निर्णय नं. १२८१ - हाल आवादी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२८१ - हाल आवादी भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०७/२९ १९३१ निर्णय नं. १२८१ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् ०३४ सालको दे.पु.नं. ७० फैसला भएको मिति : ०३६।७।२९।५ मा पुनरावेदक : जि. स.प्र.श्रीपुर पञ्चायत वार्ड नं. १ बस्ने सोभीकेवार यादव समेत विरूद्ध विपक्षी : जि. सप्तरी प्र.खालिसा मौजे मनकोली बस्ने भोला साहुतेली समेत मुद्दा : हाल आवादी (१) प्रमाणमा आएका पहिले नै ठहर भइसकेका छुट्टाछुट्टै मिसिलहरूमा भएका निर्णयहरूमा पुनरावेदनबाट कुनै विचार गर्न नमिल्ने । (प्रकरण नं. १२ ) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल आदेश न्या. हेरम्बराज : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत सोभीकेवार यादव समेतको निवेदनमा सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३३।६।२५ का आदेशानुसार पुनरावेदनको अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य निम्न अनुसार छ : २. सप्तरी खालिसा मौजे सखी १ मौजे लक्ष्मीपुर रामपुर १ मौजुर बन्धा १ समेत ३ मौजाको अं.जग्गा बिगाहा ११०० कोशी कटानमा परी हाल उकास भएको आवादलायक हुँदा हामी साविक आसामी हुँदा टप्पु सरह पोत बुझाउने गरी ११ सालका बालीदेखि हामी १४० जनाका नाउँमा दर्ता गरिपाउँ भन्नेसमेत आफ्ना हकमासमेत मिश्रीलाल खेडवारको तोकसहित विन्ति पत्र बमोजिम कारवाई गरिपाउँ भन्नेसमेत मिश्रीलाल खेडवारको ०११।१२।२४ को बयान । ३. टप्पुसरह पोत ठेकी दिन जग्गा पजनीको १९ नं. ले नहुने समसरह सकार नगरी पोत घटाई टप्पु सरह सकार गरेकोले उक्त ऐनबाट निजहरूलाई यो जग्गा पाउँदैन जग्गा पजनीको ३४ नं. बाट साविकवाला रैतीको हक टुटिसकेको जग्गा पजनीको १९ नं. बमोजिम कबुल गरेको अरू मानिसलाई उनीहरूकै मिसिलबाट कबुल बमोजिम ऐन सवालको रीत पुर्‍याई दिने गरी यो पर्चा हाजिर रहेका मिश्रीलाललाई सुनाई यो मिसिल तामेलीमा राख्ने भन्ने समेत हनुमानगर मालको ०१३।८।५ को पर्चा । ४. सो पर्चामा चित्त बुझेन भन्ने समेत मंगल मंडर धानुक समेत जना ८० को वारेस भई आफ्ना हकमा समेत मिश्रीलाल खेडवार ग्वारको ०१३।१०।२४ को पुनरावेदन १ विश्वनाथ पाठक समेत जना २१ को तारिख भई आफ्ना हकमा समेत रामचन्द्र मिश्र ब्राम्हणको ०१३।११।१५ को पुनरावेदन अपील १ सप्तरी गोश्वारामा परेको रहेछ । ५. लेखिएका प्रमाण परिबन्ध तथा अ.बं.१०६ जग्गा पजनीको १९ नं. समेतले अपिलाटहरूको हकदैया लाग्न सक्दैन ०८।१२।१९ गते र ०१०।८।१५ गतेका गजेट प्रकाशित भएको सरकारको निर्णय र जग्गा पजनीको १९ नं. बमोजिम सबूद समसरह तिरो असूल तहसील गर्ने गरी मालबाट बन्दोवस्त गरेको अपिलाटहरूको शुरू उजूरी बदर गरेको समेत हनुमान नगर मालको इन्साफ मनासिवठहर्छ भन्नेसमेत ०१८।११।२ को सप्तरी गोश्वाराको फैसला । ६. सो फैसलामा चित्त बुझेन भन्ने समेत मङ्गलमंडर धानुक समेत जना ७८ को वारेस भई आफ्ना हकमा समेत मिश्रीलाल खेडवार यादवको १ असर्फी प्रसैला यादवको वारेस भई आफ्ना हकमा समेत जनकलाल प्रसैला ग्वारको १ श्यामनन्द मिश्र समेत जना ३ को वारेस भई आफ्ना हकमा समेत रमानन्द मिश्रको १, महादेव मिश्रको १, ईन्द्रनारायण मिश्र ब्राम्हण समेत जना ६ को वारेस भई आफ्ना हकमा समेत रामचन्द्र मिश्रको १ समेत आयकर अदालतमा परेको अपी