निर्णय नं. १२८४ - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२८४ - उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०७/१५ १८७० निर्णय नं. १२८४ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको रिट नं. १२०२ आदेश भएको मिति : २०३६।७।२५।१ मा निवेदक : गा.पं.वा.नं. २ हाल चपेना गा.पं.वा.नं. ४ बस्ने रामविहारी विरूद्ध विपक्षी : भू.सु.अ. भू.सु.का. सप्तरी राजविराजसमेत विषय : उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ (१) दर्ताको जग्गा मोहीमा कमाई आएको ३ नं. मोहीको प्रमाणपत्र पाउँ भनी निवेदकलाई प्रतिवादी बनाई विपक्षीको निवेदन परेपछि प्रतिवादी बनाइएका निवेदकलाई आफ्नो कुरा भन्ने मौकाबाट वञ्चित गरी विपक्षीलाई मोही ठहर्छ, २ नं. प्रमाणपत्र दिने भनी भूमिप्रशासन कार्यालय सप्तरीबाट गरेको निर्णय प्राकृतिक न्यायको सिद्धान्तको विपरीत देखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री ईन्द्रराज पाण्डे आदेश न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ३६।१।४ मा पर्न आएको रहेछ । २. तथ्य यसप्रकार छ : रामविहारी नाउँदर्ताको जग्गा ०–१६–० मैले मोहीमा कमाई ४ नं. जो.अ.नि. पाइसकेको हराएकोले हाल नापीको २क कि.नं. ३१४ को ज.वि.०–१९–१० नापी दर्ता हुन छुट भएको उक्त जग्गा दर्ता गरी ३ नं. मोही प्रमाणपत्र पाउँ भन्ने समेत विपक्षी सुवलाल मोचीको निवेदन परेकोमा वादीले दावी गरेको जग्गा ०–१६–० को १ नं. लगत भरी ४ नं. जो.अ.नि.समेत पाइसकेको देखिएको हाल सर्भे नापीबाट कि.नं. ३१४ को ज.वि ०–१९–१० मै जग्गाधनी राम विहारीको नाउँमा दर्ता भएको देखिँदा निवेदक वादी भू.सं.ऐन, ०२१ को संशोधन सहित दफा २५ बमोजिम मोही ठहर्छ भन्ने समेत भूमिप्रशासन कार्यालय सप्तरीको ०३२।५।३०।२ को निर्णय रहेछ । ३. रिट निवेदन जिकिर यस प्रकार छ : विपक्षी सुवलालले ०३५ श्रावणमा उल्लिखित जग्गामा मोहियानी खिचोला गर्‍यो भनी म उपर उजूर गरेकोमा आफैंले जोती आएको भनी प्रतिउत्तर दिए यो मुद्दा उठेपछि बुझ्दा उक्त ०३२।५।३० को निर्णयको नक्कल ०३५।१२।१५ मा लिएपछि मात्र सबै कुरा स्पष्ट भयो । मोहीको प्रमाणपत्र पाउँ भनी विपक्षीले निवेदन दिएकोमा मलाई बुझ्दै नबुझी मोहीको प्रमाणपत्र दिने विपक्षीको निर्णय प्राकृतिक न्याय सिद्धान्तको प्रतिकूल छ । भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ मा कबुलियत बाली बुझाएको भरपाई हुनुपर्ने बाध्यात्मक व्यवस्था छ । मोहियानी पूर्जा दिने निर्णयले उक्त भू.सं.ऐन, ०२१ दफा ३४ को त्रुटि भएको छ । नापी हुँदा विपक्षीले जग्गाधनी पूर्जामा आफ्नो नाम जनाउन सकेको छैन विपक्षी नेपाली नागरिक नभएकोले भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ को उपदफा (५)(ख) अनुसार मोही हुन सक्ने स्थिति नै थिएन उत्प्रेषणयुक्त परमादेश जारी गरी प्रत्यर्थी भू.प्र.का.को ०३२।५।३० को निर्णय र कारवाही बदर गरी पुनःनिर्णय गर्नुभन्ने आदेश गरिपाउँ भन्नेसमेत निवेदन जिकिर । ४. विपक्षीहरूसँग लिखितजवाफ पेश गर्नु भन्ने समेत स.अ.डिभिजन बेञ्चको ०३६।१।१२ को आदेश । ५. भूमिसम्बन्धी नियमहरू, ०२१ को नियम ३ बमोजिम १ नं. मोही फाराम लिई प्रकाशित समेत भइसकेकोमा उजूर गरी बदर गराएको प्रमाण पेश गर्न नसकेको मोहीले पाएको ४ नं. जो.अ.नि.नियम ९ को संशोधित उपनियम ३ बमोजिम स्वतः प्रमाणपत्र सदर हुन गएकोले सो नियम अनुसार मोही प्रमाणपत्रको माग गरी प्