निर्णय नं. १२९६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२९६ - उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०७/०८ १९५५ निर्णय नं. १२९६ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३५ सालको रिट नम्बर ९९८ आदेश भएको मिति : २०३६।७।८।५ मा निवेदक : बागमती अञ्चल का.न.पं. वडा नं. २२ का जि. दुगंवहिल बस्ने नाति महर्जन विरूद्ध विपक्षी : काठमाडौं नगरपञ्चायत बैठक, काठमाडौं नगरपञ्चायत धर्मपथ समेत विषय : उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ को उपदफा (२) मा दफा ४८ को उपदफा (१) बमोजिम परेको उजूरबाट घर बनाउने जग्गामा तेरो मेरो हक बेहक छुटयाउन पर्ने देखिन आएमा अदालतबाट हक बेहक छुटयाई आएपछि मात्र नक्सा पासको कारवाही गर्नुपर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुली आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३५।९।११ मा दर्ता भएको रहेछ । २. तथ्य यस प्रकार छ : उत्तर नातीचा महर्जनको घर समेतको ४ किल्ला भित्रको का.जि. जुद्ध सडक नछेटोलको ब्लक नं. ६।३५८ को घर छाना भत्काई तला थपी नक्सा बमोजिम बनाउन पाउँ भन्ने समेत विपक्षी इच्छाहर्षको नक्सा दरखास्त, विपक्षीको घर देखि उत्तर पट्टीको मेरो किलास ६।। इन्च मिच्ने गरी नक्सा दरखास्त दिएको, ०२६।११।११।१ मा मुद्दा पर्दापर्दै न.पा.बेगर बनाई मेरो पाखा काट्ने गरी किलास मिची घर बनाई ल्याएको रोकी पाउँ भनी प्र.पं.ज्यूमा निवेदन दिएकोमा आवश्यक कारवाही गरी दिनु भन्ने आदेश भएको थियो, उजूरी दिइसकेपछि दिएको नक्सा दरखास्त खारेज गरिपाउँ भन्ने निवेदन नाति महर्जनको उजूरी र बनाउने भनेको घर म समेतको हक भन्ने समेत अष्टमानको सरजमीनमा उजूरी परेकोमा बनाउने घरमा हक बेहक पर्न आएकोले चित्त नबुझ्नेले अदालतमा नालिस गरी हक बेहक गर्न जानु भनी सुनाउने भन्ने ०२८।४।१० को नक्सा मुद्दा फाँटको पर्चा उपर विपक्षी इच्छाहर्षको पुनरावेदन परेकोमा अष्टमान समेतसँगको लिखत बदर मुद्दा वादी इच्छाहर्षले बनाउन नक्सा दरखास्त दिएको घर वादीको ठहरेको ओभरसियरको रिमार्क अनुसार गाह्रो इच्छाहर्षको घरसँग मिलान भई गएको भन्ने लेखिएकाले नक्सा पारित हुने ठहर्छ । हक बेहकमा पठाउने भन्ने शुरू नक्सा मुद्दा फाँटको पर्चा बदर हुने ठहर्छ भन्ने समेत विपक्षी काठमाडौं नगरपञ्चायत बैठकको मिति ०३५।८।७।४ को फैसला रहेछ । ३. रिट निवेदन जिकिर यस प्रकार छ : मेरो उजूरीमा विपक्षीको घर देखि उत्तर पट्टि मेरो किलास ६ ईन्ची मिचिने गरी नक्सा दरखास्त गरे भन्ने समेत प्रष्ट लेखिएकोमा सो ६ इन्ची मिचिएकोमा हक बेहक गरी नक्सा पास गर्ने भनी ठहर फैसला भएको छ सो नगरपञ्चायत ऐन, ०१९ को दफा १७ को (ढ) र उक्त ऐनको दफा ४९ को विरूद्ध छ । अ.बं.३५ नं. ले बदरभागी छ । सो फैसलाले मेरो कानूनी हकमा आघात भएको छ, का.न.पं.बैठकको ०३५।८।७।४ को निर्णय उत्प्रेषण लगायत जुन उपयुक्त हुन्छ आज्ञा, आदेश वा पूर्जी जारी गरी मेरो मौलिकहक प्रचलन गराइपाउँ भन्नेसमेत निवेदन जिकिर । ४. विपक्षीहरूसँग लिखितजवाफ लिई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।९।१७ को आदेश । ५. निवेदकको घर देखि दक्षिण तर्फ ६ इन्ची किलास मिच्ने गरी र पास भन्दा बढी घर नबनाएको हक बेहक गर्नपर्ने दे