निर्णय नं. १२७५ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आदेश पूर्जी जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२७५ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आदेश पूर्जी जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०६/२८ १९८१ निर्णय नं. १२७५ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३५ सालको रिट नम्बर १०७० आदेश भएको मिति : २०३६।६।२८।१ मा निवेदक : गोरखा जिल्ला वुंकोट गा.पं.वा.नं. ८ कुवाणनी बस्ने उदयनन्द अंगाई जैसी विरूद्ध विपक्षी : प्रमुख जिल्ला अधिकारी, गोरखा समेत विषय : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आदेश पूर्जी जारी गरिपाउँ (१) लनेदेन व्यहोराको सम्बन्धमा निवेदनपत्र दिने र कागज गराउने अधिकार–प्रमुख जिल्ला अधिकारीलाई कानूनले प्रदान गरेको नदेखिने । (प्रकरण नं. ७) आदेश न्या. बासुदेव शर्मा : विपक्षी प्रमुख जिल्ला अधिकारीले गराएको बदरभागी कागजलाई बदर गराउने अन्य उपचार नहुँदा रिट निवेदन गर्न आएको छु । नेपालको संविधानको धारा ७१ अनुसार उपयुक्त आदेश वा पूर्जी जारी गरिपाउँ । यस प्रकारको पूर्जी जारी हुनु अघि तत्काललाई अन्तरीम आदेश जारी गरिपाउँ भन्ने समेतका कुराको माग गर्दै मिति २०३६।१०।१७ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको रहेछ : निवेदकले पुछार बिरौटे खेत तालुकदार वीरबहादुर थापा जिम्माको गोरखा मालमा रू.६।९२।२ तिरो तिर्न पर्ने माटो मुरी १५।७।७ दाता मिठु राणा, प्रेमकुमारी पाण्डे, उपेन्द्रजङ्ग सिजापती समेतबाट ०३५।३।११।१ मा राजीनामा रजिष्ट्रेशन पास गरी निवेदकले खरीद गरेको यस जग्गाको बाली ०३५ साल देखि नै लगाई आएको बाली निवेदकले लुटी लगे भनी विपक्षी जिल्ला अधिकारीको कार्यालयमा विपक्षी कृष्णबहादुरले निवेदन दिएका रहेछन् विपक्षी गा.पं.का.को ०३५।८।९ को पत्रद्वारा निवेदकलाई ०३५।८।१३ मा जिल्ला कार्यालय गोरखामा उपस्थित हुन सूचना पठाइयो सूचना बमोजिम ०३५।८।१२ मा उपस्थित हुन जाँदा कृष्णबहादुरको निवेदनको कुरा केही मात्र सुनाई लौ कागज गर भनी निवेदकले लुटेको भन्दै विपक्षी कृष्णबहादुरले भने बमोजिम बिगो रू.१३५०। तीन दिनभित्रमा बुझाउने छु, भन्ने व्यहोरा गरी जग्गामा हक छैन भन्ने बोलीको कागज बलजफ्ती ०३५।८।१२ मा विपक्षी प्र.जि. अ.बाट निवेदकलाई गराइयो र छोडियो, मेरो सम्पत्ति अपहरण भई निम्नलिखित कानूनी त्रुटि भएको बदर गराई माग्न रिट निवेदन चढाएको छु । २. विपक्षी प्रमुख जिल्लाअधिकारीबाट गराइएको ०३५।८।१२ को कागज कानूनी मनसाय विपरीत छ । कुनै पनि जग्गाको हक बेहकमा बाली लुटपिट विषयमा कुनै प्रकारको उजूरी सुनी त्यस सम्बन्धमा कारवाही गर्ने अधिकार कुनै पनि कानूनले विपक्षी प्रमुख जिल्ला अधिकारीलाई प्रदान गरेको छैन । आफूले हेर्न नहुने मुद्दा हेरेको छिनेको भए बदर हुन्छ भन्ने व्यवस्था अ.बं.को ३५ नं. ले गरेको छ । विपक्षी प्रमुख जिल्ला अधिकारीले निवेदकलाई गराएको कागज यसै आधारमा बदरभागी छ । कानूनको ठाडै उल्लंघन भई बेइलाकामा दिन गएको विपक्षी कृष्णबहादुरको निवेदनलाई विपक्षी प्रमुख जिल्ला अधिकारीले फलाना अड्डामा जानु भनी पठाउनु पर्नेमा त्यसो नगरी कारवाही गरिएको अ.बं.२९ नं. को मनसाय विपरीत भएको छ । अनधिकृत निकायबाट कारवाही भएकोमा सम्पूर्ण कारवाही मान्य नभई बदरभागी छ भन्ने मनसायको सिद्धान्त ने.का.प.०३० पृष्ठ ३०२ निर्णय नं. ७७७ को मुद्दामा फुल बेञ्चबाट प्रतिपादित भएको छ । ३. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चको मिति ०३५।१०।२४।४ को आदेश बमोजिम प्राप्त ल