निर्णय नं. १२७८-१ - जग्गा खिचोला मेटाई चलन चलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२७८-१ - जग्गा खिचोला मेटाई चलन चलाई पाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०७/२० २७३२ निर्णय नं. १२७८-१ ने.का.प. २०३६ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३४ सालको दे.फु.नं. २०,२३,२४ सम्वत् २०३६ सालको दे.फु.नं. ३५ फैसला भएको मिति : २०३६।७।२०।३ मा निवेदक : चितवन खैरनी गा.पं.सर्लाही बस्ने रत्नकुमारी मरी निजको मु.स.गर्ने र आफ्ना हकमा समेत ऐ.ऐ.बस्ने श्यामबहादुर पन्त क्षेत्रीसमेत विरूद्ध विपक्षी : चितवन ना.गढ गा.पं.वा.नं. ६ संगमचोक बस्ने डि.कोमलप्रसाद श्रेष्ठसमेत विषय : जग्गा खिचोला मेटाई चलन चलाई पाउँ (१) वादीको दावीलाई समर्थन गर्न श्रेस्ता प्रमाणको अभाव हुँदा नक्साको वादी जिकिरको जग्गाहरूमा खिचोला गरे घर हटाई चलन चलाइपाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. ३०) निवेदक तर्फबाट : विद्वान व.अ.श्री कृष्णप्रसाद भण्डारी विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल विद्वान अधिवक्ता श्री प्रकाश वस्ती प्रतिवादी तर्फबाट : विद्वान व.अधिवक्ताहरु श्री शम्भुप्रसाद ज्ञवाली, श्री मुकुन्द रेग्मी तथा विद्वान अ.हरु श्री झुलेन्द्रप्रसाद छत्कुली र श्री अनुपराज फैसला न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दा फुल बेञ्चबाट ०३२।२।२० मा भएको निर्णय दोहोर्‍याई पाउँ भनी वादी श्यामबहादुर पन्त क्षेत्री १ भैरवबहादुर पन्त क्षेत्री १ अम्बाकुमारी पन्त क्षेत्री १ रत्नकुमारी पन्त क्षेत्री १ समेतले पठाएको निवेदनमा यसमा व्यहोरा साँचो भए मणिकलाल समेतसँगको जग्गा चलन चलाई पाउँ भन्ने मुद्दाको ०३२।२।१०।३ मा फुल बेञ्चबाट भएको फैसला उपेन्द्रलाल श्रेष्ठको निवेदनबाट दोहोरिने भएको निवेदकको हकमा समेत दोहोर्‍याई कानूनबमोजिम गरी छिनी दिनु भन्ने र प्रतिवादी कोमलप्रसाद श्रेष्ठले चढाएको निवेदनमा भैरवबहादुर पन्त समेतसँगको जग्गा खिचोला मुद्दामा प्र.उपेन्द्रलालको बिन्तिपत्रबाट ठहरी फुल बेञ्चबाट हेरिएको व्यहोरा साँचो भए उक्त मुद्दामा निवेदक प्रतिवादी देखिए फुल बेञ्चबाट ईन्साफ जाँच हुँदा निवेदकको हकमा समेत दोहोर्‍याई इन्साफ जाँची कानून बमोजिम गरी छिनी दिनु भन्ने र प्र.उपेन्द्रलाल श्रेष्ठले चढाएको निवेदनमा यसमा व्यहोरा साँचो भए भैरवबहादुर पन्त क्षेत्री समेतसँगको ०३२।२।२० मा छिनिएको जग्गा खिचेला मेटाई चलन चलाई पाउँ भन्ने मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट मुद्दा दोहोर्‍याई हेरी कानून बमोजिम गरी छिनी दिनु भन्ने र प्र.श्रीधर शमशेर १ केदारकुमार प्रधान १ जितबहादुर क्षेत्री १ ऐ.बस्ने चक्रबहादुर क्षेत्री १ तपनारायण १ ज्ञानबहादुर श्रेष्ठ १ टेकबहादुर के.सी.१ नन्दमान कर्माचार्य १ मणिकलाल श्रेष्ठ १ लक्ष्मी हलवाई १ ईन्द्रलाल पिया १ मैयाँदेवी श्रेष्ठ १ वुद्धिजङ्ग रायमाझी १ तेजजारी पिया १ समेतले चढाएको निवेदनपत्रमा यसमा व्यहोरा साँचो हो र निवेदकहरू सरहकै प्रतिवादीहरूको बिन्तिपत्रमा भई गएको प्रमाङ्गीले त्यस अदालतको फुल बेञ्चबाट जग्गा खिचोला मेटाई चलन चलाई पाउँ भन्ने मुद्दा दोहोरिने भएको भए निवेदकहरूका हकमा पनि दोहोर्‍याई कानून बमोजिम गरी छिनिदिनु भन्ने समेत बक्स भई आएका हुकुम प्रमाङ्गी बमोजिम मुद्दा फुल बेञ्चबाट दोहरी निर्णयार्थ पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : हामी रत्नकुमारी अम्बाकुमारीको लोग्ने हामी श्