निर्णय नं. १२७४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२७४ - उत्प्रेषण भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०५/२१ २०२४ निर्णय नं. १२७४ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश स.श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको रिट.नं. ११०३ आदेश भएको मिति : २०३६।५।२१।५ मा निवेदक : रामेछाप गैलु गा.पं. वार्ड नं. १ सिक्राल बस्ने झनकबहादुर खत्री विरूद्ध विपक्षी : श्री जिल्ला अदालत रामेछाप समेत विषय : उत्प्रेषण (१) एकाको नाउँमा नापी दर्ता भइरहेको जग्गावालाको नाउँ कटाई अर्काको नाउँमा दर्ता गर्दा प्राकृतिक न्यायको सिद्धान्त अनुसार दर्तावालालाई बुझी कानून बमोजिम गर्नुपर्नेमा सो नबुझी दाखिल खारेज गरेको मालपोत कार्यालय रामेछापको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८ ) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान स.वरिष्ठ अधिवक्ता श्री केदारनाथ उपाध्याय आदेश न्या. त्रैलोक्यराज अर्याल : विपक्षी जिल्ला अदालत रामेछापको मिति ०३५।५।१४ को पत्रको आधारमा विपक्षी मालपोत कार्यालयले मिति ०३५।६।४ मा मेरो हक भोग तिरोको जग्गा विपक्षी कोमलकुमारी बुडा क्षेत्रीको नाउँमा दर्ता गर्ने गरी गरेको निर्णय बदर गरिपाउँ भनी संविधानको धारा १६।७१ अनुसार प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको तथ्य यस प्रकार छ : गैलु गा.पं. वडा नं. ६ सिक्राल बस्ने वादी कोमलकुमारी बुडाको र प्रतिवादी भुवानसिंह खत्रीसँगको जग्गा खिचोला मुद्दामा खिचोला गरेको ठहराएको पल्लमान बुडाको साँध तेश्रो मुलबाटोदेखि पूर्व भुवानसिंह खत्रीको साँध मूलबाटो देखि पश्चिम साउने पानी खोल्सा यमबहादुरको देखि उत्तर, कृष्णबहादुर बुडाको साँधदेखि दक्षिण यति ४ किल्ला भित्रको विजन पाथी ।१ मध्ये विजन माना ।।१ को गाडापानी खरबारी जग्गा हाल सर्वे नापीमा गैलु गा.पं.वार्ड नं. ६ कि.नं. १८० को र कि.नं. ४१, ४२, ४३, ४९, ५०, ५१, ४४, ४५, ३२, ४९, ५०, ५१ को झगडा र सन्धीसर्पन जनिएका जग्गाहरू मध्ये विपक्षीको छोरा झनकबहादुरको नाउँमा कि.नं. १८० को समेत नाम कट्टा गरी मेरो नाउँमा दर्ता गराई पाउँ भन्ने वादी कोमलकुमारीको यस जिल्ला अदालतमा दरखास्त पर्न आएकोले यस अदालतको ०३३।७।१५ गतेको फैसला र जनकपुर अञ्चल अदालतको ०३५।३।२९ को फैसला अनुसार जग्गा वादी प्रो.कोमलकुमारीका नाउँमा दर्ता गरिदिनु हुन अनुरोध छ भन्ने विपक्षी जिल्ला अदालतले मालपोत कार्यालय रामेछापलाई ०३५।५।१४ मा लेखी पठाई मालपोत कार्यालयको ०३५।६।४ को निर्णयले गैलू गा.पं.वार्ड नं. ६ क कि.नं. १८० को मेरो हक भोग तिरोको जग्गा मेरा नाउँबाट लगत कट्टा गरी विपक्षी कोमलकुमारीका नाउँमा दर्ता गरी मेरो नाउँको जग्गाधनी दर्ता प्रमाणपूर्जामा लगत काटिएको व्यहोरा आफ्नो जग्गाधनी प्रमाणपूर्जाको नक्कल ०३५।१०।२२ मा सारी लिँदा थाहा भयो। ३. म जग्गाधनीलाई कुनै जानकारी नै नदिई मेरो हक भोग दर्ता तिरोको जग्गा विपक्षी कोमलकुमारीको नाउँमा गरिदिने भन्ने मालपोत कार्यालयको निर्णय प्राकृतिक न्यायको सिद्धान्तको प्रतिकूल छ । वादीले दावी गरेकोमा फैसलामा जे जति कुरा उल्लेख छ सो फैसला अनुसार मात्र लेखी पठाउन सकिनेमा जिल्ला अदालतले विपरीत गरी मेरो जग्गा कोमलकुमारीको नाममा दर्ता गरी दिनु भनी मालपोत कार्यालयलाई लेखेको छ । सो जग्गा झगडा परेको भए सर्वे नापीमा झगडा जनाएको हुनुपर्ने सो समेत छैन अर्को तर्फ विपक्ष कोमलकुमारी र भुवानसिंह खत्रीको उल्लिखित जग्गा खिचोला मुद्दा परेको छ । मसँग मुद्दा परेक