निर्णय नं. १२९३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२९३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०९/०३ २१४८ निर्णय नं. १२९३ ने.का.प.२०३६ फुल बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको रि.फु.नं. ३१ आदेश भएको मिति : २०३६।९।३।३ मा निवेदक : जि. सप्तरी हनुमाननगर गा.पं.अन्तर्गत बरसाईन बस्ने मिथिलेशकुमारी विरूद्ध विपक्षी : श्री भूमिप्रशासन कार्यालय सप्तरी समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अ.बं.७२ नं. र अ.बं.१८५ नं. मा भएको कानूनी व्यवस्था बमोजिम छुट्टाछुट्टै परेको निवेदन उजूरीमा छुट्टाछुट्टै निर्णय गर्नुपर्नेमा सो नगरी ३ वटै उजूरी निवेदनहरूमा एउटै निर्णय गरेको कानूनको प्रतिकूल देखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय, विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर फैसला न्या. हेरम्बराज : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहोर्‍याई पाउँ भनी निवेदकले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएका हुकुम प्रमाङ्गी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य र निवेदन जिकिर यस प्रकार छ : जि. सप्तरी कुसहा पञ्चायत वडा नं. ८(क) मा कि.नं. ५६–७३–१०८–११० समेत जग्गा पिता धनराज आफ्नो कालगतिले मरेको निजको नाउँ दर्ताको जग्गा हाम्रा नाउँमा नामसारी गरिपाउँ भनी निवेदिका तारिखमै रहेको अवस्था ०२६।११।११ मा विपक्षी भैरोदान र टिकमचन्द्रको बेग्ला बेग्लै विपक्षी कार्यालयमा निवेदनपत्रहरू पर्न आएको रहेछ, मेरो कारवाई मिसिल र टिकमचन्द्र समेतको कारवाईको मिसिल दुवै सामेल गरी कारवाई चलाई इन्साफ गरिपाउँ भनी मैले ०३० साल आषाढमा निवेदन चढाएकोमा सूचना प्रकाशित मिति ३५ दिनभित्र कसैको पनि हक दावी उजूर पर्न नआएको पञ्चायतले पनि धनराजको हक खाने दुई छोरा टिकमचन्द्र र भैरोदान बाहेक अरू कोही छैन भन्ने लेखी पठाएको र फिल्डवुक उतारमा यो जग्गा धनराजको हो भनी लेखिएको र दाखेल खारेज फाँटले पनि कि.नं. ७५।७१।१०८।११०।७२।७३।७४ समेत ०२४ सालको अंशबण्डा बमोजिम दाखिल खारेज निज टिकमचन्द्र र भैरोदानको नाउँमा भएको हो निर्णय मिति ०३१।८।३ हो भनी प्रमाणित गरिदिएकोले अंशबण्डा बमोजिम उक्त धनराजको फाँटमा हाल नं. ५५ को ०–१६–० कि.नं. ५६ को २–१३–११ जग्गा निजको शेषपछि हक खाने टिकमचन्द्र र भैरोदान माडवारी भएकोले निजहरूको नाउँमा मर्ता धनराजको नाउँबाट खारेज गरी निवेदक टिकमचन्द्र र भैरोदानका नाउँमा जग्गा पजनीको नं. २ कं.बमोजिम रू.१०। दस्तूर लिई संयुक्त नामसारी दर्ता गरी दिने र विपक्षी मिथिलेशकुमारीलाई यो निर्णयबाट चित्त नबुझे अदालतबाट आफ्नो कारवाई चलाउन जानु भनी सुनाउने गरी निर्णय गरी दियौं भन्ने समेत गरी ०३२।१।२५ मा विपक्षी कार्यालयबाट निर्णय भएको रहेछ । ३. उपरोक्त मुद्दा हेर्ने अधिकार भूमिप्रशासकलाई भएकोमा शाखा अधिकृतले निमित्त भूमिप्रशासक भई हेरी निर्णय गरेको अनधिकृत भई बदर हुनुपर्ने प्रष्ट छ । निवेदिकाले कि.नं. ५५ तथा कि.नं. ५६ को उपरोक्त जग्गाको दर्ता सम्बन्धमा २०२७ सालमा नै विपक्षी कार्यालयमा कारवाही चलाई सकेपछि विपक्षी टिकमचन्द्र र भैरोदानले सोही कि.नं. को सम्बन्धमा ०२९ सालमा नाउँसारी दर्त