निर्णय नं. ७१८ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१८ - जग्गा खिचोला भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/10/09 २००५ निर्णय नं. ७१८ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०२६ सालको दे.फु.नं. १०२ फैसला भएको मिति : २०२९।१०।९।६ मा निवेदक : का.प.जि.बनेपा सोधाटोल बस्ने अष्टनारायण मानन्धर विरूद्ध विपक्षी : ऐ.बनेपा दछुटोल बस्ने जगतमान बोडे श्रेष्ठसमेत मुद्दा : जग्गा खिचोला (१) भोग तिरो भइराखेको कुरामा विरोध नभए भोग तिरोबाटै जग्गामा हक पक्का भइसकेको मान्न पर्ने । मुख्य १९९६ सालको विर्ताको लगतमा झगडा परेको बहिबु खेत वादीको बाबु विसनारायणको नाउँमा दर्ता भएको सो दर्ता बदर गरिपाउँ भन्ने तर्फ तत्काल प्रचलित जग्गा मिच्नेको २१ जग्गा पजनीको ३४ नं.को म्याद २ बर्ष भित्र उजूर गरी बदर गराउन प्रतिवादी धनमायाले नसकेकी र ८३ सालदेखि भोग तिरो वादीतर्फबाटै भइराखेको भन्ने कुरामा विरोध नभएकोले दर्ता भोग तिरोबाटै जग्गामा वादीको हक पक्का भइसकेको मान्नु पर्ने यस स्थितिका सबूद प्रमाण सहितको भोगबन्धकीमा दिएको भन्ने प्रतिवादीहरूको मौखिक जिकिरसम्मको आधारमा भोगबन्धकी कायम गर्न नमिल्नेसमेत हुनाले अन्य विवादको कुराहरूमा विचार गरिरहनु परेन । (प्र.नं. १३) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यसबेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : हर्षमाया मानन्धर्नीबाट मेरो बाबु बिसनारायणले राजीनामा गरी १९८३ साल माघ ४ गते रोज २ मा बनेपा अ.मालबाट बहाली पूर्जी लिई बाबु छउञ्जेल बाबुले शेषपछि मैले भोग चलन तिरो भरो गरी आएको बहिबु खेत कित्ता २ को मुरी ।९।१० के पक्का १।१५।५ गहुँ ।४।६ धान ।९।२ चार दाम ।५ बुझाउनु पर्ने सो जग्गा मध्ये पूर्व बाटो पश्चिम भालालोको खेत उत्तर जहरमानको छोरी न्हुछेमायाको खेत दक्षिण जोगराम कुर्मीको खेत हाल राजमार्ग यति ४ किल्ला भित्रको माटो पुरी ।४ को जग्गामा ०२३ साल माघ ३ गते प्रतिवादीहरूले जवरजस्ती कब्जा गरी घर बनाएकोले ऐन बमोजिम सजाय गरी सो घर निजहरूले उठाई लैजान र मेरो जग्गामा मेरै हक सदर थामी पाउँ भन्नेसमेत वादी । ३. भालालोको खेतदेखि पूर्वको मट्टितेल, प्याट्रोल, मोबिल, डिजेल वितरण गर्न घर दोकान बनाएको माटो ।५।१० को कित्ता १ र भालालोको खेतदेखि पश्चिमको माटो मुरी ।४समेत बहिबु खेत ।९।१० र अरू खेत खला ३ समेत म जगतमानकी श्रीमती म केदारसिंकी आमा धनमाया मानन्धर्नीलाई निजकी आमा हर्षमायाले १९८२ साल जेष्ठ १७ गते दाईजोपत्र गरी दिएकी वादीको आमा पञ्चलक्ष्मी बाबु बिसनारायण धनमायाकी सानीआमा सानो बाबु भएकोले १९८२ सालमा रू.१५०। मा भोगबन्धकी दिएकी अरू खेत खला ३ घर आधि रजिष्ट्रेशन पास गरी वितरण गरी सकेकी बन्धकीमा भोग गरेकोमा भूमिसुधारमा उजूर गर्ने हो कि सल्लाहबाट छाडी दिन्छौं भन्दा भालालोको खेतदेखि पूर्वको १ कित्तामा घर बनाउन ठाउँ पुग्छ बनाउ अरू जग्गा गहुँ बाली काटेपछि चाहिए छाडी दिउँला भनेकाले पूर्वपट्टिको जग्गामा घर दोकान बनाई बसेको हो अ.बं.८२ नं.समेतले वादीको उजूर नलाग्ने हुँदा वादी खारेज गरिपाउँ भन्नेसमेत जगतमान केदारमानको प्रतिवादी । ४. वादीमा हामीह