निर्णय नं. १२९० - दर्ताबदर समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२९० - दर्ताबदर समेत भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०८/२३ १८२५ निर्णय नं. १२९० ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् ०३५ सालको दे.पु.नं. ९१ फैसला भएको मिति : ०३६।८।२३।१ मा पुनरावेदक : भ.पु.जि. यालाछे ब्यासी बस्ने हाकुराम भन्ने न्हुछेबहादुर बासुकला विरूद्ध विपक्षी : ऐ.ऐ. बस्ने कर्णबहादुर बासुकला मुद्दा : दर्ताबदर समेत (१) नापी भई दर्ता भएको दिनले मुलुकीऐन जग्गामिच्नेको १८ नं. को २ वर्ष नघाई परेको उजूरी खारेज हुने । (प्रकरण नं. ११) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लिखित मुद्दा : पुनरावेदक सम्माती गोसाईको मु.स.गर्ने नविन्द्रनाथ गोसाई थारूको विरूद्ध श्यामलाल थारू भएको जग्गा खिचोला मुद्दा निर्णय मिति ०३३।३।२६।६ ने.का.प.०३३ को नि.नं. ९६५ फैसला न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतका मिति ०३४।९।१५।६ का फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको निवेदन परी डिभिजन बेञ्चका ०३५।४।२० का आदेशानुसार पुनरावेदनको अनुमति प्राप्त गरी लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारका रहेछ : २. ०८ सालको नापीमा काशिनाथ बासुकलाका नाउँमा भ.पु. लुकुण्डोल मौजाको सि.नं. १०५।३२३ न.नं. ४।१४ मा दर्ता भएको जग्गा रोपनी १०।।द्र मध्ये रोपनी १। मेरो बाबु कमलबहादुरका नाउँमा ०९।१२।२९ मा नाउँसारी भई ०११ सालमा बाबु परलोक भएपछि ०१९।२।२३ मा नाउँसारी गरी मेरा नाउँमा भइसकेपछि उक्त खेत विपक्षीले समेत कमाई बाली असूल गर्ने लगत कापीमा सहिछाप गरी बुझाएको छ, ०२१ साल देखिको बाली बाँकीमा यस अदालतमा नालिस परी कारवाही चलिरहेको छ । ०२२ सालमा नापी हुँदा मेरो १। छुट्टै देखाई नापी गर्नुपर्नेमा नदेखाई अरू जग्गामा घुसाई ०२३।४।७ मा दर्ता गराई ल्याए भन्ने ०२५।३।५ गते प्रमाणका मानिसद्वारा सुनी गई हेर्दा भ.पु.झौखेल गा.पं.वार्ड नं. ८(ग) कि.नं. ५११, ५२५, ५३४ र ५३७ मा प्र.न्हुछेबहादुरले ५–१४–२ कि.नं. ५१०।५१३ मा प्र.रामचन्द्रले १–९ प्र.तुल्सीभक्तले कि.नं. ५००, ५२६ बाट २–६ र प्र.मानकुमारीले ५०४, ५२७ बाट २–१०–० समेत दर्ता गराएको रहेछ । विपक्षीहरूले झुठ्ठा व्यहोराबाट गराएको दर्ता बदर गरी न्हुछेबहादुरबाट १–३ तुलसीभक्तबाट .।।। रामचन्द्रबाट .।।। पुनकुमारीबाट .।।। मेरो छुट्याई उक्त जग्गा रोपनी १–११–२ मेरै हक कायम गरिपाउँ भन्ने समेत ०२५।४।६ को फिरादपत्र । ३. वादी दावाको जग्गा मैले कमाएको छैन मैले आफ्नु हकबाट ०२२।१०।३ मा कि.नं. ५११, ५३४, ५२५, ५३७ को जग्गा दर्ता गरेको ०२३।४।१७ मा दर्ता गरेको ०२५।३।५ मा थाहा पाएको भनी २ वर्ष गुज्री सकेपछि डायर हुन नसक्ने नालिस म्यादभित्रको हुँदा खारेज गरिपाउँ भन्ने समेत हाकुराम भन्ने न्हुछेबहादुरको प्रतिउत्तर रहेछ । ४. अन्य प्र.तुल्सीभक्तसमेतले प्रतिवादी नदिई शुरू म्यादै गुजारी बसेको रहेछन् । ५. वादीको साविक बमोजिम १–५ वादीको हुनेमा साविक र हालको क्षेत्रफलको अनुपातमा हाल सर्भेको ठहर उक्त नम्बरको प्र.न्हुछेको दर्ताबाट ०–१२–३ प्र.तुल्सीभक्तको दर्ताबाट ०–२–३ प्र.मानकुमारीको दर्ताबाट ०–२–३ र प्र.रामचन्द्रको दर्ताबाट ०–२–३ समेत जम्मा १–५ जग्गा वादीको हक ठहर्छ भन्ने समेत शुरू भक्तपुर जिल्ला अदालतको ०३०।३।३१ को फैसला रहेछ । ६. उक्त इन्साफमा चित्त बुझेन भन्