निर्णय नं. १२८७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२८७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०८/२५ २२१३ निर्णय नं. १२८७ ने.का.प. २०३६ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३५ सालको रि.फु.नं. ४४ आदेश भएको मिति : २०३६।८।२५।३ मा निवेदक : कम्पनी ऐन अन्तर्गत रजिष्टर्ड सुनिलकुमार एण्ड कम्पनी प्रा.लि.मुख्य कार्यालय विराटनगरका अध्यक्ष का.जि. बागबजार बस्ने पुनमचन्द्र अग्रवाल विरूद्ध विपक्षी : श्री कर फछर्यौट आयोग बबरमहल काठमाडौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) न्यायोचित अनुमानबाट खुद आय कायम गरी कर निर्धारण गर्न कानूनले जुन पूर्वावस्थाको अनिवार्यता गरेको छ सो कुनै पनि पूर्वावस्था निर्णयमा उल्लेख गर्न नसकेको अवस्थामा विपक्षी कर फछर्यौट आयोगले न्यायोचित अनुमानको आधारमा खूद आय कायम गरेको र सो खूद आयको आधारमा कर अधिकृतले कर निर्धारण गरेको कानूनी त्रुटि देखिने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरु श्री शम्भुप्रसाद ज्ञावाली र श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय आदेश न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट ०३५।४।४।४ मा भएको निर्णय दोहर्‍याई पाउँ भनी निवेदकले दिएको निवेदनमा न्यायिक समितिबाट भएको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहोर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी बमोजिम मुद्दा दोहरी निणयार्थ यस फुल बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : करदाता श्री सुनिलकुमार एण्ड कम्पनी प्रा.लि.विराटनगरको आ.व.०३१।३२ श्रा.आ.को फाइल आयोग समक्ष पेश हुँदा कम्पनीका डाइरेक्टरहरू श्री पुनमचन्द्र अग्रवाल र श्री सुरेसचन्द्र अग्रवाल उपस्थित भई समुद्रपार व्यापारिक खरीद इन्भ्वाईस र बिक्री विलले देखाएको रकम वास्तविक भन्दा कम हुने र सो बाहेक लेनदेन पनि हुने र त्यस्तो रकम हिसाब किताबमा नलेखिने भए तापनि वासलत र नाफा नोक्सानी हिसाबले देखाएको खुद आय वास्तविक हो भनी मौखिक भनेकोमा खरीद र विक्रीको अङ्क नै साँचो नभएपछि खुद आय वास्तविक हुन नसक्ने स्पष्ट देखियो । त्यसकारण कम्पनीले प्रस्तुत गरेको हिसाब किताबलाई मान्यता दिन मिल्ने देखिएन, अतः न्यायोचित अनुमानको आधारमा खूद आय कायम गर्ने गरी कर फर्छ्यौट आयोगबाट निर्णय भए बमोजिम आ.व.०३१।३२ को लागि आयकर रू.६,८१,७३३। छ लाख एकासी हजार सातसय तेत्तीस रूपैयाँ सो रूपैयाँ कर निर्धारण गर्ने निर्णय भएकोले सो बमोजिम यो आदेश प्राप्त भएको मितिले ३५ दिनभित्र राष्ट्र बैंक विराटनगरमा दाखिला गर्न ५ प्रति भौचर यसैसाथ प्रस्तुत गरिएको छ भनी कर कार्यालय को.अं.विराटनगरबाट ०३४।१।८।४ मा निर्णय भएको रहेछ । ३. उपर्युक्त निर्णय बदर गरिपाउँ भनी रिट निवेदनमा लिएको जिकिर यस प्रकार छ : आ.व.०३१।३२ श्रा.आ.को कर अदातलबाट आएको विवरण प्राप्त भएपछि कर अधिकृतले सो विवरणको आधारमा आयकर निर्धारण गर्नु भन्ने आय कर ऐन, २०३१ को दफा ३३ (१) मा कानूनी व्यवस्था भएको, आयोगले कुनै करको सम्बन्धमा कारवाही गर्दा आयोगलाई सो कर सम्बन्धी प्रचलित कानून बमोजिम श्री ५ को सरकार कर विभागका महानिर्देशक तथा कर अधिकृतलाई भएको सबै अधिकार प्राप्त हुने छ भन्ने कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफ