निर्णय नं. १२९४ - न.पं.पोखरा वडा नं. ९ बस्ने खुरेन्द्रमान माकजू
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १२९४ - न.पं.पोखरा वडा नं. ९ बस्ने खुरेन्द्रमान माकजू भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०१/११ १९५४ निर्णय नं. १२९४ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको रिट नं. ५९२ आदेश भएको मिति : ०३६।१।११।३ मा निवेदक : न.पं.पोखरा वडा नं. ९ बस्ने खुरेन्द्रमान माकजू विरूद्ध विपक्षी : श्री अञ्चलाधिश, गण्डकी अञ्चलाधिश कार्यालय पोखरा समेत विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ (१) जग्गा प्राप्ती ऐनको दफा १९ तथा नियमावलीको नियम ४ बमोजिम क्षतिपूर्तिको अंक कायम गर्दा अपनाउनु पर्ने कानूनी प्रकृयाहरू सबै अपनाई प्रस्तुत केशमा निर्णय भएको हो भन्ने कुरा अञ्चलाधिश कार्यालयको लिखितजवाफबाट र सम्बन्धित फाइल समेतबाट नदेखिनाले प्रत्यर्थीको उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री मोहनप्रसाद शर्मा आदेश न्या. विश्वनाथ उपाध्याय : प्रत्यर्थीहरूबाट जग्गा प्राप्त गर्ने गरेको सम्पूर्ण कारवाई सहितको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ । २. मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : श्री ५ को सरकार अञ्चलाधिश कार्यालय (विविध फाँट) ले श्री खुरेन्द्रमान माकजू पोखरा न.पं. वडा नं. ९ लाई ०३५।२।१६ मा पोखरा न.पं. वडा नं. ९ अन्तर्गत संस्थान क्षेत्रको लागि अधिग्रहण भएको जग्गामा तपाईंं समेतको जग्गा परेकोले सो जग्गाको मुआब्जा दिने सम्बन्धमा तपाईंलाई सूचना गरिएको छ सूचना पाउनु भएको मितिले सात ७ दिनभित्र आफ्नो जग्गाको मुआब्जा बुझी हक छाडी कागज गर्न यस कार्यालयमा जग्गाको सक्कल प्रमाणहरू समेत लिई उपस्थित हुन आउनु होला, अन्यथा कानून बमोजिम हुनेछ भन्ने पत्र लेखेको रहेछ । ३. प्रत्यर्थी जिल्ला कार्यालयले पश्चिमाञ्चल प्रस्तावित केन्द्रीय संस्था स्थापनाको लागि जग्गा चाहिने भनी ०३३।५।३१।३ मा एउटा सूचना प्रकाशित गरेको थियो सो सूचनामा अरूको जग्गाको अतिरिक्त ३३६ फुट लम्बा २ १/२ फुट उचा पर्खाल समेत भएको कि.नं. ३३७ को जि. मु.केशरवीर जिम्माको द.नं. ९३६.वीरबहादुर दर्ता भन्ने जनिएको विजन माना ।.।६ जाने जग्गा रोपनी २–६–२ मेरो हक भोग र दर्ताको जग्गा समेत लेखिएको थियो । अञ्चलाधिश कार्यालयको ०३५।२।१६।२ को मुआब्जा दिने सम्बन्धको पत्र आएपछि बुझ्न जाँदा विभिन्न कम्पनी बैंङ्क इत्यादीलाई जग्गा दिनको लागि ०३३।११।१७ मा भएका निर्णय अनुसार तपाईंंको जग्गा लिइने भएको हो । तपाईंंको जग्गा २–६–२ भए पनि अरू जग्गा बाटोको ३० मिटर भित्र पर्ने भएकाले मुआब्जा पाउनु हुन्न पर्खालको १५०० चानचुन र ०–३–०–१ जग्गाको रोपनी १ को रू.६०००। का दर पर्ने रूपैयाँ पाउनु हुन्छ कम्पनीलाई रोपनी १ को रू.१२००० चानचुनमा हामी लिन लगाउँछौ भन्ने अञ्चलाधिशबाट जवाफ पाईयो, कागजका नक्कल पाइएन त्यस ठाउँमा रोपनी १ को ३५ हजारमा पनि जग्गा पाइँदैन सो भन्दा बढी दरमा खरीद बिक्री चलेको छ । सहरी क्षेत्र भित्रको जग्गा बाटाको छेउ पर्दैमा ३० मिटरको मुआब्जा नपाउने कानून पनि छैन र कम्पनीले ऐन बमोजिम जग्गाधनीले नमानी जग्गा लिन लगाउन पाउने कानून पनि छैन तथा कम्पनीसँग बढी रकम लिई जग्गाधनीलाई घटी रूपैया दिने कानून पनि छैन जग्गा प्राप्ती ऐन, २०१८ बमोजिम