निर्णय नं. १२८६ - बण्डा बदर गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२८६ - बण्डा बदर गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०८/२१ २९८३ निर्णय नं. १२८६ ने.का.प. २०३६ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको दे.फु.नं. २५ फैसला भएको मिति : २०३६।८।२१।६ मा निवेदक : का.जि. का.न.पं. वडा न.२२ अन्तर्गत खिचापोखरी बस्ने माधव घले विरूद्ध विपक्षी : का.न.पं. वा.नं. २२ अन्तर्गत खिचापोखरी बस्ने रेवतीकुमारी घलेसमेत मुद्दा : बण्डा बदर गरिपाउँ (१) अंशबण्डाको १६ नं. बमोजिम अविवाहिताले अरू अंशियारले पाउने अंशको आधा अंश पाउनेमा अरू अंशियारले पाउने सरह नै अंशबण्डा गरेको मिलेको नदेखिने । (प्रकरण नं. १३) फैसला न्या. त्रैलोक्यराज अर्याल : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याई पाउँ भनी निवेदक वादी माधव घलेले चढाएको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहोर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भएका हुकुम प्रमाङ्गी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. मुद्दाको विवरण यस प्रकार छ : आमा मच्क्षे भाउजू, सरिता दिदीसमेत संगै बस्न नसकी ०२८।४।२३ मा घरसारमा बण्डापत्र खडा गरी २४ गते पास गरी मानो छुट्टी बेगल बसेकी पास भई बेग्लै बसे पनि बण्डा गर्दा अंश पाउनेको अंशबण्डा गर्नुपर्छ भन्ने अंशबण्डाको २ नं. र उमेर पुगी विवाह नभएकी छोरीले आधा अंश पाउँछ भन्ने अंशबण्डाको १६ नं. मा व्यवस्था भएको, अंशबण्डा सो बमोजिम नभई घटी भएको, खिचापोखरीको घर आमा र भाउजू समेत जना ३ ले बराबरका दरले पाउने र अविवाहिता दिदी सरिताले मैले पाउनेमा आधा भाग पाउनेमा सरिता समेत ४ जनालाई बराबर भागबण्डा लगाएको बण्डापत्रबाट देखिएकै छ । यस्तो आमा रेवतीकुमारीलाई १ नाले घर बढी र छोरी सरितालाई फिरादी सरह नपाउने घटी बढी पारी व्यहोरा समेत जनाई गरेको ०२८।४।२४ को बण्डापत्र बदर गरिपाउँ भन्ने समेत ०२८।७।२२।२ को माधव घलेको फिराद । ३. रेवती बृद्ध र सरिता अविवाहिता भएकोले निजहरूलाई केही बढी भए पनि निजका शेषपछि म समेतका अंशियारले पाउने भन्ने लेखिएको घटी बढी पारी बढी भएको कानूनले बदर हुने भए मैले पाएको बण्डा घर मर्मत गरिसकेको मेरो भाग सदरै राखी रेवतीले बढी लिएको घरबाट भागबण्डा बमोजिम सरितालाई बढी देखिएको कट्टा गरी छुट्टाई पाउँ भन्ने समेत मच्छे घलेको प्रतिउत्तर रहेछ । ४. वादीले आफ्नो भागमा परेको घर धमाधम बिगार्नु बनाउनु गरी रहेको म रेवतीले आफ्नो निजी हकको बण्डा गर्नु नपर्ने घर पनि सबैलाई धर्म सम्झी भाग लगाई दिइसकेको कुरामा म बृद्ध रेवतीलाई र मेरो हेरचाह पालन पोषण टहल गरिरहने म सरितालाई दुःख दिने कुनियतमा लागी नालेस गर्नु हो निजका दावा अनुसार पास बण्डापत्र बदर वातिल गर्न हाम्रो मञ्जूर छैन भन्नेसमेत रेवतीकुमारी घले तथा सरिता घलेको संयुक्त प्रतिवादी रहेछ । ५. आमाको भाग बढी रहेकोलाई जिउनी उल्लेख भएको बण्डापत्रमा देखिन नआएको र विवाह नभएकी छोरी सरिताले छोरा सरह अंश लिएको बण्डापत्रबाटै देखिएको समेतबाट ऐनको प्रतिकूल बण्डापत्रलाई चित्त नबुझे अंशबण्डाको ३२ नं. बमोजिम चित्त नबुझेका कुरामा उजूर गर्न पाउने भई कानूनी व्यवस्था भएकोले कानूनले पाउने भन्दा बढी लेखिएको जति बण्डापत्रको कुरालाई सदर मान्न नसक्ने हुँदा दावी बमोजिमको घरको बण्डामा घटी बढी भए सम्म बण्डापत्र बदर हुने ठहर्छ भन्ने समेत