निर्णय नं. ७१९ - जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७१९ - जग्गा भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/10/23 २४२८ निर्णय नं. ७१९ ने.का.प.२०३७ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२६ सालको दे.फु.नं. ९५ फैसला भएको मिति : २०२९।१०।२३।६ मा निवेदक : बझाङ्ग जुजीदरा दमृगाँउ बस्ने नवराज मिश्रसमेत विरूद्ध विपक्षी : ऐ.नौविसदरा सैनगाउँ मध्य भलाउने बस्ने मडेजमेलसमेत मुद्दा : जग्गा (१) जग्गाको मुख्य प्रमाण नै मोठ, श्रेस्तामा लेखिएको दर्तावाला जग्गाधनी मानिने । यसमा झगडा परेको कित्ता नं.२४६ को जग्गा वादी या प्रतिवादी मध्ये कस्को हक पुग्ने हो भन्ने कुराको निर्णयको लागि हेर्दा उक्त जग्गा ८९ सालको बझाङ्ग सर्पट महाजाँचको मोठमा २४६ नं.मोही गिठे चनारा भन्ने दर्ता भएको अद्यपि सो मोठ बहालै रहेको देखिन्छ बझाङ्ग राज्य अदालतमा वादी भवकेशरको र हरिशंकर कठायतको यसै जग्गामा मुद्दा परी वादी भवकेशरले जिती पाएको भन्ने बझाङ्ग राज्य अदालतको ९१।३।२७ को फैसलाको नक्कल वादी तर्फबाट पेश भएकोमा सो मुद्दाको छिनुवा मिसिल आउन नसकेको पेश भएको फैसलाको नक्कलको लेखबाट जग्गाको दर्तावाला गिठे चनारा उपर मुद्दा परेको नदेखिएको र गिठे चनारा दर्ताको जग्गा गिठेको हक छुट्ने ठहर निर्णय पनि सो फैसलाले नगरेको हुनाले त्यस्तो फैसलाको आधारबाट गिठे चनाराको हक टुटेको भन्न मिल्दैन, सो फैसलालाई आधार लिई गिठे चनाराबाट वादी भवकेशरका नाउँमा दर्ता दाखिल गर्ने गरी बझाङ्ग राज्य मालले ९६।३।१२।२ मा पर्चा गरेको र भवकेशरसँग रहेका रैतान पूर्जामा सो जग्गा भवकेशरको नाउँमा लेखी दिएको भन्ने हकमा बझाङ्ग राज्य अदालतको फैसलामा गिठेको दर्ताबाट भवकेशरलाई दर्ता दाखिल गर्ने भन्ने फैसला नभई हरिशंकरकोबाट भवकेशरले जग्गा जितेकोसम्म देखिन्छ सो फैसलालाई कार्यान्वित गर्न पर्चा गर्ने हो भने पनि हरिशंकरकै नाममा दर्ता भएको जग्गा छ भने सो जग्गासम्म भवकेशरको नाममा दाखिल खारेज गर्ने भनी पर्चा गर्न मिल्छ अदालतको फैसलामा नलेखिएको गिठे चनाराको दर्ता भवकेशरको नाउँमा सार्ने भनी पर्चा गर्न मालको अधिकार हुँदैन सो पर्चा भएको भनेको मिसिल झिकाउँदा आउन पनि नसकेको र मोठमा भवकेशरको नाउँमा गिठेबाट दाखिल खारेज हुन पनि नसकेको भवकेशरको साथमा रहेको सर्पट नापीले दिएको पूर्जामा दाखिल दर्ता हुनपर्छ भने त्यो सर्पट नापीबाटै हुन सक्ने कुरा हो सर्पट नापीबाट तयार भएको श्रेस्तामा पछि मालले थपी लेखी दिन मिल्ने पनि होइन यदि मालले दाखिल खारेज गर्नु थियो भने माल अड्डामा रहने गरी दाखिल खारेजको श्रेस्ता खडा गरी राखेको हुनु पथ्र्यो सो भएको पनि नदेखिएको हुनालेसमेत उल्लिखित बझाङ्ग राज्य मालको पर्चा र बझाङ्ग राज्य मालले भवकेशरको नाउँमा सर्पट नापीले दिएको पूर्जाको पुछारमा थपी लेखी दिएको वेरीतको श्रेस्तासमेतका आधारबाट सर्पट नापी लेख्दा गरेको मोठ बमोजिम ८९ सालदेखि अहिलेसम्म दर्ता कायम रहेको गिठे चनाराको हक दर्तामा अन्यथा हुने भन्न मिल्दैन जग्गाको मुख्य प्रमाण नै मोठ श्रेस्तामा लेखिएको दर्तावाला जग्गाधनी मानिने प्रमाण भन्नु पर्ने भएको र उसै माथि उक्त गिठे दर्ताको २४६ नं.कित्ताको जग्गामा प्रतिवादीहरूबाट घरबास गरी भोग चलन भएकोसमेत नक्साबाट देखिन आएको हुनाले गिठे दर्ताको सो कि.नं.२४६ को ठहराएको जग्गामा वादीहरूको हक पुग्न नसक्ने ठहराएको डिभिजन बेञ्चको निर्णय