निर्णय नं. ७२२ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२२ - जालसाजी भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/09/05 १९४७ निर्णय नं. ७२२ ने.का.प. २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२७ सालको फौ.फु.नं. ३९ फैसला भएको मिति : २०२९।९।५।३ मा निवेदक : प.१ नं.नु.जी. कविलास पाठक थोक बस्ने चन्द्रबहादुर मरी सकार गर्ने दमयन्तदेवी क्षेत्रीनीसमेत विरूद्ध विपक्षी : ऐ.कविलास डाँडाथोक बस्ने रत्नबहादुर महत क्षेत्रीसमेत मुद्दा : जालसाजी (१) आफै अदालतमा उपस्थित भई नालेस गरेकोसमेत देखिए ७५ बर्ष उमेर पुगी आफ्नो व्यवहारको संरक्षण गर्न पनि नसक्ने भन्नेसमेतको लेखाई समर्थित नहुने । झुक्याएको भन्ने परिवन्ध वादीले के कस्तो देखाएको छ भन्ने तर्फ हेर्दा १३ साल श्रावण भाद्र के मा हो बागमती स्नान गर्नसमेत काठमाडौं गएको थाहा पाई प्रतिवादी रत्नबहादुर आई म ७५ उमेर पुगेको आफ्नो व्यवहारको संरक्षण गर्न पनि नसक्ने कान पनि राम्रो नसुन्ने आँखाको पनि कमजोरी राम्रो होस ठेगानासमेत नभएका बृद्ध मानिसलाई छोरी नातिलाई बकसपत्र पास गरेको रसिद मिलेको छैन फेर्नु पर्यो नामसारी पनि गर्नु पर्यो भनी फकाई दुई तिन थान के कति हो कागज गराई अड्डामा लगी झुक्याई सहिछाप गराएको भन्नेसमेत वादीमा उल्लेख गरेको पाइन्छ । वादी लेखअनुसार निज राम्रो होस ठोगाना नभएको आफ्नो व्यवहारको संरक्षणसमेत गर्न नसक्नेसमेत अवस्थाको मानिस भए त्यस्ताको हकमा एकाघरसँग बसेको १६ बर्ष नाधेको हकदार कोही रहेनछ भने ऐनले अपुताली खान पाउने हकवालाले सो कारण देखाई नालेस उजूर गरी दिन पाउनेसमेत तत्काल प्रचलित अ.बं.१०७ नं.मा व्यवस्था भएको तर स्वयम वादी आफैं अदालतमा उपस्थित भई यो नालेस गरेकोसमेत देखिएकोले वादीको उपरोक्त लेखाई समर्थीत हुन आएन । (प्र.नं. १३,१४) निवेदक तर्फबाट : अधिवक्ता कृष्णजंग रायमाझी विपक्षी तर्फबाट : अधिवक्ता लवदेव भट्ट उल्लिखित मुद्दा : फैसला न्या. झपटसिंह रावल १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ को महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको तथ्य यसप्रकार छ : मेरो छोरा नभएको भाइ कृष्णबहादुरले हेरविचार नगरकोले छोरीहरू जेठी दमयन्ती माईली मायादेवी कान्छी पुन्यदेवी । जेठी छोरीको छोरा भक्तबहादुरसमेतले मेरो र मेरी स्वास्नीको हेरविचार गरी आएकोबाट ६५ बर्ष उमेर पुगेको म र ६१ बर्ष उमेर पुगेको मेरी स्वास्नी बालकुमारीले मेरो भागको चल अचल गैह्र श्री सम्पत्ति २००३।१।१३ गते बाँचुञ्जेल पालन पोषण गरेपछि काजकृया पिण्ड पानी चलाई बाँकी रहेको शेषपछि खानु भनी सदर रजिष्ट्रेशनमा गई बकसपत्र पास गरी दिएको ०११ सालमा मेरी स्वास्नी कालगतिले परलोक गएपछि काजकृया नाति भक्तबहादुरले गरी मलाई पालन पोषण गरी राखेकै अवस्थामा बागमती स्नान र श्री पशुपतिनाथ गुहृयश्वरीको दर्शन गर्ने इच्छा भई ०१३ साल श्रावण वा भाद्र कुन महिनामा हो गएको थाहा पाई रत्नबहादुर आई छोरी नातीलाई बकसपत्र गरी दिएको रसिद पनि मिलेको छैन जग्गाको नामसारी गर्नु पर्छ भनी मलाई फकाई ७५ बर्ष उमेर भएको आफ्नो व्यवहारको संरक्षण गर्न पनि नसक्ने राम्रो कान पनि नसुन्ने आँखाको पनि कमजोरी राम्रो होस ठेगानासमेत नभएको बृद्ध मानिसको कागज गर्न गराउन नहुनेमा के व्यहोरा हो लेखेको २।३ थान कागज गराई यो अड्डा हो भन्ने मलाई थाहा पन