निर्णय नं. १२७१ - राजकाज अपराध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२७१ - राजकाज अपराध भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०६/०७ २१०७ निर्णय नं. १२७१ ने.का.प.२०३६ डिभिजन बेञ्च माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको फौ.पु.नं. १३२।१४४ आदेश भएको मिति : २०३६।६।७।१ मा पुनरावेदक : भ.पु.घर भई हाल नख्खुमा कैद बसेको माथवरसिंह बस्नेत ऐ.चाँगु गा.पं. वडा नं. २ घरभई ऐ.ऐ. कैदमाबसेको जानकीप्रसाद कुईकेल ल.पु.जि. ईमाडोल गा.पं. वडा नं. ३ घर भई हाल ऐ.ऐ.मा कैद बसेको ईश्वरकुमार घिमिरे विरूद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : राजकाज अपराध (१) पुनरावेदकलाई शुरू अञ्चलाधिशको कार्यालय बागमती अञ्चलले जन्मकैदको सजाय गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतले सदर गरेकोमा राजकाज (अपराध र सजाय) ऐन, २०१९ को दफा ४ उपदफा (१) अन्तर्गतको दावी नै नभएकोमा सो ऐन लगाई जन्मकैदको सजाय गरेको शुरू अञ्चलाधिशको कार्यालय बागमती अञ्चलको फैसला सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिने । (प्रकरण नं. २३) पुनरावेदक तर्फबाट : विद्वान व.अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा म.क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुन आएकोमा मुद्दाको तथ्य निम्न प्रकार छ : २. प्रतिबन्धित नेपाली कांग्रेसका नेता भारत बनारस बसिरहेका विश्वेश्वरप्रसाद कोइराला गिरीजाप्रसाद कोइराला र अन्य व्यक्तिहरू समेत ध्वंसात्मक कार्य गर्न बसेका छन्, निजहरूको मेल मिलापका लागि अवैध हायण्ड ग्रिनेट प्रयोग गर्ने, यहाँको सुराक खबर भारतमा पठाउने माथवरसिं बस्नेत, जानकीप्रसाद शर्मा र अरू नचिनेका ३ जना समेत हाल डिल्लीबजारमा डेरा गरी बसेका छन्, पक्राउ गरी कारवाई गरिपाउँ भन्ने समेत ०३१।८।५ को प्रहरी प्रतिवेदन । ३. जानकीप्रसाद र माथवर सिंको डेरा खानतलासी गर्दा केही चिठ्ठी, नेपाली कांग्रेसको संक्षिप्त ऐतिहासिक शीर्षकको किताब १ समेत फेला परेकोले पेश गरेका छौं भन्ने ०३१।८।६।५ को प्रहरी प्रतिवेदन । ४. ईमाडोल बस्ने ईश्वरकुमार घिमिरेको घर गोठ कटेरामा खानतलासी गर्दा नं. ३६ एम.एम. २८४ एफको हैण्ड ग्रीनेड थान दुई बरामत भएको भन्ने समेत ०३१।८।६ को मुचुल्का । ५. म र माथवर सिं भारत निर्वासित विश्वेश्वरप्रसाद कोइराला, गिरीजाप्रसाद कोइरालासँग भु.पू.एम.पी.जगन्नाथ आचार्य मार्फत साँठगाँठ राखी निज गिरिजाप्रसाद हायण्ड ग्रीनेड २ काठमाडौं ल्याएको हो, यसको मूल उद्देश्य नेपाल अधिराज्यको विभिन्न ठाउँमा तोडफोड बम विस्फोटन आदि गरी जनसाधारणमा असुरक्षाको भावना जनाई राष्ट्र विप्लव गरी प्रजातान्त्रिक संसदीय व्यवस्था ल्याउनको लागि ग्रीनेड ल्याई ईश्वरकुमारको घरमा लगी लुकाई राख्न दिएको हो भन्ने समेत जानकीप्रसादको प्रहरीमा भएको ०३१।८।७।६ को बयान कागज । ६. म र जानकीप्रसाद शर्मा समेत भई भारत बनारस गई वि.पि.कोइराला, गिरिजाप्रसाद समेतलाई भेटी काठमाडौंमा ग्रीनेड लगी हान्ने कुरामा गिरीजाले भने बमोजिम एम.पी. जगन्नाथ मार्फत काठमाडौंमा ग्रीनेड ल्याई प्रहार गर्ने कुरामा सहमत भई ग्रीनेड ल्याई ईश्वरकुमारको घरमा लगी राखेको हो भन्ने समेत माथवरसिंह बस्नेतले प्रहरीमा गरेको ०३१।८।७।६ को बयान कागज । ७. माथवरसिंहले प्रवेशिका परीक्षाको सर्टिफिकेट र मार्कसिट ल्याई दिए, निज माथवरसिं र जानकीले झोलाबाट एक पोका दिए, सो चीज कसैलाई