निर्णय नं. ७१६ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७१६ - अंश भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/08/27 २३१९ निर्णय नं. ७१६ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको देवानी फुल बेञ्च नम्बर १९१ फैसला भएको मिति : २०२९।८।२७।३ मा निवेदक : का.जि.बत्तिसपुतली बस्ने मुरारीशमशेर ज.ब.रा.समेत विरूद्ध विपक्षी : ऐ.ऐ.बस्ने मनोरमा राणा मुद्दा : अंश (१) लोग्ने स्वास्नीको ४ नं.को अवस्थामात्र देखाई नालेस गरेको नभई अंशबण्डाको १० नं.को आधारमा नालेस गरेमा उक्त अंशबण्डाको १० नं.भित्र पर्न आउने, लोग्ने स्वास्नीको महलको ६ नं.को हदम्याद नलाग्ने । सर्वप्रथम लोग्ने स्वास्नीको ६ नं.का म्यादभित्रको वादीको नालेस नभएको भन्ने निवेदक प्र.तर्फका विद्वान अधिवक्ताको मुख्य जिकिर भएको हकमा वादीले नालिस गर्दा लोग्ने स्वास्नीको ४ नं.मा उल्लेख भए बमोजिममात्र कसूर देखाई सोही ४ नं. बमोजिम अंश छुट्याई पाउँ भनी दावी गरेको भए सोही महलको ६ नं.को हदम्याद लाग्ने पनि प्रश्न उठ्ने थियो तर वादीले नालेस गर्दा लोग्ने स्वास्नीको ४ नं.को मात्र अवस्था देखाई सो ४ नं.अन्तर्गत अंशमा दावी गरेकी नभई मलाई कुटपिट गरी खान लाउन नदिई घरबाट निकाला गरेको हुँदा अंशबण्डाको १० नं. बमोजिम फिराद गर्न आएको छु भनी अंशबण्डाको १० नं.को आधारमा नालेस गरेकी र उक्त अंशबण्डाको १० नं.हेर्दा छोरा स्वास्नीलाई खान लाउन नदिई राख्न पनि हुँदैन इज्जत आमद अनुसार खान लाउन दिनै पर्छ नदिए अंश दिनु पर्छ भन्ने उल्लेख भएकोबाट मुख्य खान लाउन नदिएको भन्ने कुराले वादीको नालेस दावी उक्त अंशबण्डाको १० नं.भित्र पर्न आउने देखिन्छ त्यसकारण लोग्ने स्वास्नीको ६ नं.को हदम्याद लाग्ने भन्न मिलेन । (प्र.नं. ९) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : अधिवक्ता लवदेव भट्ट उल्लिखित मुद्दा : (टिकादेवी थपेनी वि.पवित्रा कुमारी, अंश) फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ को महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : विपक्षी मुरारीशमशेरको म विवाहिता श्रीमती हुँ म बाट २ छोरा पैदा भइसकेपछि धन भन्ने लक्ष्मीलाई सौता ल्याएपछि १९।३।१५ का दिन पति र सौताले कुटपिट गरी निकाल्नु भयो कुटपिट गरी खान लाउन नदिई निकालेका दिनदेखि बगैंचामा सानो घरमा बसेको छु । मलाई कुटपिट गरी खान लाउन नदिई घरबाट निकाला गरेको हुँदा अंशबण्डाको १० नं. बमोजिम फिराद गर्न आएको छु । अंशबण्डा गर्नु पर्ने विपक्षी २ जना र मेरा छोरा २ मसमेत ५ जना हुँदा मानो छुट्टिएको १९।३।१५ कायम गरी २ छोराको विवाह खर्च पर सारी मेरो १ भाग अंश दिलाई पाउँ भन्नेसमेत वादी । ३. वादी ल्याईता हुन् निजबाट २ छोरा जायजन्म भए पनि निजकै सल्लाहबाट लक्ष्मीराज्यलाई विवाह गरेको हामी सबै सगोलमै छौं वादीलाई कुटपिट गरी निकाला गरेको होइन निज हाम्रो बगैचाका घर बङ्गलामा नै बसेकी छ आजसम्म खाइलाईरहेकी छन् मेरो अचल सम्पति आजसम्म निजकै जिम्मा छ उनको जीवनको निर्वाह, छोराहरूको शिक्षा दिक्षा पनि हाम्रै सगोलको सम्पत्तिबाट भइरहेको हुँदा अंश दिन नपर्ने भएकोले नालेस खारेज गरिपाउँ भन्ने समेत प्र.मुरारीशमशेर ज.ब.रा.१ धन भन्ने लक्ष्मीराज्य लक्ष्मी राणाको संयुक्त प्रतिव