निर्णय नं. १२८८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२८८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०८/२५ १९५३ निर्णय नं. १२८८ ने.का.प. २०३६ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् ०३५ सालको रि.फु.नं. ३४ आदेश भएको मिति : २०३६।८।२५।३ मा निवेदक : का.जि. १५ कमलपोखरी बस्ने ठे.गौतमबुद्ध प्याकुरेल विरूद्ध विपक्षी : कर कार्यालय महाकाली अञ्चल महेन्द्र नगरसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) आयकर ऐनमा व्यवस्थित कुनै आधारको अवलम्बन नगरी हचुवा किसिमबाट निवेदकको आय कायम गरेको कानूनी त्रुटि देखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शुशीलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या. घनानाथ पन्त : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट ०३५।४।२२ मा निर्णय हुँदा माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी राय बाझी निर्णयार्थ यस फुल बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : करदाता गौतमबुद्ध प्याकुरेलको आर्थिक वर्ष ०२९।०३० र ०३०।०३१ सालको क्रमशः कुल आय रू.७७,०९९। मानी रू.२५,९५४।४५ र रू.२५,९५४।४५ कर निर्धारण गरी आर्थिक वर्ष ०२९।०३० मा रू.५०। जरिवाना समेत गरी अघि आय करको रकम रू.८,८४२।५० असूल भएको कट्टा गरी क्रमशः आ.व.०२९।०३० को रू.१७,१६१।९५ र ०३०।०३१ को रू.२५,९५४।४५ असूल गर्ने गरी कर फर्छ्यौट आयोग ऐन, ०३३ बमोजिम गठित कर फर्छ्यौट आयोगद्वारा अधिकार प्रत्यायोजन भई आए बमोजिम भनी कर कार्यालय महाकाली अञ्चलबाट कर निर्धारण आदेश भएको रहेछ । ३. उपर्युक्त निर्णय बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदनमा लिइएको मुख्य जिकिर यस प्रकार छ : आयकर ऐन, ०२९ अन्तर्गत कर असूल तहसिल गरी कञ्चनपुर प्रधान वन कार्यालय महेन्द्रनगरमा निवेदकको ठेक्काको डिपोजिट रोक्का रहेकोबाट ठेक्कामा लाग्ने आयकर कटाई बाँकी रकम निवेदकलाई फिर्ता गरिसकेको र ०३१ साल आषाढबाट तीनवर्ष पछि बिना कानूनी आधार बेगर पुनः सोही ठेक्काको बढी कर माग गरी दोहरो कर निर्धारण गर्न नमिल्ने प्रष्ट छ । प्रस्तुत आयकर सम्बन्धी ०२९।०३० र ०३०।०३१ आर्थिक वर्ष दुइमा कुल जम्मा ठेक्का रू.७,००,९००। को मात्र काम भएको छ, निवेदकलाई नोक्सानी भएको छ तापनि सामान्यतः स्वदेशी ठेकदारलाई ठेक अङ्कमा रू.१०। प्रतिशतले र विदेशी अस्थायी ठेकदारलाई १५। प्रतिशतले ठेक अङ्कमा आय कायम गरी न्यायोचित तरिकाले आयकर निर्धारण हुने गरेको र सो बमोजिम निवेदकको रू.७,००,९००। को ठेक्का रकमलाई दुवै आर्थिक वर्ष ०२९।३० र ०३०।३१ मा काम चलेकोबाट विभाजन गरी तत्कालीन दरबन्दी अनुसार लाग्ने कर रू.८,८४२।५० डिपोजिट रकमबाट असूल गरी बाँकी रकम फिर्ता भएकोमा चित्त बुझाई बसेकोमा आर्थिक ऐन, ०३१ को अनुसूची ५ को उपदफा ४ ले विदेशी लकडी ठेक्दारलाई ठेक अङ्कको १५। प्रतिशतले खुद आय कायम गर्ने कानूनी व्यवस्था भएको देखिन्छ । कूल आयमा कर लाग्ने होइन कुल आम्दानीमा खर्च कटाई खुद आय कायम गरी कर निर्धारण हुन्छ, कुल आम्दानी खुद आय कुनै अवस्थामा हुन सक्दैन, कर फर्छ्यौट आयोग ऐन, ०३३ को दफा (५) ले आयोगले फर्छ्यौट गर्नुपर्ने कर सम्बन्धी विषय र त्यसको किसिम ०३३।११।२४ को राजपत्रमा प्रकाशित छ र आयोगको अधिकार ऐनको दफा ६ मा भएको अन्तर्गत एकपटक असूल गरी फरफारक गरिसकेको विषयमा पुनः कर निर्ध