी मकवानपुर मालमा पारित गराई लिएछन् सो कुरा मैले पारित गराई पाउँ भनी दिएको मुद्दाको फूलकुमारीको प्रतिउत्तर लेखबाट थाहा भएबाट मलाई गरिदिएका राजीनामा बमोजिमको जग्गा विपक्ष पदम प्रसादलाई पुनः राजीनामा पारित समेत गरी दिएका ०३१।२।२ को राजीनामा लिखत बदर सजाय समेत गरिपाउँ भन्ने फिराद । ३. वादी दावाको जग्गा फूलकुमारीसँग रू.३७,०००। मा ०३१।२।२ मा पास गराई लिएको छु वादी दावाको राजीनामा लिखत पारित नभएको हुँदा कानूनले मान्यता दिन मिल्दैन । त्यस्तो लिखतलाई मूल आधार मानी दायर गरेको वादी दावा अ.बं.८२ नं. र १८ नम्बरले समेत खारेज हुने मैले राजीनामा गराई लिएको जग्गामा विपक्षीले खिचोला गरेमा मेरो नालिस परी मुद्दा चलेकै छ वादी दावा बमोजिम दोहरा पारित गराई लिएको होइन भन्ने समेत पदमप्रसादको प्रतिउत्तर । ४. वादी दावी बमोजिम सत्य कुरामा गाउँ पञ्चायतको हैसियतले सिफारिशसम्म गरी दिएको अरू कुनै कुरा गरेको छैन वा दिएको लिखित पारित नभएको हुँदा वादी दावी झुठ्ठा हो भन्ने समेत केदारनाथको प्रतिउत्तर । ५. वादी दावाको जग्गा वादीलाई रू.२३,०००। मा घरसारमा गरी दिएको रू.६,५००। दिए र बाँकी रू.१६,५००। को भरपाई गरी दिएकोमा पछि