निर्णय नं. ७२० - जग्गा हटक
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२० - जग्गा हटक भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/07/15 २१७९ निर्णय नं. ७२० ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२७ सालको दे.फु.बे.नं. १०६ फैसला भएको मिति : २०२९।७।१५।३ मा निवेदक : सल्यान वगाड गौरी कटेरी बस्ने हर्कसिं कँवरको सकार गर्ने उज्यालो कँवर्नीसमेत विरूद्ध विपक्षी : ऐ.बस्ने जि.भोलाप्रसाद बुडासमेत मुद्दा : जग्गा हटक (१) ल्याप्चे सहिछाप अप्रष्ट भएको कागज प्रमाण लाग्न नसक्ने । मिसिल हेर्दा गिमीले नन्दलाललाई राजीनामा गरी दिएको खेतहरू गिमीको लोग्ने जोखेका भागबण्डामा परेको भन्ने कुरा वादीहरूले पनि स्वीकार गरी राखेको पाइन्छ । गिमीको लोग्ने जोखेले हाम्रो बाबु थुमालाई रू.९० मा ९५।१।१५।४ मा राजीनामा गरी दिएकोबाट जोखेको भागबण्डाको खेतसमेत हाम्रो बाबु थुमाको नाममा दर्ता भई भोग तिरो गरी आएको भन्ने वादी पक्षको मुख्य भनाई भएको हकमा सो ९५।१।१५।४ को राजीनामामा लागेको कारणीको ल्याप्चे सहिछाप ज्यादै अप्रष्ट भएको भनी विशेषज्ञले लेखी दिएकोबाट तत्काल प्रचलित कागज जाँचको २० हालको कागज जाँचको ५ नं.ले त्यस्तो कागज प्रमाण लाग्न नसक्ने हुँदा त्यस कागजका आधारमा जोखेको जग्गा हक टुटेको भन्न मिलेन । (प्र.नं. ९) (२) एकको भागमा परेको अन्य प्रमाणबाट देखिन्छ भने त्यस्तो जग्गा अर्कै अंशियारको नाममा दर्ता रहन गएकोमा कानूनबमोजिमको लिखत बेगर दर्तावालको भन्न मिल्ने नदेखिने । झगडा परेको खेत ९८ सालको मोठमा थुमाका नाममा दर्ता भएको धेरै बर्षको तिरो तिरेको रसिद पनि निज थुमाकै नाममा भएकोले कसो हो भन्ने तर्क उठेको हकमा सो जग्गा गिमीको लोग्ने जोखेको भागबण्डाको होइन भन्न वादीहरूले नसकेको र एकाको अंश भागमा परेको अन्य प्रमाणबाट देखिन्छ भने त्यस्तो जग्गा अंश भाग पाउनेले आफ्नो नाममा नामसारी नगराई अर्को अंशियारकै नाममा दर्ता कायम रहन गएकोमा जस्को अंश भाग हो उसको हक टुटेको कानून बमोजिमको लिखत बेगर दर्ता र जस्का नाममा दर्ता छ उसकै नामबाट चल्ने तिरो भरोको रसिदसम्मको नाताले दर्तावालाको हक पुग्ने भन्न मिल्ने देखिँदैन । यस्तै दे.फु.नं. १४२ वादी षडानन्द पाध्या विरूद्ध हरिभक्तसमेतको जग्गा जालसाजी मुद्दामा ०२९।२।२४।३ को फुल बेञ्चबाट निर्णय हुँदा सतिदेवीको अंश भागमा परेको जग्गा निजले आफ्नो नाममा नामसारी नगराई खडानन्दको नाममा दर्ता कायम राखेको भए पनि अंशियार मध्येको वादीको नाममा दर्ता कायम रहेकोसम्म नाताले जग्गा वादीको हकको भन्न ठहराउन मिल्दैन तिरोको हकमा दर्तावालाकै नामबाट तिरो बुझाई रसिद लिएको पनि हुन सक्छ सतीदेवीको हक कायम भइराखेको जग्गा तिरो तिरेको रसिद वादीको नामको हुँदैमा वादीको हुन पनि सक्दैन भन्ने ठहर भइराखेको पनि छ । (प्र.नं. १०) विपक्षी तर्फबाट : अधिवक्ता सुधानाथ पन्त उल्लिखित मुद्दा : ( दे.फु.नं. १४२, षडानन्द पाध्य वि.हरिभक्तसमेत, मुद्दा जग्गा खिचोला) फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ को महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : जेठो हामीहरूको बाबु थुमा, माइलो प्रतिवादी गिमीको लोग्ने जोखे, कान्छो फते ३ भाइ ८७ सालमा भिन्न भई जोखेको भागबण्डामा परेको मुरी ।६।१७ निजले रू.९