निर्णय नं. १२७२ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२७२ - अंश भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०३/०१ २२९१ निर्णय नं. १२७२ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको देवानी नम्बर १३२ फैसला भएको मिति : २०३६।३।१।५ मा पुनरावेदक : रामजीभक्त कलवार जि. सुनसरी देवानजङ्ग गा.पं. वडा नं. २ बस्ने विरूद्ध विपक्षी : नारायणभक्त कलवार ऐ.ऐ.बस्ने मुद्दा : अंश (१) प्रतिवादीको जिकिर विचार नगरी रजिष्ट्रेशन पासभएको बण्डापत्र नभएको भन्ने आधारमा वादी प्रतिवादीहरूको बीच अंशबण्डा नभएको भनी पूर्वाञ्चल क्षेत्रीयअदालतले गरेको फैसलामा अ.बं. ४९ नं. को गम्भीर कानूनी त्रुटि भएको देखिन आउने । (प्रकरण नं. १७) फैसला न्या. विश्वनाथ उपाध्याय : उपरोक्त मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट २०३३।७।३।३ मा कानूनी त्रुटिपूर्ण फैसला गरेको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदकको निवेदनमा पुनरावेदनको अनुमति दिने गरी श्री सर्वोच्च अदालत डिभिजन बेञ्चको २०३४।९।१२।३ का आदेश बमोजिम पुनरावेदनमा दर्ता भई प्रस्तुत मुद्दा पेश हुन आएको छ । २. मुद्दाको तथ्य यस प्रकार छ : बाबु रामप्रसाद भगतका ३ भाइ छोरा मध्ये जेठा म सुठी भगत माइला विपक्षी रामजी भगत कान्छो भगत नारायण भगत हो दाजु मुसुदी २६ सालमा परलोक हुनु भयो । निजको पत्नी सहित कोही छैनन् । हामी २ भाइ मात्र बाँकी रही २०२७ साल भाद्र महीनाको गते बारको सम्झना रहेन विपक्षीको मेरो परिवार समेतमा कलह भई एक ठाउँमा बस्न नसक्दा घरमा भएको हाँडा भाँडा ३ भाग लगाई २०२७।६।२४ गते भिन्न भई अलग बसे विपक्षी भएमा गई मैले पाउने आधा अंश दिनुहोस् भनी माग्दा अंशबण्डा गरी नदिई मेरो अंश खाने पचाउने उद्देश्य लिनु भएको बाबुले कमाएको र हामी दाजुभाइ समेतले आर्जन गरेको अचल सम्पत्ति सबै विपक्षी तथा छोराहरूका नाउँमा दर्ता राखी आएकोले जि. सुनसरी घुम्तीहाट देवानगञ्ज रामगञ्ज सीतावारी तथा चिन्दी गा.पं.अन्तर्गत समेतकै के कति जग्गा दर्ता छ मुख्य घरको व्यवहार गर्ने दाजु नै भएकोले मलाई थाहा छैन अचल सम्पत्ति र चौपायाको अंशबण्डाको २१ नं. बमोजिम तायदाती लिई अंशबण्डाको १४ नं. बमोजिम २ भाग मात्र लगाई सो २ भाग मध्ये १ भाग मलाई दिलाई पाउँ भन्ने वादी । ३. वादी मेरो सहोदर भाइ हुन र १९९७ साल कार्तिकमा हो, तत्अवस्था अचल सम्पत्ति केही नभई जो जति भएको भाँडो वर्तन हातहातै बाँडी बुझी दिनु भई अंशबण्डा गरी बेग्ला बेग्लै घरद्वार बनाई कारोबार आदि गरी बसिआएका छौं । अंशबण्डाको कागज गराउनलाई अचल सम्पत्ति केही नभएकोले कागज गराउने अवस्था परेन मैले निकै परिश्रम मिहेनत गरेकोले मेरातर्फ केही उन्नति हुँदै रहेको र भाइ परिश्रम नगर्ने भएकोले उन्नति गर्न सकेन तापनि मैले कर्जाको रूपमा समेत मद्दत गर्दै आएको जस अनुसार १५ साल श्रावण १० गते कपाली तमसुक लेखी वादीले लिएको भा.रू.२२९। तिर्न सक्नु भएन र मैले पनि नालिस गरिँन । पुनः वादीले २५।९।२८ मा मबाट रू, ७७०। कर्जा लिई कपाली तमसुक लेखिदिएको लिखत स्थानीय देवानगञ्ज गा.पं.बाट मिति २०२५।१०।१४ गते हामी धनी ऋणी दुवैले निवेदन दिई प्रमाणित समेत भएको सो रकम वादीले दिएपछि सो लिखत चित्तल गरेको भरामत्री भगतको हक दर्ताको प्र.भोला भोलेनी मौजे देवानगञ्जको निजी जग्गा बिगाहा २ मध्ये दक्षिण तर्फबाट जग्गा बिगाहा ।।।.।। वादीले घरबास निमित्त मसँग मागेको समयमा मेरो मञ्जूरबाट घरबास गरी आएको नापीमा देवानगञ्ज गा.पं.वार्ड नं. २ कि.नं. १३ मा जग्गा बिगाहा ।।