निर्णय नं. १२६८ - घरबाट उठाई चलान चलाई पाउँ भन्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२६८ - घरबाट उठाई चलान चलाई पाउँ भन्ने भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०५/२४ १९७६ निर्णय नं. १२६८ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र सम्वत् २०३५ सालको दे.पु.नं. ९७ फैसला भएको मिति : २०३६।५।२४।५ मा पुनरावेदक : का.जि. कोहीटी बस्ने चन्द्रमान शाक्य विरूद्ध विपक्षी : ऐ.ऐ. बस्ने मानकाजी शाक्य मुद्दा : घरबाट उठाई चलान चलाई पाउँ भन्ने (१) घर बनाउनेको ९ नं. अन्तर्गत परेको मुद्दामा दानबकसको ५ नं. को हदम्याद कायम गरेको मिलेको नदेखिने । (प्रकरण नं. १२) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद सुब्बा विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शंकर घिमिरे फैसला न्या. हेरम्बराज : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३४।१।१५।४ मा भएको फैसलामा गम्भीर कानूनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भनी चन्द्रमान शाक्यले चढाएको निवेदनपत्रमा पुनरावेदनको अनुमति पाई यस बेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यस प्रकार छ : अन्याय मध्येको मानकाजी र मेरो ठूलीआमा आधी आधी अंश खाने देवर भाउजू हुन् । ०२१।६।१०।६ मा काठमाडौं नगरपालिकाबाट भएको बण्डा मुचुल्का अनुसार पूर्व जनतकुमारीको घर पश्चिम धनमायाको घर उत्तर सडक दक्षिण कृष्णलालको घर यति ४ किल्लाभित्रको पूर्व पश्चिम उत्तर मोहडा २ नाले....तले पक्की झिंगटी छानाको घर लम्बा १ र सोही घरको दक्षिणमा फिट १०।५ चौडाई फिट १६।१० को घर कित्ता १ र सोही घरको दक्षिणमा जोडिएको उत्तर लङको ।।–।। नाले नाल २ को ४ तले पक्की झिंगटी लम्बाई फिट ९ मध्ये पश्चिमको लम्बा फिट ९ चौडाई फिट ५।२।४ को घर १ समेत घर कान्छीमायाको भागमा बण्डा परेको बण्डाबाट हक हुन आएको घर र उहाँको हक भोग दर्ताको अरू जग्गा जमीन समेत मेरो जो भएको श्रीसम्पत्ति मेरो शेषपछि खानु व्यहोर्नु भनी ०१३।६।१२।१ मा बकसपत्र दिनुभएको कान्छीमाया ०१३।८।१३ मा परलोक हुनु भएपछि मेरो हक हुन आएकोमा बकसपत्र जालसाजी भनी फिराद भई मेरो हक ठहरिएको घर अन्यायवालाले चलन छाडी बसिरहेको घर बनाउने कानून बमोजिम सूचना ०२८।४।२४ मा दिई घर छाडी नदिएबाट अ.बं.३६ नं. का आधार लिई नालिस गर्न आएको छु घरबाट उठाई चलन चलाई पाउँ भन्ने समेत वादी । ३. बकसपत्रको नाताबाट मेरो र दाजु ज्ञानवीर समेतको अंशबण्डाको घरबाट उठाई चलन चलाई पाउँ भनी दावा लाग्न सक्ने कुरा होइन अ.बं.७३ नं. ले फिरादपत्र दिँदा उही मानिसका नाउँमा एकै पटक–पटकै नालिस दिए हुने मुद्दामा सो नगरी पहिले दिएको नालिस विचार गरी मात्र वादी दिन पाउँदैन भन्ने प्रष्ट उल्लेख गरेको छँदै विपक्षीको फिरादको घर मलाई चलन छाडी नदिएकोले यो फिराद गरेको छु जग्गाको हकमा भू.प्र.का.मा निवेदन गरी नामसारी गराउने छु भनी फिराद गरेको हुनाले खारेज हुन पर्ने प्रष्टै छ । चलन चलाई पाउँ भन्ने विषयमा दावा गरिएको घर निज विपक्षीको पुर्खौली अंश हकको र फार्छे समेतको घर नभई दानबकस अन्तर्गतको बकसपत्रबाट हक भएको भनी आफ्नै फिरादमा लेख्नु भएको छ भने दानबकस ऐनको ५ नं. ले आफूले दानबकस पाएको कुरामा आफ्नो हक पुगेको मितिले दुई वर्षभित्र नालिस गर्नुपर्नेमा लाग्न सक्दैन भनी प्रष्ट किटानी उल्लेख भएको हुनाले सोही ऐनको परिधिभित्र बसी नालिस गर्नुपर्नेमा लाग्नै नसक्ने अ.बं.३६ को ऐन लगाई म्याद नाघी दायर गरेको यो नालिस खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तर । ४. वादीको घर २०११।६।१० मा का.न.पं.चेक फाँट मार्फत कान्छीमायाले बण्डा पाएको