निर्णय नं. १२९७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १२९७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २१ साल: २०३६ महिना: बैशाख अंक: १ फैसला मिति :२०३६/०९/०५ २००२ निर्णय नं. १२९७ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको रिट नम्बर १८०८ आदेश भएको मिति : २०३६।९।५।५ मा निवेदक : जि. क.गा.पं.गोदावरी वार्ड नं. १ मौजे थुहवा बस्ने राजकुमारी कुर्मिनी विरूद्ध विपक्षी : ऐ.ऐ. बस्ने भगवानी कुर्मिनी, भूमिप्रशासक, भूमि प्र.कार्यालय कपिलवस्तू विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) जग्गा दर्ता गरिपाउँ भनी छुट्टाछुट्टै निवेदनपत्र दिएकोमा दुई उजूरीमा अलग–अलग विपक्षीलाई बुझी छुट्टाछुट्टै मिसिल खडा गरी निर्णय गर्नुपर्नेमा सो नगरी दुवै उजूरीको एकै मिसिल खडा गरी गरेको निर्णयमा अ.बं.१८५ तथा अ.बं.१८५(क) को त्रुटि देखिने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ईच्छाहर्ष बज्राचार्य विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल, विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०३४।३।२१।३ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : मेरा नाउँको दर्ता सिर जग्गा बिगाहा ११–१६–० मैले भोगचलन गरी आएको मध्ये ०२६ सालको सर्भे नापीमा बिगाहा ०–१६–९ मा राजकुमारीले मेरो हो भनी खिचोला गरेको खिचोला मेटाई पाउँ भनी भगवानीको म समेत उपर क.ब.जि. अ.मा नालिस परी विपक्षीले तारिख छोडी ०३०।७।१९।१ मा क.ब.जि. अ.बाट डिसमिस फैसला भएकोले सो वा.नं.२ को कि.नं.८ को जग्गा मेरो नाउँमा दर्ता गरिपाउँ भनी मेरो निवेदन सो वार्ड नं. २ को कि.नं. ८ को र वार्ड नं. १ को कि.नं. ५७७।७६।५४३।६०७ र ५९९ को जग्गा मेरो हो भनी राजकुमारीले खिचोला बुझाई दिएकोले मेरो नाउँमा दर्ता गरिपाउँ भन्ने भगवानीदेवीको निवेदन सो दुवै थरले मेरो भनी दावी गरेको ०–१६–९ मा दर्ता गर्न नमिल्ने ठहर्छ भन्नेसमेत विपक्षी कार्यालयको ०३२।३।८।१ को फैसला । त्यस उपर हामी दुवै थरको प्र.जि. अ.को कार्यालय कपिलवस्तूमा पुनरावेदन परेकोमा सो कार्यालयबाट पनि करीब ११ महीना चानचुन तारिखमा झुलाई सकेपछि यस कार्यालयबाट हेर्न नमिल्ने हुँदा खारेज हुने ठहर्छ भनी ०३४।२।९ गते निर्णय गरेको यसरी जग्गाधनी दुवैको मेरा नाउँमा दर्ता हुनुपर्छ भन्ने राजकुमारीको निवेदन र मेरा नाउँमा दर्ता हुनुपर्छ भन्ने भगवानीको निवेदन छुट्टाछुट्टै परेपछि अ.बं.११० नम्बर र विशेष अदालत ऐनको दफा ४ बमोजिम मेरो निवेदनको नक्कल समेत पठाई विपक्षीका नाउँमा म्याद जारी गरी विपक्षीको निवेदनमा मेरो नाउँमा म्याद जाहेर गरी प्रतिवाद गर्ने मौका समेत दिनुपर्ने सो केही नदिई दुवैको उजूरी फिरादपत्रलाई वादी प्रतिवादी बनाई एउटै मिसिल कायम गरी निर्णय गरेको अ.बं.७२ नं. को प्रतिकूल पर्न गएको कानूनी त्रुटि देखिन आयो । विपक्षी कार्यालयले दुबै उजूरीमा दुवै जग्गाधनीले आफ्नो–आफ्नो जग्गा भनी उजूर दिएपछि दुवैको प्रतिवाद लिई दुवैको जग्गा मेरो भन्ने दावी भएपछि जग्गाधनीको हकमा तेरो मेरो पर्न आएको देखियो । त्यस्तो तेरो मेरो परेको मुद्दा कार्यालयले हेर्न नमिल्ने नाप जाँच ऐनको दफा ८ को १ बमोजिम अदालतमा पठाउन पर्ने आफैंले हेरी निर्णय गरेको पनि अनाधिकार निर्णय गरेको देखियो । ३. विपक्षीहरूद्वारा लिखि