निर्णय नं. १२८९ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२८९ - लेनदेन भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०९/०१ २१२४ निर्णय नं. १२८९ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् ०३४ सालको दे.फु.नं. १६० फैसला भएको मिति : ०३६।८।९।१ मा पुनरावेदक : अं. नारायणी जि. पर्सा वीरगञ्ज वडा नं. ७ बस्ने मदनलाल माडवारी विरूद्ध विपक्षी : ऐ. जि. पर्सा गा.पं.देउखान वडा नं. ४ कल्याणपुर बस्ने मोहनदास थारू मुद्दा : लेनदेन (१) ऐन बमोजिम धनी ऋणी खडा भई ऋण कर्जा लिए दिए भन्ने बोली परी कानून अनुरूप तमसुक खडा भई लेनदेन भएको भन्ने रीतपूर्वकको तमसुक नभएमा १० वर्षको हदम्यादको सुविधा नपाउने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल फैसला न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्र.मदनलालको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३४।१२।४।६ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा तथ्य यस प्रकार छ : २. मदनलाल बनवारीलाल फारामबाट वीरगञ्ज बजारमा रहेको कपडा दोकानको प्रोपाइटर मनदलालले ०२१ साल कार्तिक बदी १५ अर्थात् ०२१।७।१९, गते मबाट रू.८,१६०। लिई आफ्नो हस्ताबाट चिट बनाई सही गरी दिनुभएको सो मध्ये रू.८०। सोही चिटमा जनाई दिई बाँकी रू.८,०८०। नदिएकोले विपक्षीबाट भराई पाउँ, लेनदेन व्यवहारको २ नं. को म्यादभित्र छ भन्ने समेत मोहनदास थारूको ०३०।१।२७।४ को फिरादपत्र । ३. वादी लेखाई अनुसार लिए दिएको कुनै कुरा होइन हामी दाजु भाइ भिन्न हुनु अगावै ०२० साल आषाढ अघी निजसँग मैले र भाइ ठाकुरप्रसाद समेतले कारोबार गरी आएको थियो, यो रूपैयाँ यो यसले बुझाउने भनी ०२२।१।१५ गतेमा खाता बनाएको कायम राखी ०२८ साल माघ महीनामा हामीहरूको लिखत भएको थियो उक्त रूपैयाँ तिर्नु पर्ने भएमा पनि भाइ ठाकुरप्रसादले तिर्नुपर्ने मैले तिर्न पर्ने होइन भन्ने समेत मदनलालको प्रतिउत्तरपत्र । ४. देखाइएको कागज मोहनदाससँग रूपैयाँ सापट लिई गरी दिएको होइन । मोहनदाससँग मदनलालको लिन बाँकी रू.८१६०। बुझी कागज लेखी दिएको हो भन्ने समेत वनवारीलालको बयान । ५. वादीको लिनुपर्ने रूपैयाँमा प्र.ले कागज गरी दिएको हो भन्नेसमेत वा.रामप्रसादको बयान । ६. यो ऋण मदनलालले नै तिर्नु पर्ने हो भन्ने समेत ठाकुरप्रसादको बयान । ७. प्रतिवादीले नै टिपन गरी दिएको देखिँदा प्रतिवादीबाट वादीले भरी पाउने ठहर्छ भन्ने समेत पर्सा जिल्ला अदालतको ०३०।१०।२९ को फैसला । ८. सो फैसलामा चित्त बुझेन भन्ने समेत प्र.मदनलालको पुनरावेदन पत्र । ९. लेनदेन व्यवहारको १ नं. बमोजिमको लिखत नदेखिएको चिट प्रमाण लिन नमिल्ने हुँदा वादीको फिराद खारेज हुने ठहर्छ भन्ने समेत ना.अंअदालतको ०३१।५।२३ को फैसला । १०. पुनरावेदनको अनुमतिपाउँ भन्ने समेत वादी मोहनदासको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्नेसमेत मध्यमाञ्चल क्षेत्रीय अदालत सिङ्गलबेञ्चको ०३२।८।१७ को आदेश । ११. वादीले प्रतिवादीबाट रू.८,०८०। भरी पाउने गरी शुरू पर्सा जि. अ.ले गरेको ईन्साफ मनासिव र नारायणी अञ्चल अदालतले खारेज गर्ने गरेको फैसला गल्ती ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३४।१।१९ को फैसला । १२. सो फैसलामा सार्वजनिक महत्