निर्णय नं. १२७० - चोरी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२७० - चोरी भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०४/३० २२६२ निर्णय नं. १२७० ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय प्रधान न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको डि.फौ.पु.नं. १७६।१७७ फैसला भएको मिति : २०३६।४।३०।४ मा पुनरावेदक : भारत विहार जिल्ला धनबाद थाना झरिया घर भई हाल डिल्लीबजार सदरखोरमा कैदमा बसिरहेको भाईलखी अग्रवाल समेत विरूद्ध विपक्षी : श्री ५ को सरकार, जाहेरवाला भीमसेन अग्रवाल मुद्दा : चोरी (१) प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) को (क) अनुसार अदालत बाहेक अन्यत्र व्यक्त गरेको कुरालाई प्रमाणमा लिने बारेमा ठहराउनु पर्ने कुराहरू मध्ये कुन–कुन कुरा ठहर गरेको रहेछ सो कुरा उपर शङ्काको भर लिई गडाउ गरेको र प्रमाण ऐनको उक्त दफा बमोजिम सिद्ध नगरी ठहर गरेको उक्त कानूनले प्रमाण लिन नहुनेमा प्रमाण लिइएको कानूनी त्रुटि देखिने। (प्रकरण नं. १९) पुनरावेदक तर्फबाट : विद्वान व.अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद बिजयी फैसला न्या. हेरम्बराज : म.क्षेत्रीय अदालतको ०३६।२।२ को फैसलामा चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भनी चढाएको निवेदन पुनरावेदनको अनुमति पाई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको तथ्य यस प्रकार छ : ०३४ साल आषाढ १९ गते नयाँ सडकको पसल बन्द गरी घर गएको थिएँ भोलिपल्ट बिहान तपाईंंको पसल फोरिएको छ तुरून्त जानु भनी फोन आएबाट पसलमा जाँदा सडकतर्फको ताला उपकाई भित्र पसी ताला फोरी ऐना फुटाई बिगो रू.४२,९५५। पर्ने घडी क्यामरा समेतका सामान चोरी भएछ चोरीको र मालसामानको तलासी गरिपाउँ भन्ने भीमसेन अग्रवालको जाहेरी । ३. प्रहरी कार्यालयको आदेश बमोजिम त्रिभुवन राजपथको बाटो गरी वि.आर.वाई नं. ४४५ को भारतीय गाडी गइरहेको उक्त गाडी दाखिल गर्नु भन्ने आदेशानुसार सो गाडी र चालकसमेत दाखिल गरेको छु भन्ने प्र.ह.अशोककुमार समेतको प्रतिवेदन । ४. उक्त ४४५ नं. को मोटर खानतलासी गर्दा अटोमेटिक जेम्स घडी थान ३७ लेडिज सानो घडीथान १३ समेतका विभिन्न सामान पेट्रोल टेंकीबाट निस्केको भन्ने खानतलासी मुचुल्का । ०३४ साल बैशाख महीनाको भाईलखीले म भाडा कार लिन्छु । तिमी चलाउ काठमाडौं घुम्न जाउँ भनेको हुन्छ भनेँ भाईलखीले एकातिर माल राख्ने एकातिर पेट्रोल राख्ने बनाए । हामी जेष्ठ २ या ३ गते आयौं कोजी होटेलमा बसेर र वि.आर.डब्लु २३६ को मोटरमा म सुतेको भोलिपल्ट ३।३०।४ को समयमा भाइलखीले फलामे गल झिकी भेराइटीतर्फ गए केही छिनपछि भाइलखीले झोला ल्याएर ट्याङ्कीमा राखे त्यहाँबाट भारत धनवादमा पुगी भाइलखीको घरमा राखे । भाइलखीले बिक्री गरी रू.३०० दिएँ त्यसपछि भाइलखीले माल ल्याउनु पर्छ भाडाकार खोज भने विमलसिंको वि.आर.बाबू ४४५ को कार ल्याए पहिलाको ट्याङ्कीको सो कारमा राखी भाइलखी बैकुण्ठ विमलसिं म समेत ४ जना ०३४।३।१४ गते काठमाडौं आई होटेलमा बसे । भोलिपल्ट नयाँ सडक युनिभर्सल ट्रे.कं.को पसल अगाडि मोटर रोकी भाइलखी बैकुण्ठले कारबाट फलामे गल हयीक्टो समेत झिकी पसलमा ताला फोरी भित्र पसी धेरैबेर पछि गम्छामा पोका र क्यामरा झुण्याई ल्याई कारमा राखे त्यहाँबाट फर्की विमलसिंह कहाँ गई निजलाई बोलाई पशुपतिनाथको दर्शन गरी भाइलखीले कार लिई गए हामी पछि आउँछौं भनी बसे म उक्त कार लिई हेटौंडा पुग्दा उक्त सामान समेत बरामद गरेको हो भन्ने विदेशीरामको प्रहरीमा भएको कागज । ५. काठमाडौं