निर्णय नं. ७२१ - ठेक कीर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२१ - ठेक कीर्ते भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/11/23 २२४१ निर्णय नं. ७२१ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२६ सालको फौ.फु.नं. २८ फैसला भएको मिति : २०२९।११।२३।३ मा निवेदक : वीरगञ्ज तेल गोदाम बस्ने सु.भुपाल सिंह प्रधान विरूद्ध विपक्षी : भारत कलकत्ता हवडा खुरुट धर्म तलालैन बस्ने उपेन्द्रनाथ चट्टोपाध्या मुद्दा : ठेक कीर्ते (१) वादीले दावी लिएको कुराको अदालतले इन्साफ ठहर गर्नु पर्ने, वादी दावी नै नभएको कुरामा अदालतले तर्क उठाई पक्ष विपक्षको बीचमा कुनै असर पर्न जाने गरी इन्साफ ठहरसमेत कुनै कुरा बोल्न नमिल्ने । यस प्रसंगमा वादीको दावी के कस्तो रहेछ भन्ने तर्फ हेर्दा ९५।११।२७।७ को मिति राखी भूपाल सिंहले आफ्ना हस्ताक्षरबाट कीर्ते ठेक्का लेखी खडा गरेको सो कीर्ते ठेक्का बदर वातेल गरी कीर्ते ठेक्का खडा गरेमा भूपाल सिंहलाई कीर्तेमासमेत सजाय गरिपाउँ भन्ने फिरादपत्रमा मुख्य दावी लिएको पाइन्छ, वादीले जे जति कुरामा दावी लिएको छ त्यतिसम्म कुराको कानून बमोजिम अदालतले इन्साफ ठहर गर्नु पर्ने हो वादी दावी नै नभएको कुरामा अदालतले तर्क उठाई पक्ष विपक्षको बीचमा कुनै असर पर्न जाने गरी इन्साफ ठहरसमेत कुनै कुरा बोल्न मिल्ने देखिँदैन । (प्र.नं. १०) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे फैसला न्या. जयदेव भट्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट हुकुम प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यसबेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : मौजे मधुरी वोडमपुरको विर्ता विगाहा १०१ माल तर्फको जिमिदारी जोत जिरायतसमेतको हेरविचार कारिन्दा भुपाल सिंहले गरी आएकोमा रैतिलाई दुःख पीर दिई आयस्ता बाली नबुझाएकोले ०९ सालको बालीदेखि निजलाई कारिन्दा बदर गरी किर्तिमानलाई ठेक्का दिई ०९।४।२४ मा बारा मालबाट रजिष्ट्रेशन पास भई किर्तिमानलाई ठेक्का दिए पाएकोमा ८५ सालकै ठेक्का पट्टा बमोजिम ९५।११।७।७ मा थप ठेक पाएको भनी कीर्ते ठेक्का पट्टा खडा गरी मुद्दा चलाएछन् । किर्तिमानलाई गरी दिएको ठेक्का पट्टा ०१५।६।२४ को फैसलाले बदर पनि नभएकोले ९५ सालको लिखत कीर्ते गरेमा सजाय गरिपाउँ भन्ने वादी । ३. उपेन्द्रनाथ निलमणि दुवै भाइबाट ८५ सालदेखि ठेक्का पट्टा पाएको सोही सालदेखि मैले काम गरेको खड्गनिसाना र सर्वोच्च अदालतबाट भएको फैसलाहरू समेत बाट देखिएकै छ सो जिमिदारी उपेन्द्रनाथको मात्र नभई निलमणिसमेतको हक बराबर भएको, मुख्य भई व्यवहार निलमणिले गरी आएको निजको मञ्जूरी बेगर उपेन्द्रनाथले किर्तिमानलाई दिएको सदर नहुनेमा मुद्दा पर्दा गोश्वाराको फैसला उपर किर्तिमानको सर्वोच्च अदालतमा पुनरावेदन परेकोमा हार्ने देखी ९५।११।७ को लिखत कीर्ते गरेको भनी कारवाई चलाएकोमा निलमणिको र मेरो बयान भएका,े उपेन्द्रनाथले म्याद गुजारेको, सो मुद्दा १५।९।१४ मा छिनिएको सो फैसला भएको मितिले ३५ दिनभित्र उजूर गर्नु र मैले कीर्ते जालसाज गरेको भए २ बर्ष भित्र उजूर गर्नु पर्ने गर्न सकेको छैन । मैले कीर्ते गरेको होइन भन्नेसमेत प्रतिवादी, भूपाल सिंहले नपाउने निजको हक नलाग्ने जिमिदारी भए निजका नाउँमा ३५ दिनभित्र नालेस गर्नु भन्ने ०१५।६।१४ गते डिभिजन बेञ्चबाट फैसला भएको सो फैसलाबमोजिम जिमिदारीमा हकबेहक गरी हटाई पाउँ भन्ने उपेन्