निर्णय नं. १२८२ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२८२ - लेनदेन भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०७/०९ ३०२२ निर्णय नं. १२८२ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३५ सालको दे.पु.नं. १५२ फैसला भएको मिति : २०३६।७।९।६ मा पुनरावेदक : का.न.पं.वार्ड नं. १३ बस्ने मधुकर महर्जन विरूद्ध वादी : ऐ.का.न.पं.वार्ड नं. २० पकनाजोल बस्ने बद्रीमाया श्रेष्ठ समेत विषय : लेनदेन (१) रूपैंयाँ भराई पाउँ भनी लेनदेन व्यवहारको २ नं. बमोजिम फिराद गरेकोमा २ नं. को व्यवस्था हेर्दा सो नम्बर तमसुक भई लेनदेन व्यवहार भएको अवस्थामा मात्र लागू हुने देखिएकोले बैनाको रूपमा कागज गरी दिएकोमा उक्त २ नं. को हदम्याद लागू हुने नभई लेनदेन व्यवहारको ४० नं. को हदम्याद लागू हुने । (प्रकरण नं. १०) फैसला न्या. विश्वनाथ उपाध्याय : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीले चढाएको निवेदनमा अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. विपक्षीले हामीहरूलाई रोपनी १ को रू.२०,०००। का दरले १०।१० आना जग्गा ६ महीना भित्र बाँकी रूपैयाँ बुझी लिई राजीनामा गरी दिने गरी हामीहरूसँग रू.४,०००। का दरले जम्मा रू.८,०००। बैना लिई मिति २०२७।१०।२६ मा कागज गरी दिएको सो जग्गा श्री ५ को सरकारबाट अधिग्रहण भइसकेको जग्गा राजीनामा गरी दिउँला भनी ठगी गरेकोमा नालिस गर्दा लिखित भएकोले ठगी गरेको ठहर्दैन । साहु आसामी सरह गर्नु भनी का.जि. अ.र बागमती अञ्चल अदालतबाट समेत फैसला भएकोले सो फैसला अनुसार लेनदेनतर्फ नालिस गर्न आएका छौं । जम्मा रू.८,०००। प्रतिवादीबाट भराई पाउँ भन्ने समेत बद्रीमाया, जगतकुमारीको संयुक्त फिराद दावी । ३. ठगी गरे भनी अघि नालिस गरी फैसला भइसकेकोमा वादीहरू सावितै हुनुहुन्छ । वादीहरूको यो फिराद दावी मुलुकी ऐन, अ.बं.८५ नं. को प्रतिकूल हुनाले फिराद नै लाग्न नसक्ने, उसमा पनि वादीहरूको फिराद करार ऐन, २०२३ अनुरूप नभएकोले वादीहरूको फिराद खारेज गरिपाउँ भन्ने समेत मधुकर महर्जनको प्रतिउत्तर । ४. जग्गा राजीनामा गरी दिउँला भनी रू.८,०००। बैना लिई लिखत गरी दिएमा प्रतिवादी सावित भएकोले वादी दावी बमोजिम रू.८,०००। वादीहरूलाई प्रतिवादीले दिन तिर्न पर्ने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला । ५. उक्त फैसलामा चित्तबुझेन भन्नेसमेत प्र.को बा.अञ्चल अदालतमा परेको पुनरावेदन । ६. करारऐन अनुसार प्रस्तावद्वारा स्वीकृत गराई करार भएको नदेखिनाले करार भन्न नमिल्ने । धन दिने साहु र रूपैयाँ लिने जग्गा दिने आसामी भनिने भई साहू आसामी भई लिनु दिनु गरेको व्यवहार हुनाले लेनदेन व्यवहारको २ नं. को म्यादभित्र फिराद गर्न सक्ने नै देखिनाले का.जि. अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला । ७. उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीले मध्यमाञ्चल क्षेत्रीय अदालतमा चढाएको निवेदनमा “बैना लिनु दिनु भई भरपाई भएको देखिएको, यस्तोमा २ वर्ष म्याद लाग्ने भन्ने ने.का.प.२०२२ फुल बेञ्च नि.नं. २७६ बाट प्रतिपादित सिद्धान्त भएको देखिँदा सो अनुरूप बा.अं.अ.को फैसला नभई कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति दिएको छ” भन्ने सिङ्गलबेञ्चको आदेश । ८. लिखतमा साहू आसामी भन्ने बोली शब्द उल्लेख नभए तापनि वादी दावीको लिखतको प्रकृतिबाट साहू आसामी रहेको र कर्जा ऋण लिए दिएको समेत देखिँदा केवल लिखतमा साहू आसामी भन्ने शब्द र ऋण भन्ने शब्द नर