निर्णय नं. १२८० - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरी हक प्रचलन गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२८० - उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरी हक प्रचलन गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०७/०९ १९४९ निर्णय नं. १२८० ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् ०३५ सालको रिट नम्बर ६६९ आदेश भएको मिति : २०३६।७।९।६ मा निवेदक : झापा लखनपुर गा.पं.वार्ड ६ बस्ने वर्ष ४२ को टंकप्रसाद सिटौला विरूद्ध विपक्षी : क्षेत्रीय बसोबास समिति चन्द्रगडी झापा लखनपुर गा.पं.कार्यालय लखनपुर झापा जिल्ला लखनपुर गा.पं.वार्ड नं. ६ बस्ने बाबुको नाम थाहा नभएको अन्दाजी वर्ष ३२ को गोविन्दप्रसाद घिमिरे समेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जी जारी गरी हक प्रचलन गरिपाउँ (१) अदालतबाट जिती पाएको भए जग्गा चलन चलाई पाउँ भनी अदालती कारवाई चलाउन र सो जिती पाएको जग्गामा कसैले खिचोला गरेको भए उजूरी गरी आफ्नो हक कायम गराउने बाटो निवेदकलाई भएको देखिएबाट निवेदकको माग बमोजिम यो रिट जारी गर्न मिल्ने नदेखिएको । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दुर्गाप्रसाद सुब्बा विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय र विद्वान अधिवक्ता श्री नूतनबहादुर थपलिया आदेश न्या. सरदार ईश्वरीराज मिश्र : प्रत्यर्थी क्षेत्रीय बसोबास समिति कार्यालय चन्द्रगढी झापाको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन ०३५।५।८।५ मा दर्ता हुन आएको रहेछ । २. मुद्दाको तथ्य र निवेदन जिकिर यस प्रकार छ : जिल्ला मोरङ समयगढ मौजे लखनपुर मधुमल्ला गा.पं. वडा नं. ६ पर्ने हाल पञ्चायत परिवर्तन हुँदा झापा जिल्ला लखनपुर गा.पं.वार्ड नं. ६ को साविक कि.नं. १८ खड्कुलो पश्चिम डगर सो पूर्व अमर असितुल १० को ज.बि.२–०–० र ऐ.कि.नं. १९ निजै हाल आवादी सो पश्चिम दक्षिण उत्तर अर्ध ६–५ कुल ५५ को ज.बि.८–१८–१५ विगत ०१७ साल मार्ग १५ गते गोविन्दप्रसाद उपाध्यायबाट लिई र.नं. ७६९ मा पास भई मेरा नाउँमा दर्ता भई रैती नं. २७८ मा पोत बुझाउँदै रसीद लिँदै आएको र घर धुरी समेत खडा गरी बसी आएको उक्त मेरो नम्बरी जग्गामा बीचमा जग्गा बाली मुद्दा समेत गरी अदालतबाट समेत नम्बरी दर्ता कै देखिन आएको भन्ने फैसला भई निर्विवाद रूपमा अदालतबाट समेत मेरो हक स्थापित भएको जग्गामा विपक्षी क्षेत्रीय बसोबास समितिले मलाई थाहै नदिई उक्त मेरो जग्गा कित्ताकाट गरी कि.नं. १ को ज.वि.०–७–१७ कि.नं. २ को ज.वि.०–३–५ कि.नं. ३ को ज.वि.०–९ र १–४ जम्मा ज.वि.१०–०–१ विपक्षी गोविन्दप्रसाद घिमिरे कि.नं. ४ को जग्गा बिगाहा ०–९–० कि.नं. ५ को ज.वि.०–६–०, कि.नं. ६ को ०–१४–१५ जम्मा ज.वि.१–९–१५ विपक्षी रामचन्द्र पोखरेल कि.नं. १५ ज.वि.१–१–५ कि.नं. १६ को ज.वि.०–५–२५ कि.नं. १७ को ज.वि.०–१–५ कि. नं. १८ को ज.वि.०–५–१० गरी जम्मा ज.बि.१–१३–१५ विपक्षी भवानीप्रसाद कोइराला कि.नं. १९ को ज.वि.०–०–६ कि.नं. २० को ज.वि.०–८–१४ कि.नं. २१ को ज.वि.०–१३–० कि.नं. २२ को ज.वि.०–२–१४ गरी जम्मा ज.वि.१–४–१४ विपक्षी नगेन्द्र सार्की कि.नं. १२ को ज.वि.०–१५–१० विपक्षी पृथबहादुर आङदेम्बे कि.नं. २३ को ज.वि.०–७–१० कि.नं. २४ को ज.वि.०–१०–० कि.नं. २५ को ज.वि.०–७–१० कि.नं. २६ को ज.वि.०–६–१० कि.नं. २९ को ज.वि.०–९–१० कि.नं. २९ को ज.वि.०–५–१० कि.नं. ३० को ज.वि.०–८–१० गरी जम्मा ज.वि.१–१०–० विपक्षी रामचन्द्र तिमिल्सिना कि.नं. १२ को ज.वि.१–४–१० विपक्